×

NIC ASIA

विडम्बनालाई देशले सधैं धान्न सक्दैन

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
मुलुक अराजक अवस्थामा छ । अस्तव्यस्त स्थितिले अस्तित्वलाई नै सङ्कटतिर धकेलिदिएको चर्चा शासक र तिनका सहयोगी भनिने प्रशासकहरू नै गर्दछन् ।

परिस्थितिलाई सहज तुल्याउने बाटो पहिल्याउनुको साटो तिनीहरू जानी–नजानी स्थितिलाई जटिल बनाउँदै गइरहेका छन् । लोकतान्त्रिक परिपाटी सञ्चालन गर्न आवश्यक संस्था एवं निकायहरू एकपछि अर्काे गर्दै बेथितिमा, विचलनमा पर्दै गएका देखिन्छन् ।

शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकारमा बसेर काम गर्ने परिपाटी बिथोलिन थालेपछि संवैधानिक अङ्ग र अन्य निकायमा पनि कानूनी आधार छोड्ने मिच्ने अनि सिद्धान्त र मान्यताको बेवास्ता गर्ने अस्वस्थ प्रवृत्ति झांगिन लागेको हो ।

आर्थिक अनियमितता लगायतका भ्रष्टाचार मौलाउँदै गएका छन् । फलस्वरूप संस्थागत कार्यदक्षतामा टड्कारो ह्रास आएको छ । जनसाधारण ठगिएका छन्, थिचिएका छन् र दिनप्रतिदिन असुरक्षित महसूस गर्दैछन् । सुनुवाइ कहीँ कतैबाट भइरहेको छैन ।

आर्थिक हिनामनिा, गैरकानूनी निर्णय र भ्रष्टाचारजन्य गतिविधिको छानबीन गरी मुद्दा चलाउने प्रयोजनका लागि व्यवस्था गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) आफैं नै विवादको भुमरीमा परेको छ । अनियमित क्रियाकलाप रोक्न खडा गरिएको यो संवैधानिक निकाय लोकमानसिंह कार्की प्रमुख आयुक्त नियुक्त भएयता चर्काे आलोचनाको तारो हुँदै आएको छ ।

साबिकका प्रमुख सूर्यनाथ उपाध्यायको कार्यशैली पनि दोषमुक्त त रहेन, तर उहाँले कार्कीजस्तो आरम्भमै शङ्काको घेरामा पर्नुपरेन । २०७० सालमा कार्कीको नियुक्ति प्रक्रिया थालिँदा नै विरोध भएको हो, योग्यता र पञ्चायतको पृष्ठभूमि समेतका कारणले ।

भ्रष्टाचारमा मुछिएका राष्ट्रसेवक कर्मचारीहरूविरुद्ध कानूनी कारवाही चलाउनुपर्ने संवैधानिक अङ्गको प्रमुखको योग्यता सम्बन्धी गम्भीर प्रश्न खडा हुनु आफैंमा विडम्बना मानिएको थियो । २०६२/६३ को आन्दोलनपछि मुख्य–मुख्य राजनीतिक दलका नेताहरूले ‘सहमति’ का आडमा जायज–नाजायज निर्णय गर्ने, नियुक्ति दिने चलन चलाएका हुन् र कार्कीलाई अख्तियार प्रमुखको जिम्मेवारी पनि त्यही मेसोमा दिइएको हो । कार्कीलाई अख्तियार पस्नबाट रोक्न तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेको प्रयास समेत त्यसबखत विफल भएको भनिन्छ ।

भ्रष्टाचार र अख्तियार दुरुपयोगका घटनालाई नियन्त्रण, निगरानीमा राख्ने क्रममा चालिने कदम र गरिने अनुसन्धान सहज कार्य हुँदैनन् । प्रतिवाद, मुठभेड र कानूनी चुनौती पनि आइपर्छन् । एक तहमा यो अप्रिय अवस्था निम्तिन सक्ने नै प्रक्रिया हो ।

अनियमित काम, अवैध व्यापार, कारोबार गर्नेहरूले दण्ड–सजायबाट उम्किन अख्तियारजस्ता निकायलाई प्रभावहीन गराउन खोज्नु अनौठो हुँदैन । यस मामिलामा पहिले उपाध्याय र तदनन्तर कार्कीले उस्तै–उस्तै स्थितिको सामना गरेको हुनुपर्छ । तर कार्कीको ठाडो कार्यशैली र क्षेत्राधिकार नाघ्ने गतिविधिले उनी विवादमा मुछिएका हुन् । उनका कार्यशैली ठीक थिएनन् । उनले समानान्तर सरकार चलाउन खोजेको आरोप लाग्यो र संसदीय समितिहरूको उपेक्षा भएको शिकायत पनि सार्वजिनक भयो ।

कार्कीका गतिविधि प्रतिशोधपूर्ण पनि थिए । प्रतिशोधपूर्ण काम, त्यो पनि अख्तियारजस्तो संवेदनशील निकायको प्रमुखबाट हुनुलाई लोकतन्त्रमा पाच्य मानिँदैन । कार्कीले आफूप्रति लक्षित यस्ता जनधारणा र असन्तोषलाई बुझ्ने कोशिश गरेनन् । त्यो उनका लागि दुर्भाग्यपूर्ण साबित भयो, जसलाई स्वाभाविक मान्नुपर्छ ।

काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्नु र डा. गोविन्द केसीलाई निराधार आक्षेप लगाउनु त सरासर नाजायज र अशोभनीय कार्य थिए कार्कीका । कार्की एकपछि अर्को विवादमा मुछिएपछि र उनका कदम प्रतिशोधपूर्ण देखिएपछि लोकान्तरले त्यसै बेला उनलाई राजीनामा दिन भनेको हो ।

हेरौं लिंकलोकमान, राजीनामा गर

त्यसो त प्रमुख आयुक्तका एकलौटी र प्रतिशोधपूर्ण कदमलाई आयोगमै कार्यरत अन्य आयुक्तहरूले रोक्ने, प्रतिवाद गर्ने आँट पनि देखाउन सक्नुपर्छ । आउँदा दिनमा आयुक्तहरूबाट त्यस्तो आँट प्रदर्शन हुनु जरूरी छ ।
अख्तियारले जथाभावी हात हालेको कारणले सुरक्षा समेतका कतिपय सरकारी संयन्त्र कमजोर हुन पुगेका दृष्टान्तहरू पनि चर्चामा छन् ।

चर्चित मामिलामा सर्वाेच्च अदालतको न्यायिक निरूपण पनि अन्तर्विरोधमुक्त हुन सकेको देखिएन । अदालतको आदेशको पालना गरिन्छ नै, तर यसप्रकारका मुद्दामा ‘न्याय गरेर मात्र पुग्दैन न्याय गरेको देखिनु पनि पर्छ’ भन्ने शाश्वत मान्यताको पालना भए–नभएको हेर्ने जनसाधारणको अधिकार कुण्ठित हुन सक्दैन ।

कार्कीको योग्यतासम्बन्धी मुद्दा पहिले हेर्दा सर्वाेच्चले नै कैफियत नभेट्नु तर प्रधानन्यायाधीश फेरिएपछि उही प्रश्न खोतलिनु र अहिले आएर मात्र निज ‘अयोग्य’ ठहरिनुले कार्कीका सम्बन्धमा न्यायापालिका पनि विभाजित थियो भन्ने सन्देश गयो । यस्तो स्थिति आउनु हुँदैनथ्यो । र भविष्यमा दोहोरिनु हुँदैन ।

हामीले कार्कीलाई अयोग्य ठहर गरेर सर्वोच्चले गलत ग–यो भन्न खोजेका हुँदै होइनौं । तर कार्कीलाई अयोग्य ठहर गर्नु थियो भने एउटै अदालतबाट घरि ठीक र घरि बेठीकको आदेश वा फैसला आउनु हुँदैनथ्यो भन्न मात्र खोजेका हौं ।

कार्कीको योग्यता पुगेको थिएन भने शुरुमै सर्वोच्चले त्यसबारेमा बोल्नुपर्थ्यो र कार्कीलाई अयोग्य ठहर गर्नुपर्थ्यो । पहिला ठीक छ भन्ने पछि फेरि ठीक छैन भन्नाले कतिपयमा द्विविधा देखिएको छ भन्न मात्र खोजेका हौं । जे होस्, कार्कीका सम्बन्धमा अदालतबाट निर्णय भइसकेकाले यसमा अव धेरै टीकाटिप्पणी गरिरहनु जरूरी छैन ।
तर, छिटो–छिटो नजीर बन्ने र नजीर काटिने चलनले न्यायपालिकाप्रतिको जनआस्था धर्मराउने कुरा घामजत्तिकै छर्लङ्ग छ ।

कार्कीलाई अयोग्य ठह–याउने आदेश गर्दा अदालतले थप केही व्यख्या गर्नुपर्थ्यो । थप व्याख्या गर्नबाट अदालत चुकेको देखिन्छ । जस्तै, एक अयोग्य व्यक्तिको प्रवेशका कारण सिङ्गो संस्थाले गलत निर्णयहरू गर्दा हुन गएको हानि–नोक्सानीको क्षतिपूर्ति कसले गर्ने ? वा, अयोग्य ठहरिएका कार्कीले तीनवर्षको बीचमा गरेका निर्णय र उनले चलाएका मुद्दाको अवस्था अब के हुने ? कार्कीले गरेका निर्णय र चलाएका मुद्दालाई वैध मान्ने कि नमान्ने ? यसबीचमा कार्कीबाट सताइएका वा उनको निर्णयका कारण हिरासतमा रहन बाध्य पारिएका व्यक्तिहरूले क्षतिपूर्ति पाउने कि नपाउने ? यस बारेमा अदालत बोल्नुपर्छ कि पर्दैन ?

अर्को प्रश्न हो – कार्कीको जस्तै पृष्ठभूमि अर्थात् राजप्रासाद सेवाबाट निजामती सेवामा प्रवेश गरेर विभिन्न पदमा बढुवा भई हाल पदमा बहाल रहेका, यसअघि बहाल भइसकेका र पेन्सन बुझिरहेकाहरूका हकमा के हुने ?

ठ्याक्कै कार्कीकै जस्तै पृष्ठभूमि भएका कतिपय निजामती कर्मचारी अहिले सचिव, सहसचिव पदमा छन् । त्यस्तै सुरक्षा अंग र न्यायालय लगायतका निकायमा पनि उनको जस्तै पृष्ठभूमि भएका धेरै पदाधिकारी कार्यरत छन् । उनको जस्तै पृष्ठभूमि भएका केही बहालवाला न्यायाधीश पनि छन् ।

उनीहरूले विगतमा पाएको पदोन्नति र त्यही पदोन्नतिका आधारमा सेवानिवृत्त भइसकेपछि बुझिरहेको पेन्सन अब के हुन्छ ? त्यस्ता व्यक्तिले अब पेन्सन लिन पाउने कि नपाउने ? यसमा अदालत बोल्नुपर्छ कि पर्दैन ? किन बोलेन अदालत ? धेरैले यसको जवाफ खोजिरहेका छन् । यी पक्षहरूको अदालतले व्याख्या गरिदिएको भए उचित हुन्थ्यो ।

न्यायपालिकाको माथिल्लो तहले यसबारे पनि चित्तबुझ्दो व्याख्या जनसमक्ष राखिदिनुपर्दछ । र उत्पन्न अन्योललाई समाधान गर्ने तत्परता देखाउनुपर्छ ।

सर्वाेच्च अदालतका न्यायाधीशहरूको नियुक्तिका बखत सतहमा आएका एनजिओ लगायतका चर्चा नसेलाउँदै हालै उच्च अदालतका न्यायाधीशको छनौटसम्बन्धी कचिंगल सार्वजनिक भएको छ ।

‘लोकान्तर’लाई दिएको अन्तर्वार्तामा भर्खरै अवकाशप्राप्त वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले राजनीतिक प्रभावसम्बन्धी अड्कल सर्वथा आधारहीन नभएको सङ्केत गर्नुभएको छ ।

कुनै बखत न्यायाधीशहरूको एउटा हुल नै शपथलगत्तै एउटा पार्टी कार्यालय पुगेको विषयले व्यापक चर्चा पाएको थियो । समग्रमा, न्यायपालिकाको ढोकामा जाने हरेक नेपालीले न्याय पाउँछ भनेर ढुक्क हुन सकिने अवस्था छैन ।

व्यवस्थापिका–संसद्को नामबाट काम गरिरहेको निकायले लोकतन्त्रको उपहास गरिरहे झैं लाग्छ । लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको नाटक जल्दोबल्दो प्रमाण हो । अदालतले गरेको निर्णयपछि यसको औचित्य नै सकिएको दाबी गरिन थालेको छ ।

यदि यो संसद्ले आफ्नो वैधता छ भन्ने ठान्छ भने कार्कीबारेको विचाराधीन महाअभियोग प्रस्तावलाई निष्कर्षमा पु–याएर देखाउनुपर्छ । अहिले आएर पन्छिन मिल्दैन ।

खासमा, संविधानसभाको लागि भनेर निर्वाचित भएको संस्थाको काम संविधान जारी भएपछि स्वतः समाप्त हुन्छ; हुनुपर्छ । नयाँ निर्वाचन नभई अर्काे संसद् नै स्थापना हुन सक्दैन । ‘रूपान्तरित’ को नाममा ६०१ जनाको डफ्फालाई बहाल राख्ने कार्य सरासर अवैधानिक हो; यसको राजनीतिक वैधानिकता छँदैछैन ।

राज्यकोषमा ठूलो व्ययभार पारिएको छ । साथै यस्तो अवैधानिक निकायले बनाउने ऐन कानूनको वैधानिकता आफैं प्रश्नको घेरामा पर्छ । अर्काे गाँसिएको विषय छ पुष्पकमल दाहालको नेतृत्वको कार्यपालिका जुन यही वैधानिकता नभएको ‘रूपान्तारित’ संसद्ले बहुमतको आधारमा सत्तासीन छ ।

माओवादीले उसकै भाषामा ‘सत्ताकब्जा’ गरेको स्थिति हो । काँग्रेस त्यसको साझेदार भएको छ । यो एउटा यस्तो विडम्बना हो जसलाई देशले लामो समय धान्न सक्दैन । वैधानिक आधार नभएको सरकारको आदेश, निर्देश कार्यान्वयन गरिरहन कसैलाई बाध्य पार्न सकिँदैन । जनता विकल्पविहीन हुँदैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x