×

NIC ASIA

रगत नपाउँदा रोकियो बेवारिसे बिरामीको अप्रेसन, ब्लड बैंकले दिन मानेनन् रगत

पुस ३, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ३ पुस – वीर अस्पतालको आकस्मिक कक्षमा रहेको बेड नम्बर ४ मा सुतिरहेकी  भेटिइन् ५८ वर्षीया नानीछोरी महर्जन । उनलाई अस्पतालले सलाइनपानी दिएर राखेको छ ।

समाजसेवी दिलशोभा श्रेष्ठले महर्जनलाई सडकमा अचेत अवस्थामा भेटेर अस्पतालसम्म ल्याएकी थिइन् । 

काठमाडौंमा वृद्धवृद्धाको पालनपोषण गरेर बस्दै आएकी दिलशोभालाई कालीमाटीको प्रहरीले फोन गरेर बेवारिसे बिरामी भेटिएको जानकारी गरायो । दिलशोभा तत्काल कालीमाटी पुगिन् । उनी पुग्दा कालीमाटीको सडकमा अचेत अवस्थामा थिइन् ५८ वर्षीया नानीछोरी महर्जन । 

श्रेष्ठले  बिरामीलाई तत्कालै पाटन अस्पताल लगेकी थिइन् तर  पाटन अस्पतालले बेवारिसे बिरामीको उपचार नगराएपछि वीर अस्पताल लगेको श्रेष्ठले लोकान्तरलाई बताइन् ।

‘छ दिनअघि पाटन अस्पतालमा एक दिन एक रात राखें । बेवारिसे बिरामी भनेर होला पाटन अस्पतालले आईसीयूमा राख्नुपर्छ, वीर अस्पताल लैजानू भन्यो, श्रेष्ठले लोकान्तरलाई बताइन्, ‘पाटनमा नै डाक्टरले शरीर नै कुहिएको छ, खुट्टा काट्नुपर्छ भनेको थियो । वीर अस्पतालमा ल्याएको चार दिन भयो । ब्लड नपाउँदा अप्रेसन हुन सकेको छैन ।’

महर्जनको देब्रे खुट्टामा घाउ भएर पिपले भरिएको छ । चार दिनअघिदेखि वीर अस्पतालको आकस्मिक कक्षमा रहेपनि उनको उपचार भने हुन सकेको छैन । बी पोजिटिभ ब्लड ग्रूप भएकी महर्जनको तत्काल अप्रेसन गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । 

महर्जनलाई अस्पतालसम्म पु–याएकी दिलशोभा श्रेष्ठले काठमाडौंका विभिन्न ब्लड बैंकमा महर्जनका लागि रगत माग्न पुगिन् । तर ब्लड बैंकहरूले रगत नै नभएको भन्दै उनलाई रित्तो हात फर्काइदिए ।

कुनै पनि ब्लड बैंकमा रगत नपाएपछि चार दिनदेखि महर्जनकोे अप्रेसन रोकिएको छ ।  

श्रेष्ठले बेवारिसे बिरामी भनेर ब्लड बैंकहरू रगत दिन हिचकिचाएको आरोप समेत लगाइन् ।

‘चार दिन भयो काठमाडौंका ब्लड बैंकहरूमा बी पोजिटिभ ब्लड खोजेको । बिरामीको बारेमा बताएर रगत माग्दा ब्लड बैंकहरूले छैन भन्छन्,’ उनले लोकान्तरसँग गुनासो गर्दै भनिन्, ‘ब्लड बैंकदेखि ब्लड डोनेसन भइरहेका ठाउँहरूसम्म पनि पुगें तर काहीँ पनि भेटिएन ।’ 

खुट्टामा संक्रमणका कारण घाउ भएको र समयमै उपचार नपाउँदा शरीरभरि फैलिएको महर्जनको उपचारमा खटिएका डाक्टर वीरबहादुर थापाले लोकान्तरलाई बताए ।

 ‘खुट्टामा इन्फेक्सन भएर शरीरभरि फैलिएको छ । तत्काल अप्रेसन गर्नुपर्नेछ । उहाँको शरीरमा जहाँ घोचेपनि निरन्तर रगत बग्छ । त्यसैले पर्याप्त रगत नभएसम्म अप्रेसन गर्न मिल्दैन,’ डा. थापाले भने, ‘रगत नभएर अहिलेसम्म उपचार गर्न पाएको छैन । आज पनि बिहानदेखि उहाँको अप्रेसन गर्ने भनेर कुरिरहेका हौं ।’

Muktinath Bank

सडकमै बेवारिसे अवस्थामा अलपत्र परेकी महर्जनले अस्पतालको बेड पाउँदा राहत महसूस गरेकी छन् ।  अस्पतालको शैय्यामा सुतिरहेकी उनले लरबरिएको स्वरमा लोकान्तरलाई भनिन्, ‘अहिले त अलिक आराम पाएको छु ।’ 
अस्पतालमासम्म आइपुगेपनि  रगत नपाउँदा उनको उपचार भने भएको छैन । उनी धेरै बोल्न सक्ने स्थितिमा नभएकाले उनी यस अवस्थामा कसरी आइपुगिन् भन्ने लोकान्तरको प्रश्नको जवाफ प्राप्त हुन सकेन ।

वीर अस्पतालको आकस्मिक कक्षमा दिनहुँजसो तीनचारजना बेवारिसे बिरामीहरूलाई प्रहरी र अन्य मानिसले समेत ल्याएर छोडिदिने गरेको डाक्टर वीरबहादुर थापा बताउँछन् । 

आकस्मिक बिरामीलाई कुरुवा नहुँदा उपचार गर्न समस्या पर्दै आएको त्यहाँ कार्यरत चिकित्सकहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x