×

NIC ASIA

५५ जिल्लाका ५७ हजार घरमा क्षयरोगको सर्वेक्षणका गरिने

पुस १४, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel

भक्तपुर, १४ पुस -नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । 

राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो– “देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याइ करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घर मै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गर्न गरिने सर्वेक्षणका लागि पूर्व तयारी प्रशिक्षण कार्य सम्पन्न भएको छ ।” 

केन्द्रका योजना प्रमुख अनिल थापाले नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्यांक छ तर मुलुकमा ५८ देखि ६० हजारको संख्यामा क्षयरोगी हुनसक्ने आँकलन रहेको जानकारी दिनुभयो । 

यस वर्षमात्रै ४४ हजार नयाँ क्षयरोगी थपिएको भए पनि दुई हजार ५५७ जना मात्रै दर्तामा रहेको जानकारी दिँदै उहाँले जनवरीदेखि भक्तपुर, सिन्धुली, दोलखाबाट पाईलटिङका रुपमा सर्वे शुरु गर्न लागेको जानकारी दिनुभयो । प्रमुख थापाले भन्नुभयो– “जनवरीबाट तीन जिल्लामा पाइलटिङका रुपमा शुरु हुने सर्वे थप ५५ जिल्लामा गरी कुल ५८ जिल्लामा हुनेछ, यसमा करिब ६० हजारको छातीको एक्सरे, खकारलगायतको परीक्षण हुनेछ ।” 

यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन् भन्नेलगायतका क्षयरोगको अवस्थाबारे जानकारी लिन सकिने दाबी उहाँकोे छ । 

दामियन फाउण्डेशन नेपालका प्रतिनिधि डा सुशील कोइरालाले नेपालमा शुरु भएको छोटो अवधिको उपचार विधि र सर्वेक्षणले क्षयरोग उन्मूलनमा सफलसिद्ध हुने दाबी गर्नुभयो । 

राष्ट्रिय क्षयरोग कार्यक्रमले अल्पकालीन र दीर्घकालीन रुपमा रणनीतिक योजना बनाएर कार्य गर्ने गरेको बताउँदै केन्द्रका निर्देशक केसीले समस्याको पहिचान गरेर सोको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरी सन् २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताउनुभयो । 

त्यसैगरी राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने लक्ष्य लिएको नेपाल सरकारले फोक्सोका क्षयरोगका बिरामीका लागि छोटो अवधिको उपचार विधि शुरु गरेको छ । केन्द्रका निर्देशक डा केसीले क्षयरोगीका लागि छोटो अवधिको उपचार विधि शुरु गरेको जानकारी दिनुभयो । 

केन्द्रले फोक्सोको क्षयरोगीका लागि नौ महिने विशेष उपचार विधि काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गरेको बताउँदै यसका लागि आवश्यक पर्ने सबै औषधि दामियन फाउण्डेशन बेल्जियमले राष्ट्रिय क्षयरोग केन्द्रलाई उपलब्ध गराएको छ । 

हाल भइरहेको उपचार विधिमा आठ महिनादेखि १२ महिनासम्म सुईसमेत लिएर औषधि सेवन गरी उपचार गर्नुपर्नेमा अब शुरु हुने उपचार विधिमा चार महिनादेखि छ महिनासम्म सुई मात्र लिए पुग्ने र नौ महिना औषधि खाए क्षयरोग निको हुनेछ । निर्देशक केसीले चालु आव ०७४÷०७५ को अन्त्यसम्म नौ महिने छोटो उपचार विधि सेवा विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो । 

अस्पतालका छाती रोग विशेषज्ञ डा मोहनकुमार प्रसाईंले सन् २०१६ मा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भइसकेकाले नेपालमा यो उपचार विधि शुरु गरेको जानकारी दिनुभयो । हाल विश्वका ३८ वटा देशमा सञ्चालन भइरहेको नौ महिनो छोटो उपचार विधि नेपालमा पनि शुरु भएको भन्दै उहाँले यसको प्रभाव र परिणामको दर करिब ८५ प्रतिशत रहेको उहाँको भनाइ छ । 

नेपालमा सन् २००५ (२०६२) देखि बहु–औषधि प्रतिरोधी क्षयरोगको उपचार विधि भक्तपुर, पोखरा, विराटनगर, नेपालगञ्ज र कञ्चनपुरमा नमूनाको रुपमा शुरु भई हाल १८ वटा उपचार केन्द्र र ८६ वटा उपकेन्द्रबाट वार्षिक करिब ४५० जना बहु–औषधि प्रतिरोधी क्षयरोगीको उपचार भइरहेको छ । 

यो उपचार विधिमा धेरै औषधिको मिश्रण गरी २० देखि २४ महिनासम्म निरन्तर औषधि सेवन गरी सुईमार्फत समेत औषधि लिएर उपचार गर्नु पथ्र्यो । यसबाट औषधिको नकारात्मक प्रभाव पर्ने, औषधिबाट उत्पन्न हुने विषाक्तले समस्या पार्ने, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्न समस्या पर्ने हँुदा पनि यस उपचार विधिको सफलता दर ७० प्रतिशत रहेको थियो । 

यद्यपि बिरामी र परिवारले भोग्नुपरेको कठिनाइलाई ध्यान दिँदै सरकारले नौ महिने उपचार विधि शुरु गरेको हो । रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x