×

NIC ASIA

लक्ष्यअनुरूप शुरु भएन सिटामोल उत्पादन, कहिले आउला बजारमा ?

माघ २९, २०७४

Prabhu Bank
NTC
जीवनजल उत्पादन गर्दै प्राविधिक
Premier Steels

काठमाडौं, २९ माघ- माघ महिनाबाट सिटामोल उत्पादन गर्ने सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको योजना असफल भएको छ ।

Muktinath Bank

सात वर्षदेखि बन्द उत्पादन यही माघ पहिलो साताबाट थाल्ने लिमिटेडको लक्ष्यथियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औषधि उत्पादनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा कारखाना निर्माण भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुशम सुवेदीले भवन निर्माणको कार्य सकिसकेको र आवश्यक मेसिनहरू पनि आइसकेको भए पनि योजनाअनुरूप माघबाटै औषधि उत्पादन गर्न नसकेको स्वीकार गरे ।

Vianet communication

‘चक्की औषधि उत्पादनका लागि भवन निर्माणको काम सकिएको छ, आवश्यक मेसिनहरू पनि ल्याइसकेका छौँ, तर मेसिन जडान गर्ने इञ्जिनिय नआइपुग्दा काम रोकिएको छ,’ महाप्रबन्धक सुवेदीले लोकान्तरसँग भने ।

आगामी साता प्राविधिक आउने र त्यसपछि मेसिन जडान गरेर उत्पादन शुरु हुने सुवेदीले जानकारी दिए । उत्पादन फागुन पहिलो साताबाटै शुरु भए पनि बजारमा आउन भने समय लग्ने उनको भनाइ छ । ‘उत्पादन शुरु भएको १५÷२० दिनमा १५ लाख ट्याब्लेट उत्पादन हुन्छ, त्यसपछि मात्रै बजारमा लैजान्छौँ,’ सुवेदीले भने ।

लिमिटेडले सिटामोल लगायतका चक्की औषधि उत्पादनका लागि ३ वटा नयाँ ‘ट्याब्लेट कम्प्रेसर’मेसिन खरिद गरेको छ । यस्तै दुईवटा पुराना मेसिनको मर्मतसम्भार गरिएको छ । सिटामोल उत्पादनको लागि पनि आइसकेको छ ।

लिमिडेटले चक्की औषधि जीएमपी मोडलको कारखानामा उत्पादन गर्नेछ । विश्व स्वास्थ्य संगठनका अनुसार औषधि उत्पादन गर्ने कक्ष र उपकरणलाई किटाणुरहित तथा हावा छिर्न नसक्ने अवस्थाको बनाउनु पर्ने हुन्छ । त्यसलाई जीएमपी मोडल अर्थात असल उत्पादन प्रणाली भनिन्छ ।

सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सिटामोल उत्पादन पुनः शुरु हुन लागेको हो । उद्योगले पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल, आइरन चक्की, जुकाको औषधि लागायत २० प्रकारका चक्की औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ ।

२०२९ सालमा सरकारी स्वामित्वमा सञ्चालनमा आएको उद्योग जीएमपी मोडलमा जान नसक्दा २०६७ सालमा बन्द भएको थियो । लिमिटेडले जीवनजल भने एक वर्ष अघिबाटै उत्पादन गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x