जेठ २१, २०८०
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहे...
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।
नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।
नङवरिपरिको छाला रातो भएमा संक्रमण त्यसको कारण हुन सक्छ ।
नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।
नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :
दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।
नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।
दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।
मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।
समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।
एजेन्सी
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहे...
के तपाईं हेडफोनमा गीत सुन्ने वा चर्को सांगितिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ ? विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनले तपाईलाई झस्काउन सक्छ । उक्त अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूल...
हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । खानालाई स...
काभ्रेपलाञ्चोकको पनौतीमा शुक्रवार जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) शुरू भएको छ । ३ दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरा...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ । कपाल झर्नु तनावका कारण कपाल झर्न शु...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...