×

NMB BANK
NIC ASIA

विपन्न नागरिक औषधि उपचार कोषमा रकम अभाव, स्वास्थ्यले अर्थसँग माग्यो ८० करोड

चैत ११, २०७४

NTC
Premier Steels

काठमाडौं, १२ चैत– विपन्न नागरिक उपचार कोषमा रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग ८० करोड रुपैयाँ माग गरेको छ ।

Muktinath Bank

सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रमको लागि छुट्याइएको रकम अपुग भएपछि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम माग गरेको हो । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको  लागि विपन्न नागरिक औषधि उपचार कोषको लागि एक अर्ब १८ करोड ९ लाख विनियोजन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपन्न नागरिक औषधि उपचार कोषमा भएको सो रकमबाट अघिल्लो आर्थिक वर्षको ४८ करोड ८७ लाख २६ हजार ४ सय ७ रुपैयासहित चालू आर्थिक वर्षको कात्तिकसम्ममा  एक अर्ब १० करोड ३० लाख ३० हजार ५ सय चार रुपैयाँ खर्च भइसकेको छ । उक्त रकमबाट  ३६ हजार ७९ जना बिरामीले उपचारमा सहुलियत प्राप्त गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाका बरिष्ठ अहेब प्रकाश घिमिरेले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

अस्पतालहरुले मंसिरदेखि माघ महिनासम्मको लागि  विपन्न नागरिकको औषधि उपचारमा  ३७ करोड ६९ लाख ५० हजार ८ सय ६७ रुपैया सोधभर्ना माग गरेका छन् । कोषमा रकम अपुग भएकाले कोषले अस्पतालहरुलाई रकम पठाउँन सकेको छैन । कोषमा रकम अपुग भएपछि  स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयसँग ८० करोड रकम माग गरिएको सिनियर अहेब घिमिरेले बताए ।

Vianet communication

‘चालु आर्थिक वर्षको दोस्रो चौमासिकको लागि मात्रै ३५ करोड ४३ लाख ६६ हजार ५६ रुपैया रकम अपुग भएको छ । यसलाई हेर्दा हामीलाई चालु आर्थिक वर्षमा ८० करोड थप रकम आवश्यक पर्ने देखिन्छ’ उनले लोकान्तरसँग भने,‘ रकम  नपुग्ने भएकाले विपन्न नागरिक औषधि उपचार कार्यक्रमको समितिको बैठकले निर्णय गरी अर्थ मन्त्रालयसँग रकम माग गरिएको छ ।’

देशभर विपन्न नागरिक कोषमार्फत उपचार विस्तार गर्न सूचीकृत अस्पताल र बिरामीको संख्या बढ्दै गएकाले विनियोजित रकम अपुग भएको उनको भनाइ छ ।

सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका(संशोधित),२०७३ जारी गरि अत्यन्त खर्चिला र जटिल प्रकृतीका ८ किसिमका कडा रोगहरुको उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । जसमा मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोग पर्छन् । 

कडा रोगहरुको उपचारका लागि  सरकारी, गैह्रसरकारी, निजी तथा स्वायत्त गरि ७५ वटा अस्पतालहरु विपन्न नागरिकहरुको उपचारका लागि सूचिकृत भएका छन् । 

कुन-कुन अस्पतालमा पाइन्छ यस्तो सुविधा ?

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x