×

NIC ASIA

मौद्रिक नीतिको अन्तिम तयारी, ठूला बैंकलाई नै मर्जर, संख्या घटाउने लक्ष्य !

जेठ २७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २७ जेठ – बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आवश्यक तयारीलाई तीव्रता दिएको छ ।

Muktinath Bank

वित्तीय क्षेत्रको व्यवस्थापन गर्न ल्याउने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले अर्थमन्त्रालय र सम्बद्ध निजी क्षेत्रका सरोकारवालाहरूसँगको छलफललाई तीव्रता दिइरहेका स्रोतले बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंक उच्च स्रोतकाअनुसार बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अर्थमन्त्रालयको चाहनाअनुसार नै ठूला संस्था मर्जरको तयारी हुँदैछ ।


Advertisment
Nabil box
Kumari

असार १० गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्राथमिकता दिने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

Vianet communication

स्रोतकाअनुसार, अघिल्लो मौद्रिक नीतिले दिएको बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको समयसीमा आगामी असार मसान्तमा सकिन लाग्दा पूर्ण नभइसकेकाले त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत चासो देखाइरहेको हुँदा नेपालका वाणिज्य बैंकलाई स्वस्थ्य बनाउन अहिले रहेको संख्यामा झण्डै ५० प्रतिशत घटाउनुपर्ने नीति ल्याउनेबारे छलफल भइरहेको राष्ट्र बैंकले स्रोतले जनाएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अघिल्लो मौद्रिक नीतिले

वाणिज्य बैंकहरूको चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पुर्‍याइएको छ । यसले नेपाली बैंकहरूको लगानी क्षमता विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सहज त भएको छ । अझै वाणिज्य बैंकलाई सुदृढ बनाउन यसपाली भने ठूला बैंकहरू मर्जरको नीति आउन सक्नेछ ।’

राष्ट्र बैंकको अघिल्लो मौद्रिक नीतिअनुसार वाणिज्य बैंकहरूको संख्या घटाउने योजनामा खासै सफलता हात नलागेपछि वाणिज्य बैंकको संख्या घटाउने नीति नै ल्याउने तयारी भइरहेको स्रोतको भनाइ छ । 

यसअघि केन्द्रीय बैंकको पूँजी वृद्धिकै नीतिपछि ३२ वाणिज्य बैंकाबाट २८ मा त झरे, तर खराब कर्जा र अप्ठ्यारोमा भएका बैंकहरू मात्रै मर्जरमा गए । अहिले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धाका लागि बिग मर्जर निकै आवश्यक रहेको पूर्वगभर्नर तिलक रावल बताउँछन् । 
 
उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकको पहिल्यैदेखिको चाहना हो, बैंकहरु बलिया होउन् र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरुन् भन्ने । यसैअनुरुप अघिल्लोपटक आएको मौद्रिक नीति पनि थियो । त्यसले अप्ठ्यारोमा परेका बैंकहरू मात्रै मर्जर गरायो । त्यसकारण ठूला र बलिया बैंकहरू पनि मिल्ने नीति नै ल्याउनुपर्छ । किनभने बैंकहरू अझ सुदृढ बन्नुपर्छ ।’ 

राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा पटक–पटक देखिने गरेको तरलताको समस्याको व्यवस्थापन गर्ने गरी मौद्रिक नीति ल्याउन लागेको स्रोतले बताएको छ ।

यस्तै अटोमोबाइल खरिदमा ५० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गर्न सक्ने स्रोतले बताएको छ । 

पूर्व गभर्नर रावलले अहिले राष्ट्र बैंकले लामो समयदेखिको तरलताको अभावलाई दीर्घकालीन व्यवस्थापनका पक्षमा नीति ल्याउनुपर्ने र मुद्रास्फितिलाई कसरी लक्ष्यभित्रै कायम राख्न सकिन्छ भन्नेमा ख्याल गर्नु आवश्यक रहेको बताए ।

उनले भने– लामो समयदेखि तरलता अभावको चपेटामा छौं हामी, यो स्थितिलाई दीर्घकालीन समाधान कसरी गर्ने सकिन्छ भन्नेतर्फ केन्द्रीय बैंकको ध्यान जान जरुरी छ । यस्तै अहिले मुद्रास्फिति बढ्छ भन्ने सर्बसाधारणको त्रासलाई ध्यानमा राख्दै यसलाई सरकारले भनेको ६ दशमलव ५ प्रतिशतभित्रै कायम राख्ने गरी नीति ल्याउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x