पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
काठमाडौं, १५ असार – सरकारले १५ असारलाई धान दिवसको रूपमा मनाउन थालेयता हरेक वर्ष अनेक प्रकारका तमासा देखिन थालेका छन् । धान दिवस मनाउने क्रममा महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीन वर्षअघि तत्कालीन कृषिमन्त्री हरि पराजुलीको मन्त्री पद खोसियो ।
हरि पराजुलीकृत्यको अर्को वर्ष हरिबोल गजुरलले अर्को तमासा देखाए, घरभित्र गमलामा धान रोपेर । गमलामा धान रोपेर कृषि क्रान्ति गर्न लागेको भन्दै मन्त्री गजुरेलको चर्को आलोचना भयो । केही समयपछि गजुरेल ‘राहदानी’ नामक नेपाली चलचित्र हेर्ने क्रममा डाँको छाडेर रोएको दृष्यले दृष्यले कृषि मन्त्रीलाई चर्चामा ल्याउने काम गर्यो । चलचित्रमा किसानको गाई मरेको दृष्य सम्भिएर गजुरेल रोएको समाचार आएको थियो ।
यस वर्षको धान दिवसमा कृषिमन्त्री चन्द्रप्रकाश खनाल बलदेवको टाउकोमा धान रोपाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । टाउकोमा धानको बिउ राखिएको कुरा पराजुली र गजुरेलको जस्तो विवादमा भने आइसकेको छैन । कतिपय स्थानमा धानको दाइँ गर्ने ठाउँमा बिउको मुठो रोप्ने र ‘मियो पूजा’ गर्ने चलन छ । त्यसक्रममा परिवारका वरिष्ठ सदस्यको टाउकोमा धानको बिउ राख्ने समेत गरिन्छ ।
कृषि पेशाको सम्मान गर्न मन्त्री खनालले टाउकोमा बिउ राखेका हुन् र कृषिलाई शिरोधार्य गरेका हुन् भने यो स्वागतयोग्य कमद हो । जबसम्म कृषि पेशालाई स्वागत गरिँदैन, नेपालको उन्नति र आर्थिक समृद्धि सम्भव छैन ।
तर यसवर्ष पनि अधिकाशं स्थानमा धान दिवसका अवसरमा भएका प्राय कार्यक्रम भड्किला र प्रचारमुखी देखिए । वास्तविक किसानले रासायनिक मल नपाएर धान रोप्न नपाएको र तराईका अधिकाशं जिल्लामा सिँचाइ अभावमा धानको बिउ खेतमा सुकेको समयमा सस्तो प्रचारका लागि रोपाइँ महोत्सव भए । प्रचारका लागि गरिएका कार्यक्रममा धानको बिउको माला लगाइयो, खानपिन र रमाइलो भयो । मानौं धानको बिउको माला लगाएर धान उत्पादन बढ्छ ।
.....
असार १५ कै दिन भक्तपुरमा अर्को तस्वीर सार्वजनिक भयो– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले हिलोमा खुट्टा हालेको । घाँटीमा माला र खादा लगाएका देउवाले हिलोमा खुट्टा राखेर धान रोपेकोजस्तो अभिनय गरेका छन् । तर चारपटक प्रधामनन्त्री बनेका देउवाको धान रोप्ने शैलीले उनी नेपालको कृषि प्रणालीप्रति कति बेखबर छन् भन्ने दर्शाउँछ ।
देउवाले मुठीभरी बिउ एकै ठाउँमा रोपेका छन् । के धान यसैगरी रोपिन्छ ? देउवाले धान रोप्न नजानेको भन्ने कि नौटंकी भन्ने ? यसले नेपालका नीतिनिर्माता र सरकार सञ्चालन गर्नेहरू किसानका समस्याबाट कति बेखबर छन् भन्ने पनि जनाउँछ ।
कृषि प्रधान भनिए पनि नेपाल अन्य खादान्न बालीजस्तै धानमा आत्मनिर्भर छैन । खाद्यान्नको परनिर्भरता बढ्दै छ । हरेक सरकारले कृषिमा आत्मनिर्भरताको नारा फलाकिरहेका छन् । तर आर्थिक वर्षको अन्तिममा आउने आर्थिक सर्वेक्षणको तथ्याङ्क कहालीलाग्दो देखिन्छ ।
यस्तो किन नहोस्, धानको बिउ त दुईतीनवटा धर्सा पो रोप्छन् । कृषिप्रधान देशको प्रधानमन्त्री बनिसकेको व्यक्ति धान मुठीभरी रोप्छन् ! सायद धानको परनिर्भरता हटाउन धान उत्पादन बढाउनका लागि एकै ठाउँमा बिउको मुठो रोपेको पो हो कि !
.....
पछिल्ला दिनमा धान रोपाइँको चटक हुन थालेको छ । सुकिला कपडा लगाएर हिलोमा टेक्ने र सेल्फी खिच्ने ‘फेसन’ नै चलेको छ । ‘चामल कहाँ फल्छ ? भन्दा बोरामा र दूध कहाँबाट आउँछ ? भन्दा ‘पोकोबाट’ भन्ने पुस्ताहरूले पनि वर्षको एकदिन सेल्फी खिचाउने दिनको रूपमा स्मरण गर्न थालेका छन् । मानौं असार १५ धान दिवस नभई सेल्फी दिवस हो !
धान दिवसको अवसरमा तामझामपूर्ण तमासा भइरहेको समयमा प्रतिमहिना २ अर्बको धान आयात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । कृषि क्षेत्रबाट प्राप्त कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान मात्र १२ प्रतिशत छ । तर खेतीयोग्य जमिन खण्डीकरण भई घडेरीमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमिन नहुनु, उन्नत जातका बीउ बिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सही प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।
राससमा बिहीवार प्रकाशित एक समाचार अनुसार नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२/५३ लाख मेट्रिकटन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिकटनमा मात्र खुम्चन पुग्यो । नेपालीहरू २ छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना २ अर्ब रूपैयाँको चामल आयात हुन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् पकेट, ब्लक, जोन र सुपरजोनमार्फत् क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने र ५ वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने कृषि मन्त्रालयको लक्ष्य छ ।
किसानका समस्या ज्युँकात्युँ छन् । खेती गर्ने समयमा मल पाइँदैन । राज्यको अनुदान व्यापारीसँगको मिलेमोतोमा सरकारी निकायका कर्मचारीले हजम गरेका छन् । किसानलाई गुणस्तरीय बिउ छैन । सिँचाइ अभावमा बोरिङ गरेर धान रोप्छन् । महङ्गा कामदार लगाएर धान रोप्छन्, गोड्छन् र धान काट्छन् । तर धान बेच्ने बेलामा उपयुक्त मूल्य पाउँदैनन् । उनीहरू बिचौलियाले दिएको मूल्यमा धान बेच्न बाध्य छन् । सरकारले समर्थन मूल्य तोक्न सक्दैन ।
यस्तो बेला असार १५ को दिनमा सुकिला लुगा लगाएर धान रोपेको चटकले वास्तविक किसानलाई प्रोत्साहन होइन गिज्याइरहेको आभास हुन्छ ।
सेल्फी खिच्न र प्रचारका लागि गरिने यस्ता सस्ता क्रियाकलाप कृषि क्रान्तिका बाधक हुन् ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...