मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
साउन ४, २०७५
देश भ्रष्टाचारको भूमरीमा नराम्रोसँग फसेको छ । यसको आयाम र दायरा अन्तर्राष्ट्रिय स्तरसम्मको छ भन्ने कुरा स्विस बैंकमा नेपाली नागरिकले अवैधरूपमा ३५ अर्ब रूपैयाँ राखेको भन्ने पछिल्लो तथ्यांक प्रकाशित भएपछि त्यसले नेपाल अवैध कारोबारको अखडा रहेको अझ प्रष्ट पारेको छ । यस्तो अवैध र गैरकानूनी सम्पत्तिको विवरण विगतदेखि अहिलेसम बारम्बार सार्वजनिक हुँदा पनि त्यसप्रतिको कुनै चिन्ता, चासो र चर्चासम्म पनि नगर्ने सरकारी मौनता आश्चर्यजनक र आशंकापूर्ण रहँदै आएको छ ।
हाम्रो देशको समेत एउटा नियमित दातृराष्ट्र रहेको स्वीट्जरल्याण्डले यस्तो अवैध रकम किन आफ्ना बैंकहरूमा बचत गर्ने र गराउने गर्दछ यो अर्को गम्भीर प्रश्न हो । स्वीट्जरल्याण्डले यो प्रश्नलाई कसरी लिन्छ र प्रस्तुत हुन्छ त्यो उसको कुरा भयो । तर नेपालले यस्तो गैरकानूनी रकम फिर्ता लिनेतिर चासो नलिनु, प्रयत्न नगर्नु र यसलाई सहजरूपमा स्वीकार गर्नु सरासर भ्रष्टाचारलाई मौनसहमति दिनु नै हो ।
यस्तो अत्यन्तै दण्डनीय भ्रष्टाचार सम्मानित हुने गरेपछि नेपालमा र नेपालबाहिर हुने संवेदनशील पदहरूको नियुक्ति पनि प्रभावित हुने कुरालाई कसैले अस्वीकार गर्न सक्दैन । त्यसले नियमित किसिमले र संस्थागतरूपमा भ्रष्टचार भइरहने वस्तुगत यथार्थलाई स्वीकृति दिन्छ र मलजल गर्छ भन्ने कुरा त जगतजाहेर नै छ ।
त्यसैले उतिबेला राजा नै सर्वेसर्वा रहेको पञ्चायती कालमा राजदरबारले यसरी स्विस बैंकमा अवैधरूपले पैसा राख्ने गरेको हल्ला यदाकदा बहिर आउँथ्यो । २०४६ सालको आन्दोलन र त्यसपछि पनि शुरुशुरुमा त्यसको निकै चर्चा भएको हो । तर समय बित्दै जाँदा त्यसलाई एउटा अनर्थको हल्लाजस्तो मात्र विषयका रूपमा सीमित तुल्याइयो । कुनै खोजतलास र छानबिन भएन । त्यस्ता गतिविधिको नियन्त्रण र कारवाहीको कुरा त झन टाढाको भयो । त्यति बेला त भएन, भएन, स्थिति अहिले पनि उस्तै छ । पानामा पेपर्सको कुरा आउँछ र स्विस बैंकको कुरा आउँछ, र फेरि केही नभएजस्तो गरी हराउँछ, सामसुम हुन्छ ।
वास्तवमा यो भ्रष्टाचारलाई निर्वाधरूपमा बढ्न दिएकैले बितेको एक दशकमा नेपाली नागरिकको त्यस्तो अवैध सम्पत्तिमात्रै स्विस बैंकमा चारगुणाले बढेको र बचत भएको कुरा प्रष्टसँग आज बाहिर आएको छ । यसअघि खोज पत्रिकाको एउटा अन्तर्राष्ट्रिय समूह— ‘कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’(आईसीआईजे)ले सन् २०१३ मा नै स्विस बैंकमा नेपाली नागरिकको ५ अर्ब ४० करोडभन्दा बढी रूपैयाँ रहेको कुरा प्रकाशमा ल्याएको थियो । अहिले त्यो ७ गुणाभन्दा पनि बढी भएको छ ।
स्मरणीय के छ भने, कुनैपनि नेपाली नागरिकलाई यसरी विदेशी बैंकहरूमा बचत गर्न, शेयर खरिद गर्न, घरजग्गा तथा अन्य त्यस्ता व्यवसायमा लगानी गर्न ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१’ ले प्रतिबन्ध लगाएको छ । तर कानूनको कुनै अर्थ हुन छाडेको छ । त्यो देखाउन या आवश्यक परेको बेला फत्तुर लगाउने र मानमर्दन गर्ने उपकरणको रूपमा मात्र राखिएको त होइन भनेर शन्देह गर्नुपर्ने भएको छ ।
हुन पनि यसअघि सन् २०१३ मै स्विस बैंकमा नेपालीको लगानी रहेको तथ्य सार्वजनिक भएपछि यसको छानबिन गर्न तत्कालीन संसद्को लेखा र अर्थसमितिले निर्देशन दिएको र राष्ट्रबैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अर्थमन्त्रालयले छानबिन शुरु गरिसकेको बताइन्थ्यो । तर आज पाँचवर्ष बित्न लागिसक्दा समेत यसबारे कुनै सत्यतथ्य सरकारले बाहिर ल्याउन सकेको र ल्याउन चाहेको देखिँदैन ।
यस्तो स्थितिले अन्तर्राष्ट्रितरमा हुने गैरकानूनी क्रियाकलापमा नेपालको अनुसन्धान कतिसम्म कमजोर छ भन्ने कुराको पुष्टि मात्र गर्दैन, नेपाल यस्ता अवैध धन्दाका लागि स्वर्ग हो भन्ने कुरा दर्शाउँदछ, दर्शाउँदै आएको पनि छ । यो नेपालका लागि कति लज्जास्पद् कुरा हो, भनिरहनु पर्दैन ।
निश्चय नै नेपालमा शन्देहास्पद किसिमले विदेशबाट लगानी भित्र्याउने गरेको र स्विस बैंकमा रकम जम्मा गर्ने गरेको कुरा बारम्बार सार्वजनिक हुँदै गर्दा सरकार र यसका अन्य सरोकारवाला निकायले मौनता साँधेर निष्क्रिय बस्नुले ठूलो शन्देह पैदा गरिरहेको आज विडम्वनापूर्ण स्थिति छ । यस्तो अवैध र गैरकानूनी धन्दाको सन्दर्भमा हाम्रो देशका कमजोर र छिद्रपूर्ण कानुनहरू एकातिर त्यस्तो धन्दामा लागेकाहरूका लागि उपयोगी हतियार बनेर रहेका छन् भने, अर्कोतिर त्यस्ता दुईनम्बरीलाई सरकारको संरक्षण रहेको समेत शन्देह गरिँदै आएको छ ।
यथार्थतः हुण्डीमार्फत् गरिने यस्तै गलत कारोबारका कारण देशमा गम्भीर रूपमा अनौपचारिक दुई नम्बरी अर्थतन्त्र (अन्डर वल्र्ड इकोनोमी) मौलाउँदो छ । त्यसको उदाहरणकै रूपमा अहिले चर्चित भएर चलिरहेको सुन तस्करीको घटना र मुद्दालाई लिन सकिन्छ । त्यस स्थितिले वर्षाैंदेखि सरकारी निकायका माथिदेखि तलसम्मका अंगहरूलाई नै निष्क्रिय बनाई संस्थागतरूपमा निर्वाध सुन तस्करी हुने गरेको छर्लङ्ग पार्दछ ।
देशमा विशेषगरी सुन तस्करी, अवैध हात हतियार बेचबिखन, मानव बेचबिखन, भ्रष्टाचार तथा करछलीजस्ता अपराध आदिका रकमहरू प्रायः सधैँ हुण्डीको माध्यमबाट आयस्रोत नखोजिने बाह्य मुलुकमा पुर्याउने र विभिन्न माध्यमबाट त्यसलाई शुद्धीकरण गर्ने प्रवृत्ति हावी रहेको दुष्चक्र निरन्तर कायम छ । ३८ क्विन्टल ३३ किलो सुनको मुद्दा मन्द गतिमा चलेर शिथिल हुुनुका पछाडि पनि यस्तै परिस्थितिको चाप परेको हुनसक्छ भनेर बुझ्न सकिन्छ ।
यस सम्बन्धी छानबिन र मुद्दा चलाउने कामको जिम्मा भएका निकायहरू नै निष्प्रभावी हुँदा यस्तो परिस्थिति आएको हो, भनेमा शायदै अन्यथा होला । स्विस बैंक प्रकरणमा पनि यस्तै क्रम दोहोरिने सम्भावना नै हावी छ । यद्यपि भ्रष्टचारप्रति शून्य सहनशीलता अपनाउने र कारवाही गर्ने वचनबद्धता दोहोर्याइ तेहर्याइरहेको दुईतिहाइ बहुमतप्राप्त सरकारलाई कुनै बहान गर्ने ठाउँ भने कतै छैन । यद्यपि यसले के कसो गर्छ, हेरौ !
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...