×

NIC ASIA

कालिमाटीमा बिचौलिया नियन्त्रण – मातृका र चक्रपाणिको मन्त्रालयबीच नै विवाद

भदौ १०, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं–कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको सिण्डिकेट हटाउने विषयमा दुईवटा मन्त्रालयबीच द्वन्द्व देखिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्ने र पसल ठेक्कापट्टामा हुने सिण्डिकेट अन्त्य गर्ने विषयमा कृषि तथा पशुपंक्षी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच बिवाद देखिएको हो । 

Muktinath Bank

उद्योग मन्त्रालय अन्तगर्तको आपूर्ति विभागले कालिमाटी तरकारी बजारमा अनुगमनपछि कारबाही प्रक्रिया थालेसँगै कृषि मन्त्रालयले आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बिचौलियका स्टल खारेज गरेर उत्पादकलाई दिने बताएपछि कृषि मन्त्रालयका अधिकारीहरुले क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जाहेर गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कृषि मन्त्री चक्रपाणि खनालका प्रेस संयोजक बोमलाल गिरीले आपूर्ति मन्त्रालयले आफूले ‘क्रेडिट’ लिनका लागि कृषि मन्त्रालयले थालेका काममाथि हस्तक्षेप गरेको बताए । गिरीले लोकान्तरसँग भने, ‘कृषि मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने कालिमाटी बजारमा कृषि मन्त्रालयले काम अघि बढाइरहेको थियो । ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढिरहेका छ । अहिले कृषि मन्त्रालयले गरिरहेको काममाथि एकाएक हस्तक्षेप भयो ।’

Vianet communication

यता उद्योग मन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष बिष्टले कृषि मन्त्रालयसँग छलफल गरेर नै उद्योग तथा आपूर्ति मन्त्रालयले काम अगाडि बढाएको बताए । उनले भने, ‘उद्योग मन्त्रालयले कृषिमन्त्री ज्यूसँगको सहकार्यपछि मात्रै अनुगमन तथा कारबाहीको काम अगाडि बढाएको हो, यसैअनुसार प्रतिफल पनि प्राप्त भएको छ । यसमा कसैले कसैलाई हस्तक्षेप गने भन्ने कुरै छैन । जसरी पनि काम गर्ने हो ।’ 

यसरी शुरु भयो विवाद

कृषि मन्त्रालय मातहतमा रहेको कालिमाटी बजारमा महिनादेखि विवाद भइरहेको छ । कालिमाटी तरकारी वजारमा तरकारी बेचविखनका क्रममा रहेका विचौलीया र पसल भाडामा लगाउने विचौलिया नियन्त्रण गर्ने विषयमा दुई  मन्त्रालयबीच विवाद देखिएको हो ।

कालिमाटी तरकारी बजारमा पसल सञ्चालनका लागि कृषि मन्त्रालयलले टेण्डल आह्वान गर्दै सटर भाडामा दिने गरेको छ । तर ठेकेदारले कम मूल्यमा सटर ठेक्कामा लिएर व्यापारीलाई लाखौं मूल्यमा भाडामा दिनेगरेको भेटिएपछि पसल सञ्चालन कार्यविधी संशोधनको तयारी भएको कृषि मन्त्रालयले जनाएको छ । तर, उद्योगमन्त्री यादवले तरकारी बजारका स्टलहरु ठेकेदारबाट खोसेर वास्तविक व्यापारीलाई दिने अभिव्यक्ति दिएपछि कृषि मन्त्रालयले आफ्नो क्षेत्रधिकार मिचिएको बताएको हो ।

यसैबीच, गत साता बजार अनुगमनका बmममा कालिमाटी पुगेको सरकारी टोलीलाई व्यवसायीले केही घण्टा नियन्त्रणमा लिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले सोमबार बजार आपूर्तिको अनुगमन गर्दा व्यवसायीहरुले विरोध गरेका थिए । व्यवसायीहरुले बिल बिना कारोबार, तरकारी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गरेको पाइएपछि दुई वटा गाडी अनुगमन टोलीले नियन्त्रणमा लिएपछि व्यवसायीहरुले विवाद गरेका थिए । विवाद बढेपछि व्यापारीले अनुगमन टोलीलाई केहीबेर थुनेका थिए । 

अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले संस्थाका अध्यक्ष तथा नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा व्यापारीहरुले गत मंगलबार तरकारी बिक्री बन्द गर्दै किसानबाट तरकारी समेत खरिद गरेनन् । 

यसैबीचमा आपूर्तिमन्त्री यादव किसान र उपभोक्तालाई ठगी गर्ने कालिमाटी तरकारी बजारका बिचौलीयाबिरुद्ध कडा रुपमा प्रस्तुत भएपछि व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । सरकारबिरुद्ध आन्दोलनरत तरकारी फलफुल तथा थोक बजार व्यवसायिक संघले आन्दोलन फिर्ता लिएको हो ।

तरकारी फलफुल तथा थोक बजार व्यवसायिक संस्थाका महासचिव रामकृष्ण रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै आगामी दिनमा कुनै प्रकारको बन्द,हड्ताल नगर्ने प्रतिबद्धता जनाएसँगै तरकारी बजारमा देखिएको विवाद अन्त्य भएको हो । बजारमा बिचौलियाहरुले लुट मच्चारहेको तर वास्तविक कृषकहरुले न्यून मूल्यमा तरकारी तथा फलफूल बिक्री गरिरहेको कुरा बहसमा आएपछि लामोसमयदेखि कालिमाटी फलफूल तथा तरकारी बजारमा विवादित छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x