फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
समादरणीय प्रधानमन्त्रीज्यू !
सादर अभिवादन
तपाईंको पछिल्लो उपस्थिति र अभिव्यक्तिप्रति सहमत हुन नसकेर सानो टिप्पणी गर्दै छु । यसलाई एउटा हितैषीको आग्रहका रूपमा बुझिदिन आग्रह गर्दछु ।
तपाईंलाई लाग्दा कुनै काम नपाएर यो पनि विरोध गर्न थालेछ अव । केही दिन अघि राष्ट्रपतिको गाडीप्रकरणबारे जनमानसमा देखिएका असन्तुष्टि प्रस्तुत गर्दा यस्तै आरोप खेपेको छ यसले । कतिले यसलाई जोडेर अमुक जस्तै वेश्याहरूको कमी छैन मुलुकमा भन्न पनि भ्याएका छन् । तपाईले पनि सोही रूपमा लिनुहुन्छ भने भन्नु केही छैन तर तपाईंले भारतीय नाकाबन्दीका बेला लिनुभएको अडान र युद्धकालीन धङधङी छाड्न नसकेर अनेकखाले तिकडम गर्दै आएका तत्कालीन एमाओवादीलाई मूलधारमा ल्याउन निर्वाह गर्नुभएको भूमिकाका कारण तपाईंको विचारप्रति आकर्षित हुन पुगेको हो यो, र अहिले पनि त्यसैमा अडिग छ ।
तपाईंको हालै सम्पन्न एसिया प्यासिफिक समिटको उपस्थितिलाई लिएर जनमानसमा व्यापक असन्तुष्टि छ । असन्तुष्टिका आवाज अखबारका पाना, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालका भित्ताहरू हुँदै जनजन र घरघरसम्म फैलिसकेको छ । विपक्षीको त धर्मै हो विरोध गर्नु गरेकै छन् तर यो त्यतिमा मात्र सीमित छैन ।
तपाईंकै पार्टिभित्र पनि बिरोधको आवाज उत्तिकै बुलन्द छ । कतिपय शीर्षस्थ नेताहरू नै खुलेर उत्रेका छन् विरोधमा । कतिले सरकारले जनतासित माफी माग्नुपर्छ भन्नसम्म भ्याएका छन् । धेरैको अपेक्षा थियो सरकारले यसबारे उचित सम्बोधन गर्नेछ तर तपाईंको गत बुधबारको एक टेलिभिजन अन्तर्वार्ताले अपेक्षालाई अपेक्षामै सीमित गरिदिएको छ । प्रवक्तामार्पmत केही आउँछ कि भन्ने झिनो आशा थियो तर उनको पनि बिहीवारको अभिव्यक्तिले त्यसमा तुसारापात गरिदिएको छ ।
प्रधानमन्त्रीज्यू ! टेलिभिजन अन्तरवार्तामा निकै आक्रोशित मुद्रामा देखिनुभएको थियो तपाईं तर त्यो आकोश किन र केका लागि भन्ने बुझ्न सकिरहेको छैन । सरकार जनताका पहरेदार हो । जनताले आफ्नो सुरक्षा र संरक्षणका लागि नेता चुनेका हुन्, सरकार गठन गरेका हुन् । आफूले चुनेका नेताहरूको कमीकमजोरी केलाउने तथा त्यसप्रति गुनासो, आलोचना वा विरोध गर्ने अधिकार जनतामा सुरक्षित हुन्छ । यसमा नेताहरूले रिसाउने वा आक्रोशित हुने गर्नु हुँदैन । यो कुरा अरुलाईभन्दा बढी तपाईंलाई नै जानकारी हुनुपर्छ । माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेल भन्ने गर्नु हुन्छ– ‘म मन्त्री, उपप्रधानमन्त्री जरुरै हुँ तर त्योभन्दा बढी जनताका प्रतिनिधि हुँ ।
हामीबाट गल्ती हुन सक्छन्, बाचा, कबुल विर्सन सक्छौं तर जनताले खवरदारी गर्न विर्सनु हुन्न ।’ अहिले भएको आलोचना वा गुनासो पनि खबरदारीकै एउटा पाटो हो । तपाईंले कतिपय मुलुकले प्रवेशसम्म निषेध गरेको विवादित संस्थालाई निर्वाध प्रवेशको अनुमति दिने काम मात्र गर्नुभएको छैन दुईदिनसम्म आयोजना स्थलमा रहेर उनीहरूको कार्यक्रम सफल पार्ने कामसमेत गर्नुभएको छ । त्यति मात्र होइन आफ्नो मिसन पूरा गरिदिए वापत खुशी भएर दिइएको पुरस्कार ग्रहण गरी उनीहरूको मनोबल बढाउने कामसमेत हुन पुगेको छ तपाईंबाट ।
रूप जे जस्तो भए पनि सारमा सेमिनार आयोजक संस्था युनिभरसल पिस फेडेरेसन र त्यसको मातृसंस्था युनिफिकेसन चर्चको अन्तर्य धर्मान्तरण नै हो । उनीहरू यसैमा खेल्दै, चल्दै र मलजल गर्दै आएका छन् । नेपालका प्रायः सबै चर्च धर्मान्तरणको कामले कुख्यात छन् । यिनका मुख्यालय भ्याटिकनसिटीले हजार वर्षमा समग्र एसियामा क्रिस्तानी साम्राज्य कायम गर्ने घोषणा नै गरिसकेको छ । यसै पनि हाम्रो समाज उनीहरूकै कारण धर्मान्तरणको असैह्य पीडा खेप्दै छ । त्यसमाथि उनीहरूकै कार्यक्रममा उपस्थित भइदिएर तपाईले उनीहरूले गर्दै आएको कामलाई वैधानिकता दिनुभएको मात्र छैन उनीहरूलाई थप प्रोत्साहितसमेत गराइदिनु भएको छ । एउटा धर्मनिरपेक्ष राष्ट्रको कार्यकारी प्रमुखले कुनै धार्मिक संस्था, त्यो पनि विवादितको कार्यक्रममा उपस्थित भएर पुरस्कार थाप्नु के कति जायज हो, तपार्ईको असल नियत थियो, राम्रै मान्नु भएको होला तर यसले नेपालीको भने शिर झुकाएको छ, हिन्दूहरूको चित्त दुखाएको छ ।
यस्तै कार्यक्रममा विगतका कार्यकारी प्रमुखको उपस्थिति ठीक अहिलेको बेठीक कसरी हुन्छ भन्नेहरू पनि छन् तर प्रधानमन्त्रीज्यू ! विगतले जे गर्यो वर्तमानले पनि त्यही गर्नुपर्छ भन्ने छैन । विगतले गल्ती गरेकैले वर्तमानको खोजी भएको छ । विगतले जे गर्यो त्यही गर्दै जाने हो भने विगत र वर्तमानमा के नै फरक भयो र ? जसले गरे पनि बेठीक बेठीक नै हुन्छ ठीक ठीक नै हुन्छ र त्यस्तै भन्नु पनि पर्छ । पंक्तिकारलाई अहिले पनि सम्झना छ गोरखापत्रको सम्पादक रहेको बेला यसले तत्कालीन विभागीय मन्त्री मीनेन्द्र रिजालकै विरोध गरोको छ, दर्जानौं टिप्पणी लेखेको छ । लिखित दस्ताबेज हो अहिले पनि ती गोरखापत्रको पानामा सुरक्षित छन् । नपत्याए भारतीय नाकाबन्दी ताकाको खोरपात्र मगाएर हेर्न सक्नु हुन्छ । जसले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्छ त्यही नै हितैषी हो । बेठीकलाई पनि ठीक भन्नेहरू अवसरवादी हुन् । उनीहरूले कुनै पनि बेला अफ्ठ्यारोमा पार्न सक्छन् । उनीहरूको त के जान्छ र आए आँप गए झटारो, भोग्नुपर्ने नेतृत्वले नै हो । यसै पनि आलोकचक पराई र प्रशंसक आफ्नो कहिल्यै हुँदैनन् । यदि असल नियतले गरिएको आलोचना छ भने ।
हो, विशिष्ट पाहुनाहरूलाई स्वागत गर्नु राम्रै हो । यसले अन्तराष्ट्रिय स्तरमा मुलुकको थप चिनारीमा सघाउन पनि सक्ला र आर्थिक सम्वृद्धिमा सघाउ पनि पुग्ला तर सचेत नागरिकले यसलाई पचाउन सकिरहेका छैनन् । जनभावना विपरीतको पुरस्कार भनेको पुरस्कार होइन । त्यो त घर पोलेर खरानीको मूल्य लिए जस्तै हो । त्यसैले सरकारले तत्कालै समग्र वस्तुस्थिति खुलाएर राष्ट्रको नाममा सम्बोधन गर्नुपर्ने देखिएको छ । त्यस्तै परे गल्ती माफी माग्ने वा स्वीकार्ने आँट पनि गर्नुपर्छ । प्रधानमन्त्रीज्यू ! यसले तपाईंको उचाई घटाउँदैन बरु बढाउँछ । होइन भने तत्कालै त दुर्इृ तिहाइको सरकार छ केही फरक नपर्ला तर दीर्घकालीन रूपमा भने पार्टी र तपाईकै निम्ति पनि हित गर्ने छैन । एउटा हितैषीको नाताले अहिलेलाई यत्ति भने, बाँकी तपाईंको मर्जी । जयहोस् ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...