×

NMB BANK
NIC ASIA

रोयल्टी छलेर सञ्चालनमा क्यासिनो, उठेन १ अर्ब २५ करोड रुपैयाँ

पुस २, २०७५

NTC
Premier Steels

काठमाडौं –एक अर्ब २५ करोड रुपैयाँ रोयल्टी छलेर क्यासिनोहरूले मनोमानी गरेको पाइएको छ । पर्यटन विभागका अनुसार क्यासिनोहरूले एक अर्ब २५ करोड १५ लाख ८६ हजार ९ सय १८ रुपैयाँ हालसम्म रोयल्टी तिरेका छैनन् ।

Muktinath Bank

विभागले ८ वटा क्यासिनोले रोयल्टी नतिरेको र उक्त रोयल्टी आफूले असुल गर्न नसक्ने भन्दै केन्द्रीय तहसिल कार्यालयलाई बेरुजु लगत कसिएको (रोयल्टी असुल गर्न अनुरोध गरिएको) जानकारी गराएपनि हालसम्म ७ वटा क्यासिनोले रोयल्टी तिरेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८ वटा क्यासिनोको विगतका वर्षहरूको कुल १ अर्ब ३२ करोड ९८ लाख ९४ हजार ४ सय ५६ रुपैयाँ रोयल्टी सरकारलाई तिर्नुपर्ने भएपनि एउटाले मात्रै ७ करोड ८३ लाख ७ हजार ५ सय ३८ रुपैयाँ तिरेको र अरुले नतिरेपछि १ अर्ब २५ करोड १५ लाख ८६ हजार ९ सय १८ रुपैयाँ रोयल्टी गुम्ने खतरा रहेको जानकारहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय तहसिल कार्यालयका अनुसार होटेल मल्ल प्रालिले मात्रै ७ करोड ८३ लाख ७ हजार ५ सय ३८ रुपैयाँ तिरेको छ ।

Vianet communication

अन्य क्यासिनोहरू भने रोयल्टी नतिरिकनै सञ्चालनमा रहेको केन्द्रीय तहसिल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

कार्यालयका अनुसार दरबारमार्गको अन्नपूर्ण होटेलमा सञ्चालनमा रहेको अन्नपूर्ण इन्टरनेशनल प्रालिले ११ करोड ६९ लाख १५ हजार १ सय ७५ रुपैयाँ ६४ पैसा रोयल्टी हालसम्म तिरेको छैन । 

त्यस्तै बानेश्वरको एभरेष्ट होटेलमा सञ्चालनमा रहेको होटेल एभरेष्ट इन्टरनेशनल लिमिटेडले १० करोड ३५ लाख ६२ हजार ५ सय रुपैयाँ रोयल्टी तिरेको छैन ।

त्यस्तै होटेल सोल्टी लिमिटेड ताहचलले ६ करोड १३ लाख ३३ हजार ३ सय ३२ रुपैयाँ ७८ पैसा रोयल्टी तिरेको छैन । त्यस्तै नेपाल रिक्रिएसन प्रालिले ५३ करोड ५० लाख ३३ हजार ९ सय २७ रुपैयाँ ६३ पैसा रोयल्टी तिरेको छैन ।

होटेल याक एण्ड यति लिमिटेड दरबारमार्गले ११ करोड ८७ लाख ५० हजार रुपैयाँ रोयल्ट नतिरेको केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ । त्यस्तै ह्याप्पी आवर प्रालिले ६ करोड ९३ लाख २७ हजार ५ सय रुपैयाँ रोयल्टी तिर्नु पर्ने भएपनि सो क्यासिनोले हालसम्म १ करोड ५० लाख रुपैयाँ तिरिसकेको छ ।

ह्याप्पी आवर प्रालिले व्याज सहित किस्ताबन्दीमा तिरिरहेको कार्यालयका लेखाअधिकृत अर्जुनकुमार कार्कीले बताए । ‘होटेल मल्ल प्रालि रोयल्टी तिरेर सञ्चालनमा छ,’ उनले भने, ‘ह्याप्पी आवरले किस्तामा तिरिरहेको छ । अरु क्यासिनोले तिर्नै मानिरहेका छैनन् ।’

पोखरा कास्कीको दी फूलबारी लिमिटेड पोखराले २४ करोड ६६ लाख ६४ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी नतिरेको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।

रोयल्टी तिर्न नमान्ने कुनै पनि निकायको सम्पत्ति लिलामी गर्न सक्ने अधिकार केन्द्रीय तहसिल कार्यालयलाई छ । तर कार्यालयका लेखाअधिकृत कार्कीले रोयल्टी असुल गर्नका लागि कुनै सम्पत्ति लिलामी गर्न समेत अप्ठ्यारो रहेको बताए । ‘क्यासिनोहरूको नाममा कुनै पनि सम्पत्ति देखिँदैन,’ उनले थपे, ‘सम्पत्ति केही नदेखिँदा लीलामी गर्नै समस्या हुन्छ नि ।’

रोयल्टी नतिर्ने क्यासिनोहरूलाई कारवाही गर्ने अधिकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सो अन्तर्गतको पर्यटन विभागलाई रहेको केन्द्रीय तहसिल कार्यालयका अधिकारीहरूको भनाइ छ । 

विभागले क्यासिनो निमावली २०७० बनाएर क्यासिनोहरूको नियमन गर्दै आएको छ । नियमावली अनुसार रोयल्टी नतिरेका होटेलमा फेरि क्यासिनो सञ्चालनका लागि आवेदन आएमा विभागले इजाजत पत्र नदिन सक्छ । त्यस्तै रोयल्टी नतिर्ने क्यासिनोको इजाजत रद्द समेत गर्न सकिने व्यवस्था क्यासिनो नियमावली २०७० मा छ ।

क्यासिनो नियमावली २०७० मा टेकेर क्यासिनोहरूलाई विभागले नै कारवाही गर्न सक्ने केन्द्रीय तहसिल कार्यालयका अधिकारीहरू बताउँछन् ।

विभाग भन्छ– रोयल्टी सर्वोच्चको आदेशले रोकियो

पर्यटन विभागले रोयल्टी नतिरिकनै सञ्चालनमा रहेका क्यासिनोहरूबाट असुल गर्नु पर्ने रोयल्टी सर्वोच्च अदालतको निर्णयले रोकिएको जानकारी दिएको छ ।

क्यासिनो नियमावली अनुसार कारवाही गर्न खोज्दा सर्वोच्च अदालतको आदेशले रोकेको भन्दै नियमावली बनेपछिका क्यासिनोहरूले निरन्तर रोयल्टी तिरिरहेका र इजाजत पत्र नविकरण बापतको रकम तिरिरहेका विभाको भनाइ छ ।

विभागले क्यासिनो नियमावली २०७० अनुसार रोयल्टी नतिरेको र इजाजत नविकरण नगरेको भन्दै सरकारले क्यासिनोहरू बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि क्यासिनो सञ्चालकहरूले सरकारलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७१ वैशाख ५ गते रिटको अन्तिम टुङ्गो नलागेसम्म क्यासिनोहरू बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो ।

सोही कारणले रोयल्टी उठाउने कुरामा अवरोध आएको पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए ।

महालेखा भन्छ– रोयल्टी असुल गर्नुपर्छ

महालेखा परिक्षकको ५५औं वार्षिक प्रतिवेदनमा क्यासिनोहरूले इजाजत पत्रका सम्बन्धमा सर्वोच्चमा रिट दायर गरेपछि वार्षिक रोयल्टी विभागले नै असुल गर्नुपर्ने उल्लेख गरिएको छ । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम १०५ अनुसार विगतका वर्षहरूको रोयल्टी मात्रै १ अर्ब ३२ करोड रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

इजाजत पत्र नविकरण बापतको थप १४ करोड रुपैयाँ असुल गर्नुपर्ने देखिएपनि सर्वोच्चको निर्णयबाट सञ्चालित रहेका प्रतिवेदनमा उल्लेख छ ।

रोयल्टी असुलका लागि केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएपनि इजाजत पत्र नविकरण नगरिकनै सर्वोच्चको निर्णयबाटै क्यासिनो सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

नियमावली बनेपछि सञ्चालनमा आएका क्यासिनोले तिरे दस्तुर

विभागले क्यासिनो नियमावली, २०७० बनेपछि सञ्चालनमा आएका सबै क्यासिनोहरूले इजाजत नविकरण दस्तुर र वार्षिक रोयल्टी बापतका दुवै दस्तुर  तिरिसकेको जानकारी दिएको छ ।

विभागका अनुसार होटेल सांग्रिलामा सञ्चालनमा रहेको क्यासिनो मिनिलियर्स क्लब, होटेल सोल्टीमा सञ्चालनमा रहेको क्यासिनो माजोङ लगायतले दुवै दस्तुर तिरिसकेका छन् ।

त्यस्तै क्यासिनो प्राइड, टाइगर प्यालेस क्यासिनो, एटलान्टिक रिक्रिएसन, फोर क्विन क्यासिनो, बेलिज नेपाल प्रालि र सिएमजी क्लब क्यासिनोले वार्षिक रोयल्टी र इजाजतपत्र दस्तुर वापतको सबै रकम तिरिसकेको विभागले जानकारी दिएको छ ।

नियमावली अनुसार क्यासिनो इजाजत पत्र नविकरणका लागि १ करोड रुपैयाँ र वार्षिक रोयल्टी ३ करोड रुपैयाँ तिर्नुपर्छ ।

एकचोटी नविकरण गरेको इजाजत पत्रको म्याद एक वर्षको मात्रै हुने नियमावलीमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x