×

NIC ASIA

४२ प्रतिशत सम्पदाको पुनर्निमाण शुरू नै भएन, प्रधानमन्त्रीको चासो– रानीपोखरी कहिले बन्छ ?

माघ १, २०७५

Prabhu Bank
NTC
फाइल तस्वीरमा रानीपोखरीको हालको अवस्था
Premier Steels

काठमाडौं – भूकम्प प्रभावित पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीमध्ये ४२ प्रतशित सम्पदा पुनर्निर्माणको काम अझै शुरू भएको छैन । पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष बितिसक्दा पनि अझै करीब आधा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम शुरू हुन नसकेको हो ।

Muktinath Bank

२०७२ वैशाखमा गएको भूकम्पका कारण कुल ७ सय ५३ पुरातत्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो । जसमध्ये अझै ३ सय १७ वटा यस्ता सम्पदाको पुनर्निमार्णको कार्य शुरू नै नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । यो कुल पुनर्निर्माण गर्नुपर्ने सम्पदाको ४२ प्रतिशत हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणका अनुसार गत आइतवारसम्म २ सय १२ वटा यस्ता सम्पदा पुनर्निर्माणको काम सम्पन्न भएको छ । यो कुल पुनर्निर्माण गर्नु पर्ने सम्पदाको २८ प्रतिशत हो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै २ सय २४ यस्ता सम्पदाको पुनर्निर्माणको कार्य चलिरहेको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

Vianet communication

प्राधिकरणले चालू आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशत यस्ता सम्पदा पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार ज्ञवालीले जानकारी दिए ।

त्यस्तै आगामी आर्थिक वर्षमा यस्तो सम्पदाको पुनर्निमाण ७५ प्रतिशत सक्ने र आर्थिक वर्ष २०७७/७८ मा सम्पदा लगायत सबै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ज्ञवालीको भनाइ छ ।

'रानी पोखरीको पुनर्निर्माण कहिले सकिन्छ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरी पुननिर्माण सक्न कति समय लाग्ने भन्दै प्रश्न उठाएका छन् ।

पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा प्रधानमन्त्री ओलीले रानी पोखरी पुनर्निर्माणको कार्य शुरू नै नभएको भन्दै त्यसको पुनर्निर्माण सक्नुभन्दा अघि प्राधिकरणको कार्यकाल सकिने बताए । 

‘रानी पोखरी पुनर्निर्माणको कार्य शुरू नै भएको छैन । त्यसको निर्माण कति वर्षमा सकिन्छ ?’ उनले भने, ‘ठेकेदारले रानी पोखरी निर्माणका लागि दुई वर्ष समय मागेको छ । दुई वर्ष त पुनर्निर्माण प्राधिकरणको कार्यकाल समेत छैन ।’

तर दुई वर्ष समय छैन भनेर हतार गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । दुईवर्ष समय छैन भनेर अहिले नै हतार गर्न नपर्ने र अनुगमनलाई अझै प्रभावकरी बनाउनु पर्ने ओलीले बताए । 

‘समय छैन भनेर हतार किन गर्ने ?’ उनले भने, ‘हामीसँग अझै डेढ दुई वर्ष समय बाँकी छ । अनुमगनलाई प्रभावकरी बनाउनुस् ।’

तीन वर्षमा आधा पनि बनेन निजी आवास

पुनर्निर्माण प्राधिरकणका अनुसार गत आइतवारसम्म कुल निजी आवासमध्ये ३ लाख ४७ हजार ८ सय १७  वटा निजी आवासको पुनर्निर्माण सकिएको छ । यो कुल पुनर्निर्माण हुनुपर्ने निजी आवासको ४६ प्रतिशत हो ।  भूकम्पका कारण ८ लाख ११ हजार १ सय ५४ कुल निजी आवास आंशिक तथा पूर्ण क्षति भएका थिए । 

प्राधिकरणका अनुसार कुल ५ लाख ७८ हजार ८ सय ४७ निजी आवास पुनर्निर्माणको काम शुरू भएको छ ।

भूकम्प प्रभावित निजी आवासमध्ये हालसम्म कुल ९९ प्रतिशतले पहिलो किस्ता अनुदान पाएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै ७१ प्रतिशतले दोस्रो किस्ता अनुदान पाएका छन् । त्यसैगरी ४७ प्रतिशत भूकम्पपीडितले तेस्रो किस्ता भुक्तानी पाएको प्राधिरणले जानकारी दिएको छ । कुल ७ लाख ४९ हजार १ सय ५५ निजी आवाससँग अनुदान सम्झौता गरिएको थियो ।

प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बस्ती स्थानान्तरण तथा कतिपय ठाउँमा स्थानीय निकायले समेत केही झमेला गर्दा पुनर्निर्माणको काम सोचेजस्तो अघि बढ्न नसकेको बताए ।

१४ सय स्कूल र ४ सय स्वास्थचौकी निर्माण शुरू हुने बाँकी

भूकम्पले प्रभावित कुल ७ हजार ५ सय ५३ वटा शिक्षण संस्था पूर्ण एवं आंशिक रूपमा प्रभावित भएका थिए । प्राधिकरणले हालसम्म कुल  ४ हजार १ सय ७२ शिक्षण संस्था पुनर्निर्माणको काम सम्पन्न गरिएको  जानकारी दिएको छ । १ हजार ९ सय २१ संस्था पुनर्निर्माणको चरणमा रहेका प्राधिकरणले जानकारी दिएको छ । अझै १ हजार ४ सय ६० शिक्षण संस्था पुनर्निर्माणको काम शुरू नभएको प्राधिकरणको तथ्याङ्क छ ।

त्यस्तै कुल १ हजार १ सय ९७ वटा स्वास्थ संस्था भूकम्पका कारण आंशिक तथा पूर्णरूपमा क्षति पुगेपनि अझै ४ सय ९ स्वास्थ संस्था पुनर्निर्माणको काम शुरू नभएको प्रािधकरणले जानकारी दिएको छ । प्राधिकरण अनुसार ६ सय ४३ स्वास्थ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ स्वास्थ संस्था निर्माण कार्य चलिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x