×

NIC ASIA

सिएमसीलाई तीन पटक पठाएको पत्रको उत्तर आएन– मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी

माघ ७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं– मेलम्ची खानेपानी आयोजनासँगको सहमति अनुसार काम नगरेको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई सम्झौता गरिएको रकम भन्दा बढी भुक्तानी दिइएको छ ।

Muktinath Bank

आयोजना र सिएमसीबीच ३१ असार २०७० मा ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर आयोजनाले भूकम्प र नाकाबन्दीका समयमा कम्पनीको क्षतिपूर्तिको नाममा १० अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी मेलम्ची खानेपानी आयोजनाले सम्झौता रकम भन्दा २ अर्ब ८१ करोड रुपैयाँ बढी भुक्तानी सिएमसीलाई दिएको छ । 


Advertisment
Nabil box
Kumari

२२ प्रतिशत काम बाँकी

Vianet communication

इटालियन ठेकेदार सिएमसी कम्पनीले ठेक्का लिएको कुल कामको २२ प्रतिशत काम अझै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सिएमसीसँग सम्झौता हुँदा २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य बाँध र सहायक बाँध निर्माण गर्ने, सुरुङ भित्र ढलान गर्ने लगायतका काम गर्नु पर्ने सहमति भएको थियो । त्यस्तै सुरुङ भित्रको हावा पास गर्नका लागि तीन ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने र सुरुङ भित्र सटकिट राख्ने लगायतका सम्झौता भएका मेलम्ची खानेपानी आयोजनाका आधिकारीहरु बताउँछन् ।

त्यस्तै सुरुङबाट पानी झर्ने स्थान सुन्दरी जलमा भल्भ गेट राख्ने, र प्रशोधन केन्द्रसम्म पानी पुर्‍याउनेका लागि आवश्यक पाइप फिट गर्ने लगायतका काम ठेक्का सम्झौताका क्रममा भएका थिए । ती मध्ये सुरुङ खन्ने, सुरुङ भित्र सटकिट राख्ने र ढलानको काम मात्रै सम्पन्न गरिएको मेलम्ची आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार सिएमसीले करिब ७८ प्रतिशत काम सम्पन्न गरेको छ । अन्य पाइप फिटिङ तथा सुन्दरीजलमा सुरुङ भित्रको सफाइका लागि फ्लस आउटको काम चलिरहेकै बेला सिएमसीले गत पुस अन्तिम साता काम छाडेको थियो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै करिब २ अर्ब रुपैयाँ लागत लाग्ने बताए । यद्यपि आयोजनाले बाँकी कामको बारेमा अध्यन गरिरहेको ती अधिकारीको भनाइ थियो ।

तीन पटकको पत्रको प्रतिक्रिया नै आएन

मेलम्ची खानेपानी आयोजनाको काम छाडेर इटाली गएको सिएमसी कम्पनीलाई यसबीचमा तीन पटक पत्र पठाइसकेको खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्रालयका एक अधिकारीले यसबीचमा मेलम्ची आयोजनाले तीन पटक पत्राचार गरेको तर सिएमसीका प्रतिनिधि सम्पर्कमा नै नआएका बताए । ‘यसबीचमा आफ्नो तर्फबाट तीन पटक सम्म पत्राचार गरियो’ मन्त्रालयका ती अधिकारीले भने, ‘हिजो अन्तिम पटक १४ दिनको समय दिएर पत्र पठाइएको छ ।’

मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी राजेन्द्र पन्तले कन्ट्रयाक्टको प्रावधान अनुसार आफूहरुले आइतवार अन्तिम पटक पत्राचार गरेको र दिइएको समय भित्र नआए ठेक्का प्रक्रिया रद्द गरिने जानकारी दिए । ‘हामीले यसअघि पनि बोलाउने प्रयास गरेकै थियौं । हिजो पनि १४ दिनको सयम दिएर पत्राचार गरेका छौं’ पन्तले लोकान्तरसँग भने, ‘१४ दिन भित्र नआएमा ठेक्का रद्द गरिएको अर्को पठाउने छौं, ।’

के हुन्छ भुक्तानी गरिएको रकम ?

मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी पन्तले धरौटी जफत गर्ने लगायतका प्रक्रिया र मुद्दा मामिला गराए भएपनि भुक्तानीको रकम असुल गरिने बताए । ‘भुक्तानी रकम कति गरिएको छ भन्ने विषयमा अध्ययन गर्दै छौं’ पन्तले भने, ‘काम अनुसारको रकम भुक्तानी गरेको नदेखिएमा क्षतिपुर्तिसहित अन्य प्रक्रियाबाट  असुलिन्छ।’

अबको विकल्प

तोकिएको १४ दिन भित्र सिएमसी फर्केन भने अबको प्रक्रिया के हुन्छ ? भन्ने लोकान्तरको प्रश्नमा आयोजनाका सुचना अधिकारी पन्तले छलफल भइरहेको बताए । ‘छलफल गरिरहेका छौं’ उनले भने, ‘अन्य विकल्पहरुका बारेमा पनि छलफल गर्छौं।’

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीले सिएमसी फर्किएर आएन भने मन्त्रिपरिषदले निर्णय गर्ने बताए । उनले बढी रकम भुक्तानीका बारेमा आफूलाई थाहा नभएको र अबको विकल्पका बारेमा आवश्यक छलफल भइरहेको बताए । सेनालाई दिने वा कसले बनाउने भन्ने विषयमा मन्त्रिपरिषदको निर्णय अन्तिम हुने बताए ।

मेलम्ची खानेपानी आयोजनाको निर्माणको अन्तिम चरणमा रहेको भनिएका बेला इटालीको ठेक्केदार कम्पनी सिएमसी काम छाडेर स्वदेश गएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x