२२ असार २०८३, सोमबार

जाजरकोट बस दुर्घटनाका घाइतेको बयान : चालकले मदिरा सेवन गरे जस्तो देखिन्थ्यो, सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी हप्काए

कात्तिक २०, २०७४
जाजरकोट बस दुर्घटनाका घाइतेको बयान : चालकले मदिरा सेवन गरे जस्तो देखिन्थ्यो, सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी हप्काए

जाजरकोट, २७  फागुन - सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको छ ।Mishap 1_1

भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मि तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ३६  जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
घाइते बिनाकुमारी खत्री, कार्कीगाउँ–३ ले भनिन्न्, “सदरमुकामबाट एउटै सिटमा तीन जनालाई जर्बजस्ती राखेर बस गुड्यो, सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी यात्रुलाई हप्काएको थियो । बसपार्कबाट अलि पर खोलामा पुगेपछि दर्जनभन्दा बढी मान्छे गाडीको कोलिया भरिभराउ हुने गरी हालेर जथाभाबी बस हाँकिएको थियो । हामीले धेरै नहाँक भन्दा पनि केही मानेनन् । एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन ।”

अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा थियो, मानिस धेरै हालेका कारण टाउको समेत ठाडो गरेर बस्ने अवस्था थिएन । बच्चाहरु रोइरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्