काठमाडौं, २८ फागुन – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले साझा बसमा आगजनी गरेका छन् ।
कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीले एक नेपालीको मृत्यु भएको विरोधमा नेपाल बन्दको आयोजना गरेको विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले राजधानीको बालाजु बाइपास चोकमा साझा बसमा आगजनी गरेको हो ।

बसमा आगो लगाइएको थियो । आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन पाएन ।