×

NIC ASIA

शिवरात्रिमा पशुपति दर्शनका लागि पासको व्यवस्था नहुने, साधुसन्तको संख्या बढ्न सक्ने

फागुन १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं - महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिमा त्यसको तयारी तीव्र गतिमा भइरहेको छ । मन्दिर क्षेत्र वरिवरि रंगरोगन तथा सरसफाइको काम अघि बढेको छ । केही पदमार्ग मर्मत भइरहेका छन् । 

Muktinath Bank

पशुपति क्षेत्र विकास कोषले तयारीका लागि विभिन्न उपसमिति गठन गर्ने र स्वयंसेवक संस्था छनौट गर्ने कार्य समेत गरिसकेको कोषका प्रवक्ता एवं मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशिवरात्रिका लागि कोषले विभिन्न ८ वटा उपसमिति गठन गरेको छ, जसमा सुरक्षा/दर्शन व्यवस्था, चन्दन, मन्दिर प्रांगण तथा रात्रिकालीन व्यवस्था, आवास तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त सेवा एवं धार्मिक कार्यक्रम, स्वास्थ्य, वातावरण, सरसफाई तथा जुत्ता चप्पल व्यवस्था, प्रचारप्रसार व्यवस्था, लाइटिङ तथा साजसज्जा व्यवस्था र स्वयंसेवा परिचालन, अनुगमन तथा पास व्यवस्था उपसमिति गठन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

साथै स्वयं सेवा गर्न इच्छुक स्वयंसेवी संस्थाहरू सूचीकृत गर्ने काम समेत सम्पन्न भएको कोषले जनाएको छ । गतवर्ष करीब ४ हजार सन्यासी पशुपति दर्शनका लागि आएकोमा यसपटक बढ्न सक्ने कोषको अनुमान छ ।

Vianet communication

भारतको इलाहावादको कुम्भ मेला भर्खरै सकिएकाले त्यहाँ सहभागी भएका सन्यासीहरू सोझै आउन सक्ने हुँदा सहभागीको संख्या बढ्न सक्ने अनुमान कोषले गरेको हो । 

पर्वमा सहभागी हुनेहरूलाई आवश्यक खाना तथा आवासको सम्पूर्ण व्यवस्था भइसकेको र आगो बाल्नका लागि गुठी संस्थानसँग समन्वय गरी दाउराको समेत व्यवस्था गरिएको कोषले जनाएको छ ।

कूटनीतिक नियोगका व्याक्तिहरू, राज्यका विशिष्ट व्यक्तिहरू, अपांग र असक्तहरूलाई राम मन्दिरतर्फको मार्गबाट दर्शन गर्ने व्यवस्था मिलाइँदै छ ।

दर्शनार्थीहरूका लागि पासको व्यवस्था भने यसपटक नरहेको कोषले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x