जेठ १६, २०८०
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
जनकपुरधाम - सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’मा चन्दन सिंह केन्द्रीय सहजकर्ता हुन् । सिके राउत थुनाबाट छुटेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सम्झौता हुँदै गर्दा र राष्ट्रिय सभागृहमा हस्ताक्षरसहित सहमतिभई सार्वजनिक हुने बेला सिंह पनि राउतसँगै थिए ।
सिंह राउतका अत्यन्तै निकट मानिन्छन् । उनै सिंहसँग लोकान्तरका प्रतिनिधि अजय अनुरागीले गरेको कुराकानीको सम्पादित अंश :-
सरकारसँग तपाईहरूले गरेको सम्झौतालाई कसरी व्याख्या गर्नुहुन्छ ?
– मधेशी जनता उत्साहित हुनुपर्ने अवस्था छ । यो धेरै सकारात्मक कुरा हो । मधेशका समस्यालाई इङ्गित गर्दै सबै समस्या समाधान गर्ने गरी सम्झौता भएको छ । मधेशका जनताका लागि ठूलो उपलब्धी भएको छ ।
गठबन्धनले ‘स्वतन्त्र मधेश’ मुद्दालाई पूर्णतः छाडेको हो त ?
– मुद्दाको समाधानका लागि सम्झौता भएको हो । लोकतन्त्रमा कुनै पनि समस्या लोकतान्त्रिक विधिबाट नै समाधान हुन्छ । लोकतान्त्रिक विधि र लोकतन्त्रमा जनता सर्वोपरि हुन्छन् ।
जनताको मतबाट, जनताको विचारबाट जनताद्वारा नै कुनै समस्याको समाधान गरिन्छ । त्यसैलाई लोकतान्त्रिक विधि भनिन्छ । त्यसैले हामी त्यहीँ लोकतान्त्रिक विधिको परिधिमा रहेर अगाडि बढ्छौं । जनताले हामीलाई जुन स्तरमा स्वीकार्ने छन्, त्यहीँ स्तरमा मधेशको समस्या समाधानका लागि अगाडि बढ्ने छौं ।
अब तपाईंको रणनीति संसदीय राजनीति गर्ने हो कि संसदलाई उपयोग गर्दै स्वतन्त्र मधेश मुद्दा अगाडि बढाउने हो ?
– संसदमा जानै हुँदैन भन्ने कुरा त लेखिएको छैन । संसदमा जानु भनेको कुनै अन्याय त हुँदैन । त्यो कुनै जुलुम पनि होइन ।
अब हामी संसदमा पनि जान्छौं । अन्य तहमा पनि जान्छौं । ती सबै कुराहरू टुंगो लगाउन हामी राष्ट्रिय परिषद्को बैठक गर्दैछौं । चैत्र ४ र ५ गते बैठक बस्दैछ । त्यहाँबाट ठोस निर्णय हुनेछ ।
हाम्रो यति ठूलो संगठन छ, विना राष्ट्रिय परिषद्को बैठकबाट महत्त्वपूर्ण निर्णय गरिँदैन । मधेशका २० वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने हाम्रो एउटा राष्ट्रिय परिषद् धेरै पहिलेदेखि छ ।
त्यो राष्ट्रिय परिषद् बैठकमा मुख्य रुपमा के–के कुरामा छलफल हुनेछ ?
– सम्झौता गरेपछि एउटा नयाँ मोड आएको छ । हामीले एउटा नयाँ स्ट्यान्ड बनाएका छौं । अब नयाँ रणनीति तहत (अनुरुप) हामी अगाडि बढ्छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अब तपाईंहरूले स्वीकार गरिसक्नुभयो, हैन ?
– संघीयताको विरोध हामीले कहिल्यै पनि गरेनौं । संघीयता मात्रै समाधानको बाटो नभएर अन्य पनि उपाय छन् भनेर भन्दै आएका छौं । गन्तव्यसम्म पुग्नका लागि विभिन्न बाटोहरू हुन सक्छन् । एउटा मात्र बाटो हुन्छ भन्ने कुरा त हुँदैन नि ! राजनीति भनेको पनि त्यहीँ हो । त्यसका विभिन्न बाटोहरू हुन्छन् । मधेशका नाममा यसअघि धेरैले धेरै सम्झौता गरेका छन् । तर मधेशलाई के उपलब्धी भएको छ ?
तपाईंहरूको अबको राजनीति केका लागि हुनेछन् ? अर्थात् कुन–कुन मागमा आधारित राजनीति हुनेछ ?
– सम्झौताको १ बुँदादेखि ११ बुँदासम्म हाम्रो मागहरू प्रष्ट भइसकेको छ । त्यसैको विश्लेषण गर्नुहुन्छ भने सबै कुरा प्रष्ट हुन्छ ।
सीके राउतप्रति सरकार कडा रुपमा प्रस्तुत भएपछि डराएर सम्झौता गर्नुभएको भन्ने कुरा पनि आइरहेका छन् नि ?
– जहाँ एक्सट्रीमको राजनीति चलिरहेको हुन्छ, त्यहाँ प्रतिबन्ध पनि लाग्छ, खुला पनि हुन्छन् । यो प्रक्रिया चलिरहन्छन् । माओवादीको जनयुद्धका बेलामा पनि त्यस्तै भएको थियो र त्यहीँ माओवादी रुपान्तरण भएर कहाँसम्म आइपुग्यो, त्यो पनि हामीहरूले देखिरहेका छौं ।
त्यसैले राजनीतिमा कतिबेला कुन कोर्स कसरी परिवर्तन हुन्छ भन्न सकिँदैन । तत्कालै त्यसको विश्लेषण पनि गर्न सकिँदैन । जनताले जे चाहन्छन्, त्यसै अनुसार हुन्छ ।
त्यसो भए तपाईंहरूले आफ्नो कोर्स परिवर्तन गरिसक्नुभयो ?
– कोर्स परिवर्तन गर्नु नै ठूलो अपराध त होइन । हामीले जनताको म्यान्डेड लिएका छौं । जनताको विचार हामीले सर्वेक्षण गरेका थियौं । मूलधारमा आउनुस् भनेर जनताले हामीलाई विचार दिएको थियो ।
त्यहीँ सर्वेक्षणको रिपोर्ट अनुसार हाम्रो नेता डा. सिके राउतले सम्झौता गर्नुभएको हो । कुनै पनि निर्णय गर्नुभन्दा पहिले डा. साहवले सर्वेक्षण गर्नुहुन्छ, त्यसमा आएको तथ्यांकको विश्लेषण गर्नुहुन्छ । त्यसैले हामीले सम्झौता गरेका हौं ।
सम्झौता गरेपछि तपाईंहरूले आफ्ना समर्थक र कार्यकर्तालाई के निर्देशन दिनुभएको छ ?
– हाम्रा समर्थक, कार्यकर्ता र शुभचिन्तकसँगै लाखौं जनतालाई के आग्रह गर्न चाहन्छु भने डा. सीके राउतको नेतृत्वमा भएको सम्झौता हाम्रो लागि धेरै ठूलो जित हो । मधेशका लागि धेरै ठूलो उपलब्धी हो ।
तपाईंहरू निश्चिन्त रहनुस् कि अब हामी अगाडि बढ्छौं । राज्यले धेरै कुरा स्वीकार गरिसकेको छ । हाम्रो परिषद् सकिएपछि सबै कुरा प्रष्ट पार्नेछौं ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले देश र जनताको हितका लागि नभएर अरू कस...
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...