×

NMB BANK
NIC ASIA

लापरवाहीको हद : नाकाबन्दीमा चीनले दिएको १२ हजार चुलो बेवारिसे

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ चैत
– सरकारको चरम लापरवाहीका कारण अनुदान सामग्रीको दुरुपयोग भएको छ । समयमै निर्णय नलिएका कारण भारतीय नाकाबन्दीताका चीन सरकारले अनुदान सहयोगमा दिएको झण्डै साढे ११ हजार थान ‘इन्डक्सन चुलो’ मक्किएर जाने स्थितिमा पुगेको हो ।
 
कसरी आयो अनुदान ?
गत साल झण्डै ५ महिना लामो भारतीय नाकाबन्दीको समयमा इन्धन अभाव चुलिँदा चीन सरकारले अनुदान स्वरुप दुई चरणमा गरेर ११ हजार ३ सय थान विद्युतीय इन्डक्सन चुलो नेपाल सरकारलाई दिएको थियो ।

नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको हाहाकार मच्चिएको समयमा चीन सरकारले २०७२ साल मंसिर २८ गते १ हजार ३ सय थान इन्डक्सन चुलो नेपाल सरकारलाई दिएको थियो ।

त्यसको केही दिनपछि पुस १६ गते थप १० हजार थान चुलो नेपाल सरकारलाई दिइएको थियो ।

‘माइडिया’ ब्राण्डका ती इन्डक्सन चुला भूकम्पपछिको पुनर्निर्माण र राहतका लागि घोषणा गरिएको अनुदान सहयोगबाटै कटाउने गरी चीन सरकारले हस्तान्तरण गरेको थियो ।

ती चुला बेच्ने जिम्मा सरकारले नेसनल ट्रेडिङलाई दिएको थियो ।

१३ महिनामा एउटा चुलोमात्र बिक्यो
ती चुलामध्ये हालसम्म एउटामात्र बिक्री भएको नेसनल ट्रेडिङले जनाएको छ । चीन सरकारले पहिलो चरणमा उपलब्ध गराएको १ हजार ३ सय चुला हाल टेकुस्थित संस्थानकै गोदाममा थन्किएका छन् भने १० हजार थान चुला नेपाल पारवहन तथा गोदाम व्यवस्थापनको गोदाममा थन्किएको संस्थानका नायब वरिष्ठ अधिकृत चेत बहादुर खड्काले लोकान्तरलाई बताए ।

कति छ मूल्य, किन बिकेन ?
महंगो मूल्यका कारण ती चुला बिक्न नसकेको संस्थानकै अधिकारीहरूले बताए । चीन सरकारबाट अनुदान प्राप्त भएसँगै तत्कालीन समयमा संस्थानसहित तीन मन्त्रालयका प्रतिनिधि सम्मिलित मूल्याङ्कन टोलीले ती चुलाको मूल्य निर्धारण गरेको थियो ।

तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र संस्थानसमेतका प्रतिनिधिहरूको सहभागितामा गठित समितिले माघ ५ गते प्रतिचुलो बिक्री मूल्य ११ हजार ९ सय ९६ रुपैयाँ कायम गरेको थियो ।

मूल्य कायम भएसँगै नेसनल ट्रेडिङले पहिलो चरणको सहयोगअन्तर्गत आएका १ हजार ३ सय चुला कार्यालयबाटै बिक्रीमा राख्यो । संस्थानका अधिकारीहरूका अनुसार ती चुला किन्न ग्राहक आएपनि मूल्य सुनेरै तर्किन्थे । तत्कालीन समयमा न्यूनतम हजार रुपैयाँसम्मका चुलो बजारमा पाइन्थे ।

उच्च गुणस्तरका भए पनि अत्यधिक महंगो मूल्य कायम हुँदा ती चुला बिक्री हुन नसकेको संस्थान बताउँछ ।

मन्त्रालयले मूल्य घटाउन मानेन
चुलोको मूल्य अत्यधिक भएकै कारण बिक्न नसकेको ठहर गर्दै आपूर्ति मन्त्रालय मार्फत पटक–पटक प्रयास भएपनि सफल नभएको संस्थान बताउँछ । संस्थानका अधिकारीका अनुसार मूल्य घटाउन ३/४ पटकसम्म मन्त्रालयलाई पत्राचार गरिएको छ ।

संस्थानका महाप्रबन्धक लवराज जोशीका अनुसार पछिल्लोपटक चुलाको मूल्य ‘पुनर्विचार’ गरेर त्यसको निर्णय सञ्चालक समितिमा पेश गर्ने तयारी गरिएको छ । संस्थानले आन्तरिक रूपमा समिति गठन गरेर चुलाको मूल्य घटाएको हो ।

‘पछिल्लो समय प्रतिचुलोको बिक्री मूल्य ४ हजार ५ सय रुपैयाँ कायम हुने गरी प्रक्रिया अघि बढाउन सञ्चालक समितिमा पेश गर्ने तयारी गरेका छौं,’ जोशीले लोकान्तरसँग भने । सञ्चालक समितिको अध्यक्षमा आपूर्ति मन्त्रालयका सहसचिव रहने प्रावधान छ ।

चुलाको मूल्य संस्थान आफैंले सहजै घटाउन नसक्ने र यसका लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्मको सहमति आवश्यक पर्ने महाप्रबन्धक जोशीले बताए ।

१० हजार चुलाको अर्को लफडा
चीन सरकारले पहिलो चरणमा उपलब्ध गराएको १ हजार ३ सय चुला संस्थानले बिक्रीमा राखेपनि दोस्रो चरणमा प्राप्त १० हजार चुला अझै पनि संस्थानको मातहत आउन सकेको छैन ।

बिक्रीका लागि सरकारले संस्थानलाई जिम्मा लगाएपनि ती चुला हाल नेपाल तथा पारवहन गोदाम व्यवस्थापन समितिको गोदाममा थन्किएका छन् ।

यसअघि संस्थानले २ करोड ५० लाख रुपैयाँ तिरेर भन्सारबाट ती चुला छुटाए पनि विलम्ब शुल्कबापतको अर्को १ करोड रुपैयाँ तिर्न नसक्दा पारवहनको गोदाममा थन्किएका हुन् ।

‘पारवहनले १ करोड रुपैयाँ तिरेपछि मात्र छुटाउने भनेको तर बजेट नभएका कारण उक्त रकम तिर्न नसक्दा हामीले पाउन सकेका छैनौं,’ संस्थानका महाप्रबन्धक जोशीले भने । विलम्ब शुल्क मिनाहा गरिदिनका लागि आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरेपनि रकम प्राप्त हुन नसकेको उनले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x