×

NMB BANK
NIC ASIA

निम्तो मागेर वायु सेवाका अध्यक्ष र निर्देशक जापानमा, राष्ट्रिय ध्वजावाहकको इज्जत नै धरापमा !

असार ४, २०७६

NTC
Premier Steels

काठमाडौं – जापानले उडान अनुमति दिइसकेपनि आफैं ओसाका उडान शुरू गर्न नसकेको नेपाल वायू सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहाल जापान भ्रमणमा छन् ।

Muktinath Bank

खरेल र दाहाल जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई आफैंले निमन्त्रणा पठाउन लगाएर टोकियो पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमण टोलीमा क्याप्टेन विजय लामाको नाम पनि थियो तर सामाजिक सञ्जालमा गुठी विधेयक विरुद्धको आन्दोलनको समर्थनमा स्टाटस लेखेका कारण उनलाई अन्तिम समयमा भ्रमण टोलीबाट हटाइएको चर्चा छ ।


Advertisment
Nabil box
Kumari

खरेल र दाहाल टोकियोको निकै महंगो होटलमा बसेका छन् । स्रोतका अनुसार उनीहरू बसेको हायात रिजेन्सी होटल टोकियोमा १ जना १ रात बसेको नै १ लाख जापानी येन पर्छ ।

Vianet communication

जापानी येन र नेपाली रुपैयाँको सटही दर अहिले झण्डै बराबर छ । यति मात्र होइन, ५ दिने बसाईका क्रममा उनीहरूले विभिन्न ट्राभल एजेन्सी र नेपाली प्रतिनिधिसँग डिनर मिटिङ पनि राखेका छन् ।

महंगा होटलमा हुने यस्ता डिनर मिटिङको शुल्क पनि अत्यधिक रहेको स्रोत बताउँछ । थाई एयरवेजबाट मंगलवार टोकियो पुगेका खरेल र दाहाल आइतवार स्वदेश फर्किनुअघिको खर्च ५० लाख नाघ्ने दाबी स्रोतको छ ।

टू–वे टिकट, होटल बसाई, डिनर मिटिङहरू सबैलाई जोड्ने हो भने झण्डै ३० लाख त सामान्य रूपमा पनि खर्च हुने देखिन्छ ।

यति धेरै खर्च गरेर जापान पुग्दा पनि जेक्याबले भने नेपाली टोलीलाई कुनै महत्त्व दिएको देखिँदैन । अहिलेको अवस्थामा भ्रमणको खासै औचित्य पनि छैन ।

हेपिएको राष्ट्रिय ध्वजावाहक !

मंगलवार दिउँसोसम्म जेक्याबका प्रतिनिधि नेपाली भ्रमण टोली र आफ्ना निर्देशकबीच भेटघाटको एजेण्डाबारे अनविज्ञ थिए ।

कति बजे आउने, कुन गेटबाट आउने, ट्रान्सलेटर को हो भन्नेजस्ता विषयमा पनि उनीहरू पूरै अनविज्ञ देखिए ।

हाम्रो स्रोतसँगको सम्पर्कमा जेक्याबका प्रतिनिधिले यस्तो भाषाशैली प्रयोग गरे, जुन कुनै पनि राष्ट्रको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीका प्रमुखको सन्दर्भमा प्रयोग हुनेजस्तो लाग्दैन ।

उनले भने, ‘इप्पुन्मो ओसोकुनात्तारा युरुसेनाइदेश ।’ नेपालीमा यसको अर्थ हुन्छ, ‘१ मिनेट पनि ढिला भयो माफ गर्दैनौं ।’

शायद उनले ढिला भएमा भेट्न मिल्दैन भन्ने सन्दर्भमा यो भाषा प्रयोग गरेका थिए । जेक्याबबाट यस्तो भाषाशैली प्रयोग भएको यो पहिलो पटक भने होइन । 

नेपाल एयरलाइन्सका जापानस्थित कन्ट्री म्यानेजर सन्तोष पाण्डेसँगको सम्पर्कमा जेक्याबका प्रतिनिधिले यस्तै भाषाशैली प्रयोग गर्ने गरेका छन् ।

जेक्याबका एक प्रतिनिधिले पाण्डेसँगको संवादमा प्रयोग गरेको भाषाशैली हेर्नुस्, 

‘शिष्टाचार भेटका लागि तपाईंले नै अनुरोध गर्नुभएको हो भन्ने कुरा बुझ्नुस् । मैले भिसाका लागि मात्र सहयोग गरेको हुँ र म तपाईंको ट्राभल एजेन्ट होइन । हाहाहा !’

बुधवार बिहान अध्यक्ष खरेल, निर्देशक दाहाल र कन्ट्री डाइरेक्टर पाण्डेले जेक्याबका निर्देशकसँग करीब २५ मिनेट भेटेका छन् ।

भेटवार्ता कति औचित्यपूर्ण भयो भन्ने अनुमान माथि उल्लेखित संवाद र फोन वार्ताले नै लगाउन सकिन्छ ।

नेपाल एयरलाइन्सलाई विश्वास नै गर्दैनन् जाप्निज !

नेपाल एयरलाइन्सलाई जेक्याबले कतिसम्म अविश्वास गर्छ भन्ने कुरा ओसाका उडानको अनुमति दिनुअघिको प्रसंगले नै प्रस्ट हुन्छ ।

अर्बौको भ्रष्टाचार भएको भनिएको वाइडबडी विमान क्षमता अनुसारको काम नपाएर यत्तिकै थन्किने खतरा बढेपछि नेपाल एयरलाइन्सले जापान उडानका लागि पहल शुरू गरेको थियो ।

सरकारी तहमा एक चरणको सहमति भएपछि नेपाली प्रतिनिधि नेपाल एयरलाइन्सलाई त्यहाँ दर्ता गर्न भनेर पुगेका थिए । टोकियोबाट उडान गर्ने तयारी नेपाली पक्षको थियो ।

टोकियोमा २ वटा विमानस्थल छन् । हानेदा र नारिता । हानेदा टोकियोको सेन्टरमा पर्छ भने नारिता बजार क्षेत्रबाट केही बाहिर । 

हानेदाबाट उडानको अनुमति दिन नसकिने कुरा जापानले प्रस्टै भनिसकेको अवस्थामा नेपाली पक्षले नारिताका लागि पहल गरेको थियो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमणपछि नेपाली प्रतिनिधि नारिता एयरपोर्टबाट उडान गर्ने गरी दर्ता गर्न जेक्याबमा पुगेका थिए तर जेक्याबले नेपाल एयरलाइन्स जापानमा पहिलेदेखि नै दर्ता रहेकाले नयाँ दर्ता गर्न नमिल्ने जवाफ दियो ।

सन् २००७ सम्म तत्कालीन रोयल नेपाल एयरलाइन्सले ओसाका उडान गरेको थियो । ओसाकामा नेपाल एयरलाइन्सलाई दर्ता गराएका थिए, देवमान हिराचनले । हिराचन एनआरएनए जापानका पूर्व अध्यक्ष समेत हुन् ।

नयाँ दर्ता गर्न सम्भव नभएपछि नेपाल एयरलाइन्सले हिराचनलाई कम्पनी नविकरण सहितका प्रक्रिया पूरा गरेर आउनुस्, तपाईंलाई नै त्यसको अनुमति दिन्छौं भन्ने प्रस्ताव राख्यो ।

हिराचनले झण्डै साढे २ महिनामा सबै प्रक्रिया पूरा गरे । ओसाका उडानका लागि अनुमति प्राप्त भयो । हिराचन नेपाल एयरलाइन्सको तर्फबाट ग्यारेन्टी बसेका छन् ।

उनकै विश्वासमा जेक्याबले ओसाका उडानका लागि अनुमति दिएको छ । यसबाट पनि के प्रस्ट हुन्छ भने जेक्याबले नेपाल एयरलाइन्स भन्दा व्यक्तिलाई विश्वास गर्छ ।

ओसाका उडान नै नगर्ने खेल !

नेपाल एयरलाइन्सका प्रवक्ता नवराज कोइरालाका अनुसार ओसाका उडान अनुमतिका लागि धन्यवाद दिँदै टोकियोको नारिता विमानस्थलमा पनि उडान अनुमतिका लागि पहल गर्न जेक्याब डाइरेक्टरसँग शिष्टाचार भेटवार्ताका लागि नेपाली पक्षबाट अनुरोध भएको हो ।

कोइरालाले ओसाकामा पनि उडान यथावत् राख्ने गरी नारिताका लागि पहल शुरू गरेको बताएपनि स्रोत भने ओसाका उडान सधैंका लागि रद्द गर्ने खेल भएको दाबी गर्छ ।

त्यसो त ओसाकामा उडान शुरू नगरी जेक्याबले नेपाल एयरलाइन्सलाई विश्वास गर्ने र नारिताका लागि अनुमति दिने अवस्था भने छैन ।

अनौपचारिक कुराकानीका क्रममा जेक्याबका प्रतिनिधिले पहिले ओसाकामा उडान गर्नुस्, त्यहाँ सफल भयो भने बल्ल नारिताको कुरा आउँछ भन्ने गरेको स्रोतले जानकारी दियो ।

यसअघि जुलाई ४ का लागि तय भएको ओसाका उडान नेपाल एयरलाइन्सले रद्द गरिसकेको छ । अगस्ट २९ का लागि नयाँ उडान तालिका तय भएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता नवराज कोइराला अहिले अफ सिजन रहेकाले उडान अगस्टका लागि सारिएको बताउँछन् । त्यतिबेला जापानमा रहेका नेपाली विद्यार्थीको अध्ययन इन्टेक सकिने र नेपालमा चाडबाड पनि शुरू हुने भएको उपयुक्त समय रहेको उनको दाबी छ ।

ओसाका उडान रद्द गरेर टोकियो सार्न खोजिएको आरोपमा कोइराला सहमत छैनन् । ओसाकामा साताको ३ वटा उडान तय भइसकेको उनले बताए । नारितामा अनुमति प्राप्त गरेको खण्डमा भने दुवैतिर २/२ उडान गर्ने उनको भनाइ छ ।

‘ओसाकामा साताको ३ वटा उडान तय भएको छ,’ कोइरालाले भने, ‘नारिता आएपछि भने २/२ उडान गर्छौं ।’ त्यसपछि डिमाण्ड हेरेर उडान थपघट हुनसक्ने उनले बताए ।

ओसाका उडान नगरी नारिता सर्न खोज्नु गलत 

त्यसो त ओसाकाभन्दा टोकियो क्षेत्रमा धेरै नेपाली बसोबास गर्छन् । जापानको राजधानी समेत रहेकाले टोकियो क्षेत्रबाट नै उडान गर्दा नेपाल एयरलाइन्सलाई फाइदा हुने तर्क नकार्न सकिन्न ।

यसो भन्दै गर्दा के कुरा पनि ख्याल गर्नुपर्छ भने लामो झण्झट पार गरेर प्राप्त अनुमतिको सदुपयोग नगरी अर्को ठाउँका लागि पहल गर्दा नेपाल एयरलाइन्सप्रति जेक्याबको विश्वास गुम्दै गएको देखिन्छ ।

जुन कुरा जेक्याबका प्रतिनिधिले प्रयोग गर्ने गरेको भाषाशैली हेर्दा नै प्रस्ट हुन्छ । यस्तै अवस्था कायम रहे नेपाल एयरलाइन्सका लागि जापानी आकाश सधैंका लागि बन्द हुने खतरा छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स देशको सम्पत्ति र प्रतिष्ठा पनि हो । यसमाथिको अपमान नेपालीमाथिको अपमान हो । तर पाएको अनुमतिको सदुपयोग गर्न नसक्ने नेपाल एयरलाइन्स व्यवस्थापनले यसो भनेर उन्मुक्ति पाउन सक्दैन । 

नेपाल एयरलाइन्स प्रतिको विश्वास फर्काउनका लागि नै भनेपनि तत्काल ओसाका उडान शुरू गरेर त्यसलाई निरन्तरता दिनु अनि नारिता उडानका लागि पहल गर्नु आवश्यक रहेको जानकारहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x