×

NMB BANK
NIC ASIA

सुर्खेत- एम्बुलेन्सको काम के हो ? सबैलाई थाहा छ । तर मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाको एम्बुलेन्सको काम सुर्खेतबाट मदिरा ढुवानी गर्ने कार्यमा परिचालित भएको पाइएको छ ।

Muktinath Bank

शुक्रवार वीरेन्द्रनगरको हटियालाईनमा उक्त एम्बुलेन्स भित्र कमसल खालको मदिरा ‘लिच्ची’ लोड हुँदै गरेको अवस्थामा फेला परेपछि एम्बुलेन्सले मदिरा बोक्ने रहस्योदघाटन भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्षदर्शी खड्कबहादुर विसीका अनुसार एम्बुलेन्समा मदिरा, लिच्चि जुस र रेडबुल भरेको आफुले देखेको बताए । छाँयानाथ नगरपालिकाले यसअघि नै मदिरा निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकालाई मदिरा निषेध गरिएको मंसिर १ गतेदेखि हो । मदिरा निषेध भएपछि ‘व्यवसायीले निर्वाध रूपमा मदिरा भित्र्यौना नसकेपछि एम्बुलेन्सको प्रयोग भएको हो,' स्थानीय गोविन्द खत्री भन्छन्, ‘यसरी एम्बुलेन्सको दुरुपयोग गर्नेलाई राज्यले कारवाही गर्नुपर्छ ।’

Vianet communication

उसो त एम्बुलेन्सको काम बिरामी बोक्ने हो । तर एम्बुलेन्समा जुस, मदिरा लिन भने पाईदैन । नगरउपप्रमुख सुन्तला रोकाय भने आफुलाई यसबारेमा केहि थाहा नभएको बताउँछिन् । ‘मेयरलाई नै सोध्नुस । उहाँ नै हर्ताकर्ता हो,'  उनले भनिन्, ‘त्यसरी मदिरा त नल्याउनु पर्ने हो ।’

नगरप्रमुख हरिजंग शाही भने एम्बुलेन्सले मदिरा ढुवानी गर्दै नगरेको दाबी गर्छन् । शुरूमा आफ्नो एम्बुलेन्स नभएको उनको दाबी थियो । ‘हामीले धेरै पहिले नै मदिरा निषेध गरिसकेका छौं,’ उनले भने, ‘त्यस्तो हुनै सक्दैन ।’ यदि त्यस्तो भएको साँचो हो भने चालक तथा अन्यलाई कारवाही गर्न आफु तयार रहेको बताए । उनले सर्भिसिङ गर्न एम्बुलेन्सलाई नेपालगञ्ज पठाइएको दाबी गरेका छन् । तर नगरप्रमुख शाही भने जुस मात्रै बोकेको दाबी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x