२२ असार २०८३, सोमबार

सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्नुस्: मन्त्री अर्याल

सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्नुस्: मन्त्री अर्याल

स्याङ्जा– भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरेकि छिन्। पछिल्ला समय सामाजिक संजालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै उनले हरेकको मुल्याङ्कन जनताले गर्ने बताइन् ।

उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गित प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन्।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको बताइन्। ुबुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमिस्टेहरुको परिचालन गर्ने होु, मन्त्री अर्यालले भनिन्, 'गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस, मुल्यांकन गर्नुस परिर्वतन र बदलाव आँफै देख्नुहुन्छ ।'

कार्यक्रममा बाेल्दै उनले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिइन्। काम नगर्ने ठेकेदारका दिन समाप्त भएको उनले बताइन् । 

'सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नितिका साथ अगाडि बढेको छु,' मन्त्री अर्यालले भनिन्। काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागी जनप्रतिनिधी साझा भएको समेत बताइन्। 
 

salt training

कमेन्ट गर्नुहोस्