दल दर्ताका लागि नेकपाले बुझायो निर्वाचन आयोगमा निवेदन

काठमाडौं– आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । विहिवार नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । 

परराष्ट्रमन्त्री एवम् नेकपाका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाल र श्रीराम ढकालले विहिवार बिहान निर्वाचन आयोग पुगी निवेदन दिएको मन्त्री ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।  


Advertisement

 


Advertisement

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५१ स्थानमा उपनिर्वाचन हुँदैछ ।

बुधवार बसेको पार्टी सचिवालय बैठकले उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्