×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिबाट कर्णालीकाे अपेक्षा

असोज २०, २०७६

NTC
Premier Steels

सुर्खेत -कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ । छिमेकी मुलुक चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले यसका लागि उच्चस्तरीय ‘लबिइङ’ शुरु गरिसकेको छ । राष्ट्रपति सी भ्रमणका क्रममा विकास निर्माणसँग सम्बन्धित विषयले प्राथमिकता पाउने अवस्था सिर्जना भएमा कर्णाली सरकारले ‘लाइफलाइन’ का रुपमा अघि बढाउन खोजेको ‘सुर्खेत–हिल्सा दु्रतमार्ग’लाई समेट्न सङ्घीय सरकारसमक्ष प्रस्ताव गरेको हो ।

भ्रमणको मिति नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ लगायतको पटक–पटक ध्यानाकर्षण गराइसकेको जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चिनियाँ राष्ट्रपति सीको भ्रमणका अवसरमा सुर्खेत–हिल्सा सडक र फुकोट कर्णाली जलविद्युत् आयोजनालाई समेट्न अनुरोध गरेको जानकारी दिए । कर्णालीको विकासका लागि उत्तरी छिमेकी मुलुक चीनसँग सहज यातायात सम्पर्क विस्तार गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

Muktinath Bank

“दक्षिणी छिमेकी मुलुक भारतसँग कर्णाली जोडिएको, उत्तरी नाकाहरु पनि सहज खुलाइएका छैनन्, यातायात सम्बन्ध पनि छैन्”, मन्त्री ज्वालाले भने, “यसपटक सी भ्रमणका बेला हुने आपसी समझदारीमा प्रदेश राजधानी सुर्खेतबाट उत्तरी नाका हुम्लाको हिल्सासम्म पुग्ने दु्रतमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्न जोड दिएका छौँ ।” चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इन्जिनीयरिङ इयुआन कम्पनी (सिआरइसी)ले १० महीना लगाएर यस सडकको विस्तृत सम्भाव्यता अध्ययन पनि गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनअनुसार ४०३ किलोमिटर दूरी रहेको सुर्खेत–हिल्सा सडक निर्माणका लागि रु ६४ अर्ब लागत तथा कम्तीमा ६ वर्षको समयवधि लाग्ने अनुमान गरिएको छ । सिआरइसीले स्थलगत र हवाई माध्यमबाट सर्भे गरेको थियो । यससम्बन्धी प्रतिवेदन सिआरइसीले प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले राष्ट्रपति सी चीनको मात्र नभई विश्वकै अग्रणी नेता भएकाले उहाँको भ्रमण अर्थपूर्ण हुने बताए । “यो नियमित, कूटनीतिक भेटघाट होइन्, त्यसैले विश्वको शक्तिशाली अर्थतन्त्र भएको मुलुकका राष्ट्रप्रमुख नेपाल आउँदा लगानीका विषयहरु पनि उठ्न सक्छन्”, उहाँले भन्नुभयो, “चीन आफ्नो विकास र प्रविधिमा छिमेकी नेपाललाई पनि जोड्न चाहन्छ ।


Advertisment
Nabil box
Kumari

” सुर्खेत–हिल्सा सडकका सम्बन्धमा चिनियाँ अधिकारीहरुसँगको पटक–पटकको भेटघाटमा सहभागी प्रदेशसभा सदस्य रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो चीन भ्रमणमा समेत हिल्सा नाकालाई प्राथमिकता दिएकाले यसपटक मूर्तरुप लिन सक्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशसँगको नाका विस्तार एवं सञ्चालनमा चिनियाँ पक्ष सधैँ सकारात्मक रहेको आफूले पाएको उनले बताए । सुर्खेत–हिल्सा सडकलाई प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममै प्रधानमन्त्री दु्रतमार्गका रुपमा निर्माण अघि बढाउने सङ्कल्प गरेको थियो ।

Vianet communication

२०७५ साल वैशाख १ गते रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनको पूर्वसन्ध्यामा रारामा सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सडकलाई दक्षिणी नाका (प्रदेश ५ मा पर्ने बाँकेको जमुनाहा) देखि–उत्तरी नाका (हुम्लाको हिल्सा) सम्म प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा नामकरण गरी आयोजना अघि बढाउन लगानीको खोजी गरिरहेको थियो । प्रधानमन्त्री ओलीको २०७५ साल असार पहिलो साता सम्पन्न चीन भ्रमणमा कर्णाली आर्थिक करिडोर विकासका लागि सम्भाव्य सहयोग गर्न चीन सरकार सहमत भएको थियो । त्यस्तै सोही वर्ष असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमण क्रममा त्यहाँको सरकारी टोलीसँग द्रुतमार्ग निर्माणबारे प्रारम्भिक समझदारी भएको थियो । यसपटक राष्ट्रपति सी भ्रमणका एजेन्डामा नेपाल सरकारका तर्फबाट यो सडकले प्राथमिकता पाउने कर्णाली सरकारले अपेक्षा राखेको छ । प्रकाश अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x