काश्मीरमा भेटिए डुप्लिकेट अक्षयकुमार

कश्मीरको राजनीतिक तनावका बीच यहाँका एक किसान अचानक चर्चामा आएका छन् ।

बुजुर्ग माजिद मीर नाम गरेका एक किसान सामाजिक सञ्जालमा चर्चित बनेका छन् । कारण, उनको अनुहार र हाँसो बलिउड अभिनेता अक्षय कुमारसँग मिलेको छ ।


Advertisement

उनको तस्वीर हेर्दा धेरैलाई लाग्छ कि, उनी वास्तविक अक्षय कुमार नै हुन् । अक्षय कुमारको जुम्ल्याहा जस्तै देखिने मीरको सोही तस्वीर अहिले भाइरल बनेको हो ।

उनको फोटो एबीपी न्युजका पत्रकार आशिष सिंहले ट्वीटरमा पोस्ट गरेका थिए ।

तस्वीरको  साथमा उनले ट्वीटरमा लेखेका थिए, ‘कश्मीरमा सुनिल गावस्करका फ्यान माजिद मीरसँग भेट भयो । उनी हरेक दिन यो ह्याट पहिरिन्छन् ।’

ट्वीटर प्रयोगकर्ताले भने उनको त्यो तस्वीरसँगै अक्षय कुमारको फोटो ट्याग गर्दै पोस्ट गर्न थाले । धेरैजसोले उनलाई ‘अध्यक्ष कुमारका जुम्ल्याहा !’ भन्दै शेयर गरेका थिए । तीमध्ये एकजनाले त ‘उनी सुनिल गवास्करका फ्यान कम र कक्षय कुमारका भाइ बढी देखिन्छन्’ भन्दै ठट्टा गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्