×

NMB BANK
NIC ASIA

सत्ता राजनीति

मन्त्रिमण्डल पुनर्गठनको महिनौं लामो हल्ला, मन्त्री भन्छन् - काम गर्न मनोवैज्ञानिक त्रास भयो !

मातृका यादवले राजीनामा दिन खोज्दा त्यतिबेला ओलीले रोके

मंसिर २, २०७६

NTC
फाइल फोटो
Premier Steels

विगत केही सातायता मन्त्रिमण्डल पुनर्गठन हुने हल्लाले राजनीतिक बजार तताएको छ । 

Muktinath Bank

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल हेरफेर हुने विषयमा नियमितजसो छलफल हुने पनि गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको नेकपा सचिवालय बैठकमा समेत मन्त्रिमण्डल पुनर्गठन हुने विषयले चर्चा पाएको थियो । प्रधानमन्त्री ओलीले अनौपचारिक रूपमा मन्त्रिमण्डल हेरफेरको विषयलाई सचिवालय बैठकमा प्रवेश गराएका थिए ।


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको सोच रहेको भनेपछि हामीले सबै पक्ष हेरेर निर्णय लिनुहोला भन्ने सुझाव दियौं,’ बैठकमा सहभागी एक सदस्यले लोकान्तरसँग भने, ‘तर यो विषय प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेकाले हामीले औपचारिक रूपमा टुंगो लगाउने कुरा भएन ।’

Vianet communication

आधिकारिक रूपमा पुष्टि नभएका तर दिनहुँ पत्रपत्रिका र अनलाइन समाचारमा केही मन्त्रीहरूको नाम लेखिने गरेको छ । मन्त्री लालबाबु पण्डित, चक्रपाणि खनाल ‘बलदेव’, थममाया थापामगर, जगत विश्वकर्मा, रघुवीर महासेठ र मातृका यादवलाई प्रधानमन्त्रीले जुनसुकै बेला हटाउन सक्ने भन्दै अपुष्ट खबर आउने गरेका छन् । 

स्रोतको हवाला दिँदै आएका यस्ता समाचारमा सत्यता नभएको कतिपय मन्त्रीहरूले सार्वजनिक खण्डन गरिसकेका छन् तर पनि समाचार आउन छाडेका छैनन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले यो हल्ला मात्र रहेको बताइन् । सोमवार लोकान्तरसँग कुरा गर्दै मन्त्री मगरले यस्ता बजार हल्लाले मन्त्रीहरूमा मनोवैज्ञानिक असर पर्ने र कार्यक्षमतामा उल्लेख्य ह्रास आउने दाबी पनि गरिन् । 

‘हामी त आफ्नो काम गरिरहेका छौं र निर्धक्क छौं,’ मन्त्री मगरले भनिन्, ‘तर यस्ता हल्लाहरू कहाँबाट आउँछन् थाहा छैन । यसले हाम्रो मनोविज्ञानलाई नै असर गरिरहेको छ र म मात्र नभएर अन्य मन्त्रीहरूको पनि कार्यक्षमतामा असर परिरहेको छ ।’ 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि मन्त्रिमण्डल पुनर्गठन हुने विषय लामो समयसम्म हल्लाकै रूपमा आइरहनु ठीक नभएको तर्क आफ्ना निकटस्थसँग गर्ने गरेका छन् । 

मन्त्री यादवको सचिवालयले यस्ता हल्लाले उनलाई कुनै फरक नपारेको टिप्पणी गरेको छ । ‘उहाँका कतिपय कामहरूलाई क्याबिनेटमै रोकेर राखिएको छ,’ सचिवालय टीमका एक सदस्यले लोकान्तरसँग खुलासा गरे, ‘केही महिनाअघि उहाँ आफैंले राजीनामा दिने सोच बनाउनुभएको थियो तर प्रधानमन्त्रीले अहिले राजीनामा नदिनुस् भनेपछि चुप लागेर बस्नुभएको छ ।’ 

गत असारमा भारतबाट आउने तरकारीको विषादी परीक्षण सीमामै गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । पछि सरकारले विषादी परीक्षण गर्ने प्राविधिक क्षमता नभएको भन्दै निर्णय फिर्ता गर्‍यो । त्यतिबेला मन्त्री यादव र कृषिमन्त्री खनाल आलोचित बनेका थिए । 

केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विगत १३/१४ महिनादेखि मन्त्रिमण्डल हेरफेर हुने चर्चा चलेको भएपनि त्यो त्रासको रूपमा मात्र रहेको बताएका थिए ।

केही दिनअघि सार्वजनिक रूपमै बोल्दै मन्त्री महासेठले यस्ता समाचारले मन्त्रीहरूमा त्रास बढेको बताएका थिए । ‘त्यो त्रास अहिले देखिएको छ,’ महासेठले भने, ‘मन्त्रिमण्डल परिवर्तन हुने भन्ने कुराहरू दिनहुँ मिडियामा आइरहेका छन्, पछिल्लो १३/१४ महिनादेखि पत्रिकाले लेख्न छोडेको छैन । हुन त यो अधिकार प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्छ । उहाँले चाहेकै दिन मन्त्रिमण्डल चेन्ज हुन्छ तर अहिले सम्भावना देखेको छैन ।’

मन्त्रिमण्डल हेरफेर हुने चर्चाले मन्त्रीहरूमा त्रास बढ्ने मात्र नभई मन्त्रालयको कामकारवाहीमै प्रभाव पर्ने कतिपय कर्मचारीहरूको दाबी छ । फेरिने हल्ला चलेका मन्त्रीहरूलाई सचिवले टेर्लान् त भन्ने प्रश्नमा एक सचिवले भने, ‘टेर्ने नटेर्ने प्रश्न त हुँदैन, सबैले आफ्नो–आफ्नो काम गर्ने हो तर केही मनोवैज्ञानिक असर भने पर्छ । आफू जाँदैछु भन्ने थाहा पाएपछि मन्त्रीले पनि आफ्नो स्वार्थका कामहरू फटाफट गर्ने प्रचलन नेपालको हकमा देखिएकै हो । अनि मन्त्रीकै वरिपरि हुनेहरूले पनि आफ्नो स्वार्थ अनुकूल काम अघि बढाउन दबाब दिन्छन् ।’ 

उनले मन्त्रीलाई सचिवहरूले नटेर्नेभन्दा पनि कार्यकर्ताहरूले नै बढी दबाब दिने र आफ्ना अनुकूलका कामहरू छिटो अघि बढाउन खोज्ने प्रवृत्ति देखिएको खुलासा गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x