×

NIC ASIA

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्याल्सियम निःशुल्क उपलब्ध गराउने भएको छ ।

Muktinath Bank

गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्याल्सियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हड्डी तथा मानसिक विकासको लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

Vianet communication

आमाको गर्भबाटै बच्चाले आवश्यक पोषक तत्वहरू पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

’कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौं । आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्याल्सियम पाउनुहुनेछ ।’ नगर प्रमुख घिमिरेले भने । संभवत तिलोत्तमाले यस क्षेत्रमै पहिलो पटक क्याल्सियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो ।

तिलोत्तमा नगरपालिकाका दश वटा सरकारी स्वास्थ्य संस्थामार्फत वार्षिक तीन हजार बढी महिलाहरूले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उप–प्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनैपनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताइन ।

भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास ठान्न नहुने भन्दै उनले बच्चाको स्वास्थ्य राम्रो हुनु ठूलो विकास हुने बताइन् । क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्याल्सियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताइन् ।’

‘हाम्रोजस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्याल्सियम अनिवार्य छ । हामीले सबै महिलालाई क्याल्सियम खान प्रेसकिप्ट गर्छौं । यसले आमा र बच्चा दुवैलाई राम्रो गराउँछ,’ उनले भनिन् ।

तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x