×

NMB BANK
NIC ASIA

मानव बेचबिखन सञ्जाल सक्रिय, विदेश लगेर अलपत्र पार्ने क्रम बढ्यो

मंसिर २१, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

उनीहरूले नेपाली महिला र पुरुष विदेशी भूमिमा लैजान थालेका छन् । विगतमा नेपाली महिला धेरैजसो भारतमा बेचिने गर्थे । सरकार तथा गैरसरकारी क्षेत्रबाट कडाइ भएपछि यसरी बेचिने क्रम घट्यो । त्यसपश्चात अवैध ओसारपसारमा संलग्नले रूट फेर्दै महिला लैजाने काम थालेको हो ।

Muktinath Bank

गएको शुक्रबार इन्डोनेसियाबाट पाँच जनाको उद्धार गरिएको थियो । त्यही क्षेत्रबाट एक महिनाअघि एक महिलासहित छ जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले गर्‍यो । केही दिनअघि मात्र चीन पुगेकी एक महिला फर्काइयो । त्यस्तै तीन जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलालाई लैजानेले छोटो रूट प्रयोग गर्न थालेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाले भने, भारत, माल्दिभ्स, श्रीलङ्का हुँदै अफ्रिकी मुलुकमा नेपाली महिला लैजान थालेका छन् । पुरुष लैजाने तस्करले लामो रुट प्रयोग गर्दै युरोप, अमेरिका, अस्ट्रेलियामा सञ्जाल फैलाएको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रूपमा प्रयोग भइरहेको सूचना प्रहरीकहाँ आइपुगेको छ । बिहे गरेर लगेपछि कतिपयलाई घरमै यौनदासीका रूपमा राख्ने, बच्चा जन्मेपछि नेपाली महिलालाई अर्को व्यक्तिसँग चीनमै बिहे गराइदिने गरेको पाइएको छ, थपलियाले सुनाए, तर उद्धारका लागि त्यहाँ पुग्ने सञ्जाल नबनेकाले सकिएको छैन । केही महिलालाई भने कामको बहानामा यौन व्यापारमा संलग्न गराएको सूचना आएको छ । अफ्रिकी मुलुक केन्या, इथियोपिया, मालावी, लिबियालगायतका देशबाट समेत महिलाको उद्धार गरिएको छ । उद्धार गरेका महिलाले उजुरी दिएर झन्झटमा पर्न नखोज्दा त्यस्ता तस्करको हौसला बढेको उनी बताउँछन्।

Vianet communication

नेपाली महिलालाई अवैधानिक रूपमा पत्याउनै नसक्ने देश पुर्‍याउने क्रम बढेको एटविनका अध्यक्ष अञ्जना शाक्य पनि पुष्टि गर्छन्। एटविन महिला तथा बालबालिका बेचबिखनविरुद्धको सहकर्मी समूह हो । । पहिले भारत हुँदै लगिएका महिला बढी भेटिन्थे, उनले भने, अब श्रीलङ्का, माल्दिभ्स, चीन र इन्डोनेसियाबाट महिला लैजाने गिरोह सक्रिय भएको छ । ।

भारतबाट लैजाँदा पछिल्लो समय त्यहाँको विमानस्थलले धेरै महिला देखेपछि ‘नो अब्जेक्सन लेटर’ दिन थालेको छ । त्यसैले पनि महिला बेचबिखन गर्नेहरूे नयाँ नयाँ रुट विकल्पमा प्रयोग गर्न थालेका हुन् ।

नेपालबाट कतिपय देशमा सामान्य रूपमा भिसा पाउन कठिन छ । त्यस्ता देशमा समेत राहदानी नै नबोकी नेपाली महिला हिंसा भोगेर आएका उदाहरण भेटियो, उनले थपे, कहाँबाट सजिलो पर्छ, त्यतैको रुट प्रहरी झुक्याउँदै जान थालेको प्रस्ट हुन्छ ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पनि भारतबाट शुरू भएको महिला बेचबिखन र ओसारपसार अहिले खाडी मुलुक र त्यसबाहिर पनि फैलन पुगेको बताउँछन् । बेचिएर दुबईको क्यासिनोसम्म नेपाली महिला पुगेको फेला पारेका छौँ । उनी औंल्याउँछन्, नेपाली महिलाको ओसारपसार र बेचबिखन विस्तारै युरोपका ठूला सहरमा प्रवेश भइसकेको छ । गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x