पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
माघ २, २०७६
जसले ५ नम्बर प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २१ गते सञ्चालन गरेर चर्चा बटुले उनै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल अहिले क्यान्सर रोगले उठ्नै नसक्ने गरी थलिएका छन् ।
ज्येष्ठ सदस्यका हैसियतले प्रदेश सभामा सभामुखको भूमिका निभाउँदा उनको चौतर्फी चर्चा पनि भयो । संसदको पहिलो बैठक सञ्चालन गरेपछि उनले सभामुख बन्ने तीब्र इच्छा पनि देखाए तर कांग्रेसको सांसद भएकाले त्यो अवसर पाएनन् ।
विपक्षी दलको नेता चयन गर्न लामै रस्साकस्सी भएपनि उनलाई सहमतिमै कांग्रेसले दलको नेता चयन गर्यो । ८२ वर्षीय पोखरेल मृत्यसँग अन्तिम संघर्षरत छन् ।
गत वर्ष माघमा छातीमा संक्रमण देखिएर काठमाडौंस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनलाई फोक्सोको क्यान्सर देखिएको थियो । काठमाडौंमा लामो समय उनको उपचार भयो । गएको पुस २३ गते काठमाडौंबाट घर ल्याइएका उनको समस्या बढ्दै गएपछि अहिले क्रिमसन हस्पिटल रुपन्देहीमा आईसीयूमा भर्ना गरेर राखिएको छ ।
क्रिमसन अस्पतालका वरिष्ठ फिजिसियन डा.राकेश आस्वानीले पोखरेललाई अब निको हुने सम्भावना कम रहेका लोकान्तरलाई जानकारी दिए । उनले भने, ‘फोक्सोबाट शुरू भएको क्यान्सर टाउको, हड्डी हुँदै शरीरभर फैलिएको छ । त्यो अब निको हुने सम्भावना छैन । कतिखेर आँखा खोलेर आवाज निकाल्न पनि सक्नुहुन्न । कति बाँच्नुहुन्छ ? अब भगवानकै हातमा छ ।’
उनको ७ पटकसम्म किमोथेरापी गरिसकिएको छ । उनी प्रदेशको बजेट अधिवेशनमा पनि जान सकेनन् । यही माघ ५ गतेदेखि प्रदेशको हिउँदे अधिवेशन शुरू हुँदैछ ।
काठमाडौंबाट घर ल्याइएको केही दिनमा रगतमा प्लेटलेट कम भएर बेहोस भएपछि उनलाई क्रिमसन हस्पिटल ल्याइएको थियो । रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल कांग्रेसका समानुपातिक सांसद हुन् । पुस अन्तिम साता मुख्यमन्त्री शंकर पोखरेलले पनि अस्पतालमा पुगेर नेता पोखरेलको स्वास्थ्य अवस्था बुझेका थिए ।
भेटका लागि नेतादेखि सांसद र मन्त्री पनि अस्पताल पुग्ने गर्छन् । प्रदेश सरकारले उनको उपचारको लागि ५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । उनको उपचारमा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ ।
पोखरेलका छोरा मुक्तिले बाबाको अवस्था अचेत रहेको बताए । ‘क्यान्सर शरीरभर फैलिइसकेको छ भनेर डाक्टरले भन्नुभएको छ । मुख्यमन्त्रीले पनि भेटेर उपचारमा कुनै कमी हुन नदिनुहोस् प्रदेश सरकारले सहयोग गर्छ भनेर जानुभएको छ । हेरौं के हुन्छ,’ उनले भने ।
विक्रम संवत् १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराई गरी रुपन्देही झरेको थियो । उनले २०१३ सालदेखि नेपाल छात्र संघबाट कांग्रेसको राजनीति शुरू गरेको पोखरेलका भाइ ईश्वरचन्द्र पोखरेलले बताए ।
‘२०१५ सालमा संसदीय निर्वाचनमा उमेर नपुगेकै कारण ८५ नम्बर क्षेत्रमा दाइ चुनाव लड्न पाउनुभएन,’ भाइ ईश्वरचन्द्रले भने, ‘२०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पनि पर्नुभयो ।’
रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए । पोखरेल जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय नेता हुन् । ईश्वरचन्द्रले रुपन्देहीमा कांग्रेसको राजनीति नेता बलदेवले नै शुरू गएको बताए ।
‘वास्तवमा रुपन्देहीका कांग्रेसको जग बसाल्ने नेता नेतामा दाइ (बलदेव) र डिल्लीरमण शर्मा मोहनदत्त काफ्लेले हो,’ उनले लोकान्तरसँग भने । स्व. प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुँदा पोखरेलले स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए ।
प्रदेश सभाले खरिद गरेका गाडीमा भ्रष्टाचार भएको पाइएपछि पोखरेलले आफूले चढ्दै आएको गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेर रिक्सा चढेर घर फर्किएका थिए ।
फर्जी कागज देखाएर प्रदेश लोकसेवा आयोगको सदस्यमा आफ्नै बुहारी राहेल पोखरेललाई नियुक्त गरेपछि उनी विवादमा पनि तानिए ।
कांग्रेस सांसद वीरबहादुर रानाले प्रदेश सभामा कांग्रेसको भूमिका कमजोर देखिएको भन्दै अझै विपक्षी दलको नेता बिरामी हुँदा झनै समस्या बढ्ने बताए । ‘उहाँको स्वास्थ्य लाभको कामना गरौं । अब पार्टीले गम्भीर रुपमा सोच्नुपर्छ,’ उनले भने ।
पोखरेलले उत्तरमध्यमा अर्थात् १२ कक्षासम्म अध्ययन गरेका छन् । पोखरेलका २ पत्नी ४ छोरा र २ छोरी छन् । उनकी जेठी पत्नी कमलाको मृत्यु भइसकेको छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...