×

NMB BANK
NIC ASIA

भारतमा निर्भया बलात्कारका दोषी मुकेश सिंहको दया निवेदन राष्ट्रपतिद्वारा अस्वीकार

माघ ३, २०७६

NTC
Premier Steels

भारतका राष्ट्रपति रामनाथ कोविन्दले निर्भया सामूहिक बलात्कारका एक दोषी मुकेश सिंहले दायर गरेको दया निवेदन (मर्सी प्ली) अस्वीकार गरेका छन् । राष्ट्रपतिको निर्णय राष्ट्रपति भवनले केन्द्रीय गृह मन्त्रालयलाई पठाएको छ ।

Muktinath Bank

गृह मन्त्रालयले शुक्रवारै मुकेश सिंहको दया निवेदन राष्ट्रपतिलाई पठाउँदै अस्वीकार गर्न सिफारिश गरेको अधिकारीहरूले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कार र हत्या गरेकोमा मृत्युदण्ड दिइएका चार दोषीमध्ये एक मुकेश सिंहले केही दिनअघि दया निवेदन दिएका थिए । 


Advertisment
Nabil box
Kumari

दिल्ली सरकारले दया निवेदन अस्वीकार गर्ने सिफारिश गर्दै गृह मन्त्रालयलाई पत्र पठाएपछि गृहले राष्ट्रपतिलाई सिफारिश सहित दया निवेदन पठाएको थियो ।

Vianet communication

मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई तिहाड जेलमा माघ ८ गते बिहान सात बजे झुण्ड्याइनेछ । तर मुकेशले दया निवेदन दिएपछि त्यस मितिमा फाँसी नदिइने दिल्ली सरकारले उच्च अदालतलाई खबर गरेको थियो ।

तर राष्ट्रपतिले दया निवेदन अस्वीकार गरेको अवस्थामा उनीहरूलाई त्यही मितिमा झुण्ड्याइने सम्भावना छ ।

यसैबीच निर्भयाकी आमा आशा देवीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रवार अपील गर्दै सन् २०१४ मा तपाईं महिला सुरक्षाको प्रतिज्ञा गरेर शक्तिमा आउनुभएको थियो त्यसैले दोषीहरूलाई माघ ८ मै झुण्ड्याउनुस् भनेकी छन् । 

एएनआई समाचार संस्थासँगको अन्तर्वार्तामा आशा देवीले चार दोषीलाई फाँसी दिन विलम्बको दोषारोपण भाजपा र आपले गरेको भन्दै दुवैलाई आलोचना गरेकी छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x