×

NMB BANK
NIC ASIA

विकास योजना सम्पन्नको रकम भुक्तानी नहुँदा बेहाल

माघ ८, २०७६

NTC
Premier Steels

प्रदेश नं. २ मा विकास योजना सम्पन्नको रकम भुक्तानी र विनियोजन गरिएको रकम निकासा नहुँदा अवस्था बेहाल छ ।

Muktinath Bank

प्रदेश सरकारले योजना सम्पन्नको रकम भुक्तानी नगरेका कारण उपभोक्तादेखि मन्त्रीसम्म मारमा परेका छन् भने सरकारले प्रदेशमा विनियोजन गरेको रकम निकासाको पहल नगरेका कारण प्राविधिक अन्योलमा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना सम्पन्नको रकम नभएको भुक्तानीका मारमा उपभोक्ता समितिका पदाधिकारीदेखि मन्त्रीसम्म परेका छन् भने विनियोजित रकम निकासा नभई प्राविधिक ऊहापोहको स्थितिमा छन् ।


Advertisment
Nabil box
Kumari

नेपाल तराई इञ्जिनियर्स समाज प्रदेश नं २ द्वारा मङ्गलबार यहाँ आयोजित ‘प्रादेशिक विद्यमान समस्या समाधानका प्राविधिक उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा योजना सम्पन्नको रकम भुक्तानीका बारेमा वस्तुगत अध्ययनका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको समितिले योजना सम्पनको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिँदा पनि रकम निकासाबारे कुनै पहल नभएको स्थिति रहेको बताइयो ।

Vianet communication

सोबारेमा कुनै पहल नभएपछि उपभोक्ता समितिका पदाधिकारीले समस्या ध्यानाकर्षणका लागि सभा घेराउ गर्दा तनावको स्थिति उत्पन्न भई पाँच महिनादेखि प्रदेशसभा अवरुद्ध अवस्थामा छ । पाँच महिनाको अवधिमा एक दुई पटक सञ्चालन गर्ने प्रयास गरिए पनि सरकारी उदासीनताका कारण सभामा विवाद उत्पन्न भई सभा सञ्चालनको विषय अनिश्चित बनेको छ ।

उपभोक्ता समितिका कतिपय पदाधिकारीले बैंकबाट ऋण लिई योजना कार्य सम्पन्न गरेको र बैंंकको ऋण समयमा तिर्न नसक्दा घर लिलाम हुने स्थितिसमेत सिर्जना भएको बताइएको छ । सभामुख यादवको योजना सम्पन्नको स्थलगत प्रतिवेदन अनुसार रु ८७ करोड भुक्तानी गर्न बाँकी छ । सम्पन्न कार्यको भुक्तानी नहु्नुमा प्राविधिक, कमिशन र मन्त्रालय भएको गुनासो पीडितको रहेको छ ।

कार्यक्रममा कम्तीमा दुई महिनामा सम्पन्न हुने कार्यलाई प्राविधिकले असार २२ गते सम्झौता गरी असार ३० गते नै कार्य सम्पन्नको रकम भुक्तानी दिइएको तथ्य पनि औँल्याइएको छ । प्रदेशसभा सदस्य कौशल यादवले 'आफैं पीडित छु, उपभोक्ता पीडित छन् र सो कारण प्रदेशसभा सञ्चालन हुन नसक्नु विडम्बना हो', भने।

समाजका अध्यक्ष भगवान झाले विद्यमान समस्याले प्राविधिक जटिलता थपिँदै विकास निर्माण कार्यबारे अन्योल बढ्दै गएको बताउनुभयो । कमला नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहर साहले अन्योलका कारण प्रदेशमा छ महिनामा १० प्रतिशत मात्र विकास निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।

मधेश पत्रकार महासङ्घका अध्यक्ष वृजकुमार यादवले  रकम भुक्तानी नहुनुमा प्रदेशसभा सदस्यदेखि प्राविधिक एवं सरकार दोषी देखिएको प्रसङ्ग उल्लेख गरे। नेपाल पत्रकार महासङ्घ धनुषा अध्यक्ष अनिल मिश्रले मन्त्रीले क्षयरोग नियन्त्रणको रकम पनि रकमान्तर गरी अन्यत्र क्षेत्रमा प्रयोग गरेको ध्यानाकर्षण गराए।

अभियानकर्मी सरोजकुमार मिश्रले उपभोक्ता समितिका पदाधिकारीको पारिवारिक अवस्था दयनीय हुँदै गए पनि सरकार संवेदनशील नहुनु दुःखद् हो भने।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x