मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
माघ ८, २०७६
गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्की अध्यक्षमाथि झापड हानेको विषयले यतिखेर तालनगरी तातेको छ ।
पोखराको लेखनाथमा मंगलबार शुरू भएको गण्डकी प्रदेशस्तरी मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता–२०७६ मा आयोजक एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि मनाङेले हातपात गरेका थिए ।
घटनाको भोलिपल्ट बुधबार दुवैले पोखरामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आरोप–प्रत्यारोपमा उत्रे । बिहान एन्फा अध्यक्ष गुरुङले आफूमाथि बिनाकारण हातपात भएको भन्दै सांसद मनाङेविरुद्ध कानुनबमोजिम जाने चेतावनी दिँदा साँझ सांसद मनाङेले पत्रकार सम्मेलन गरी एन्फा अध्यक्षले भ्रष्टाचार गरेको आरोप लगाए ।
उनले भने, ‘ठगलाई मैले झापड नहानेर माला लगाइदिउँ ? यस्तो मान्छेलाई तपाईहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।’
झापड हानेको विषयमा बढी चर्चा भएकोमा आपत्ति जनाउँदै उनले झापड हानेको विषय आफूलाई निकै राम्रो लागेको दाबी गरे । ‘झापड हानेको तपाईहरुलाई मन परेन ? राम्रो कुरा हो । तपाईहरु गान्धीतिरको हुनुहुँदो रहेछ, म चाँहि रावणतिर परे,’ उनले भने, ‘तपाईलाई नराम्रो लागेको छ भने लेख्नोस् न यार ।’
एन्फा अध्यक्षले आफूविरुद्ध उत्रिए आफूले पनि ठगीका दर्जनौं मुद्दा दिएर फसाउन सक्ने सांसद मनाङले चेतावनी दिए ।
सांसदद्वारा आयोजक अध्यक्षमाथि नै मुक्का प्रहार हुनुको मुख्य कारण भने खेलाडी व्यवस्थापनमा चासो नभएको भनिएको छ ।
सांसद मनाङेले प्रतियोगितामा मनाङबाट भाग लिएको टिमको खानपान, बसोबास तथा खेल तयारी व्यवस्थापनमा एन्फा कास्की अध्यक्षले चासो नदिएको हुँदा मुक्का हानेको बताएका छन् ।
यता, एन्फा कास्की अध्यक्ष मिलन गुरुङले पत्रकार सम्मेलनमा गेम बिफोर (अगाडि) र गेम अफ्टर (पछाडि) एक दिनको व्यवस्थापन गर्न सकिने तर एक साताअघि देखि आफूहरुले टिमको लागि खर्च गर्न नसक्ने बताए । खेलका लागि मनाङको टोली गतसाता नै पोखरा आएको थियो । जबकि उसको खेल बुधबार (आज) मात्र थियो ।
लेखनाथको भण्डारढिक खेल मैदानमा मंगलबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले खेल उद्घाटन गरेका हुन् । ९ टिमले भाग लिएको प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले ३ लाखसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गण्डकीमा पहिलो पटक भएको मुख्यमन्त्री कपको लागि प्रदेश सरकारले ४० लाख दिने आश्वासन दिएको खेल संयोजक कृष्ण थापाले जानकारी दिए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...