विप्लवका कार्यकर्ताद्वारा आत्मसमर्पण

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन्।

बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले बुधबार विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका हुन्।


Advertisement

निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका हुन्।

सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा उनलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो।


Advertisement

आत्मसमर्पणसँगै सापकोटा  १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्