मुद्दा पेशी राखिदिने प्रलोभन दिएर घुस, कार्यालय सहयोगी नै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी केशवकुमार यादवलाई पक्राउ गरेको छ। 

मुद्दा पेशीमा राखिदिन्छु भन्दै सेवाग्राहीसँग चार हजार घुस रकम लिँदै गर्दा अख्तियारले यादवलाई पक्राउ गरेको हो।


Advertisement

उनी जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए।
    
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्