×

NMB BANK
NIC ASIA

नेकपा केन्द्रीय कमिटी बैठक

केन्द्रीय कमिटीमा ओलीले पेश गरे सरकारका कामको फेहरिस्त– काम भएको छ, प्रचार मात्र नपुगेको हो !

माघ १५, २०७६

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताको पक्षमा पर्याप्त काम गरेको जिकिर गरेका छन् ।

Muktinath Bank

पूर्वाधारको क्षेत्रमा फड्को मारेपनि सरकारका तर्फबाट जनतामा पर्याप्त प्रचार र सम्प्रेषण गर्न नसकिएको दाबी उनले गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवारदेखि काठमाडौंमा शुरू भएको नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारका कामको फेहरिस्त प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले विभिन्न सूचकांकलाई उद्धृत गर्दै सुधार भइरहेको दाबी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

सरकारको काम प्रभावकारी नभएको भन्दै स्वयं नेकपाका सदस्यहरूले असन्तुष्टि पोखेको समयमा ओलीले केन्द्रीय कमिटीमा हुनसक्ने सम्भावित आलोचनाबाट बच्न शुरूमै कामको फेहरिस्त प्रस्तुत गरेका हुन् ।

Vianet communication

विधिको शासनको सूचकांक, भ्रष्टाचार मापक सूचकांक, ह्याप्पिनेस इन्डेक्स लगायतका सूचकांकमा नेपालले प्रगति हासिल गरेको ओलीले बताए ।

‘गणतन्त्र स्थापनापछिको एक दशकमा लगातार ४ प्रतिशतको आर्थिक वृद्धि थियो । पछिल्ला तीन वर्षमा ६ प्रशिसतभन्दा माथि छ, फौजी किराले धक्का दियो तर धेरै नोक्सान पार्न सकेको छैन,’ ओलीले भने, ‘उच्च आर्थिक वृद्धिदर भएका दश देशमा नेपाल परेको छ, हाम्रो मुखपत्रले होइन द इकोनमिस्ट भन्ने पत्रिकाले निकालेको हो ।’

सरकार गठनपछिको दुई वर्षमा वैदेशिक लगानीको प्रतिबद्धता समे बढेको दाबी उनले गरे । ‘वैदेशिक लगानीको प्रतिबद्धता १३२ प्रतिशत बढेको छ । अन्तर्राष्ट्रिय व्यापार घाटामा कमी आएको छ । आयात घटाएका छौं र निर्यात वृद्धि गरेका छौं । २७ प्रतिशतले निर्यात् २७ बढेको र आयात ४ प्रतिशत घटेको छ,’ ओलीले भने ।

प्रधामनन्त्री ओलीले पूर्वाधार निर्माणको क्षेत्रमा पनि फड्को मारेका दाबी गरे ।

‘पूर्वाधारको क्षेत्रमा असाधारण प्रगति भएको छ, ५ दशमलव ७ किमी प्रतिदिन कालोपत्रे भएको छ, विगतमा वर्षमा १० किमी पिच नभएको अवस्था पनि थियो,’ ओलीले भने, ‘नागढुंगासँगै सुरुङमार्गको युगमा प्रवेश गर्‍यौं । यी काम फलिसके भनेको होइन, कतै टुसाउँदैछन्, कतै फुल्दैछन् । एकै दिनमा रोम बनेको थिएन । हामीले कसरी काम गरेका छौं भन्ने उदाहरण मात्र हो,’ उनले भने । 

१२औं गासमा ३ पदक ल्याएको नेकपालले १३ औं सागमा ५२ पदक जित्नुलाई पनि ओलीले सरकारको सफलताको रूपमा व्याख्या गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x