×

NMB BANK
NIC ASIA

हिजो दिनभर : मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ : पार्टी एक नरहन पनि सक्छ ! प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्दिन

असार २१, २०७७

NTC
Premier Steels

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ - पार्टी एक नरहन पनि सक्छ !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई बोलाएर पार्टी एक नरहन पनि सक्ने ब्रिफिङ गरेका छन् ।

Muktinath Bank

शनिवार साँझ ७ बजे उनले सबै मन्त्री र राज्यमन्त्रीसमेतलाई बालुवाटारमा बोलाएर पार्टी गम्भीर संकटमा परेको र एक नरहन पनि सक्ने भनी ब्रिफिङ गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'तपाईंहरूलाई परिस्थितिका बारेमा थाहा छ,' प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै ती मन्त्रीले लोकान्तरसँग भने, 'पार्टी एक नरहन पनि सक्छ । तपाईंहरू हरेक हालतका लागि तयार हुनुहोला ।'


Advertisment
Nabil box
Kumari

उनले स्थायी कमिटीबाट दबाब आउँदैमा आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष नछोड्ने पनि स्पष्ट पारेका छन् ।  

Vianet communication

कोरोनाले थप २ जनाको मृत्यु, २३२ जनामा कोरोना संक्रमण पुष्टि
शनिवार थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिवार कोरोना भाइरस संक्रमणको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थपिएका संक्रमितसँगै कूल संक्रमित १५ हजार ४९१ पुगेका जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।

पछिल्लो विवरण अनुसार थप २ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको प्रवक्ता गौतमले बताए । उनका अनुसार गोरखाको पालुङटारका पुरुषको असार २० गते र रुपन्देहीको देवदह नगरपालिकाका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

देशभरका कूल संक्रमितमध्ये १ नम्बर प्रदेशमा ६८६, २ नम्बरमा ४ हजार ८३, बाग्मतीमा ५२५, गण्डकीमा १ हजार १३३, ५ नम्बरमा ३ हजार ९४२, कर्णालीमा १ हजार ५४० र सुदूरपश्चिममा ३ हजार ५८२ संक्रमित रहेका छन् । देशभर आइसोलेसनमा ९ हजार ४२ जना रहेका प्रवक्ता गौतमले बताए । 

पहिरोमा पुरिएका ६ जनाको शव फेला, एक बेपत्ता

बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन्। शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाको शव निकालेको छ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र सात वर्षीेया छोरी अस्मिता जेठाराको शव निकालेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले बताए। उनका अनुसार ८० वर्षीय दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० वर्षीया गिरिजा जेठाराको खोजी भइरहेको छ। 

'राति अविरल वर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राति सबै घरबाट बाहिर निस्कियौँ”, घटनाका स्थानीयवासी सुरेश जेठाराले भने, “उहाँहरु भाग्न नसकेर पहिरोमा पुरिएका हुन् । गाउँको माथिपट्टि रहेको रातोपड सामुदायिक वनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षति भएका छन् ।' उनका अनुसार पहिरोमा परी २२ भैँसी, ६५ बाख्रा र २४ गाई–गोरुसमेत बगाएको छ ।  

पहिरोले गाउँको बीच भाग हुँदै १८ घर बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ । स्थानीयवासी नरेश बोहराले भने, “शरीरमा लगाएका लुगा कपडाबाहेक सबै पहिरोले लग्यो । घरभित्रको खाद्यान्न, लत्ताकपडा, धन सम्पत्ति र गाई–गोरुसमेत सबै बगे । झण्डै २० रोपनी जग्गामा लगाएको धानबालीसमेत पुरेको छ।”  

जुइली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ। दुवै गाडमा अत्यधिक मात्रामा पानी भएपछि अरू गाउँसमेत जान समस्या छ। यो गाउँमा ९० परिवारको बसोबास छ। यस घटनामा क्षति भएका पीडित परिवारहरुलाई राहत दिनका लागी गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताए। प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री लिने कुरा भएको छ । अहिले शवमात्र निकाल्ने काम भइरहेकाले क्षतिको विवरण लिन बाँकी रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x