×

NMB BANK
NIC ASIA

खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

असार २६, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषद्को निर्णय छ ।

Muktinath Bank

बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन खुला गरिएको जानकारी दिए । सरकारको निर्णयअनुसार अब काठमाडौँ उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन् । दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पन्जा लगाउनुपर्ने छ । दिनको एकपटक सवारीसाधनलाई निसङ्क्रमण गर्नुपर्ने छ । तर यातायात व्यवसायी भने सरकारको निर्णयप्रति अन्योल देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ट्याक्सी र छोटो दूरीको भए पनि खुला गर्नु सकारात्मक भएको तर स्वास्थ्य सावधानीको अवस्था के हुने अन्योल भएको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

महसङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “५० प्रतिशत भाडा वृद्धि गरेर सामाजिक दूरी कायम गर्नु ठीक छ तर बैङ्कको किस्ता र ब्याजको भुक्तानी अवधिबारे केही भनिएन । हामीले भोगेका समस्याको समाधान भएको छैन । गाडी निकाल्दैमा हाम्रो समस्या समाधान हुँदैन । ” लामो दूरीको सवारीको भाडाबारे स्पष्ट हनुपर्ने महासङ्घले जनाएको छ । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “ट्याक्सीको सवालमा सरकारको निर्णय ठीक छ तर हामी के गर्ने भन्ने कुरा भोलि १ः०० बजे आकस्मिक बैठक बोलाएका छौँ, महासङ्घले बैठक बसेर निर्णय गर्छ । सरकारले आफ्नोतर्फबाट गरेको प्रयास राम्रो छ । ”

Vianet communication

५० प्रतिशत भाडा वृद्धि
कोरोना भाइरसको बन्दाबन्दीको अवधि वा सवारीसाधनमा आधा यात्रु चढाउन्जेल ५० प्रतिशत भाडा वृद्धि गरेर लिन पाउने निर्णय भएको छ । सुरक्षाका लागि सामाजिक दूरी कायम गर्न सरकारले सो भाडादर वृद्धि गरेको हो । व्यवसायीको मागअनुसार सरकारले भाडा वृद्धि गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

खुल्यो ट्याक्सी
सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गरेको छ । मन्त्रिपरिषद्ले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । प्रवक्ता डा. खतिवडाले ट्याक्सी सञ्चालन खुला गरिएको बताउनुभएको हो । ट्याक्सीमा चालकसहित तीन जना यात्रु सवार गर्न पाइने र एकै परिवारका सदस्य भए पाँच जना यात्रा गर्न पाइनेछ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर आफूहरूले ट्याक्सी सञ्चालन गर्ने उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले बताए । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x