×

NMB BANK
NIC ASIA

नेशनल मेडिकल कलेजमा भेट्टियो म्याद गुज्रिएको केमिकल, प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

विरगञ्ज | चैत २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगन्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ ।

Muktinath Bank

संयुक्त अनुगमन टोलीले आज वीरगन्जमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरीका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले मेडिकल कलेजको ल्याबमा छापा मारेर मेडिकल कलेजसँग सम्बन्धित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।


Advertisment
Nabil box
Kumari

पर्सा प्रहरीका अनुसार मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाई नियन्त्रणमा लिएको हो । 

Vianet communication
Laxmi Bank

संयुक्त अनुगमनमा वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज, वाणिज्य कार्यालय लगायतका प्रतिनिधिले संयुक्तरुपमा अनुगमन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य सचिव विपिनकुमार लालदासले मेडिकल कलेजको प्रयोगशालामा निरीक्षण गर्दा म्याद गुज्रिएका केमिकल तथा रिएजेन्ट फेला परेको जानकारी दिए ।

‘संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका केमिकल तथा रिएजेन्टलाई जफत गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं’, उनले भने, ‘केमिकल तथा रिएजेन्ट गरेर करिब ३३ प्रकृतिका भेट्टिएका छन् ।’ 

सदस्य सचिव लालदासले प्रयोगशालामा प्रयोग हुने केमिकल नै म्याद गुज्रेको प्रयोग गरेपछि आउने रिपोर्टको विश्वासनीयतामाथि नै प्रश्न चिन्ह उब्जिएको बताए। 

‘केमिकल तथा रिएजेन्टको पोटेन्सियल नै कमजोर भएपछि रिपोर्टको नतिजामा प्रत्यक्ष असर पार्ने देखिन्छ’, उनले भने, ‘कोही मधुमेहको परीक्षण गर्न जानुभयो, तर म्याद गुज्रिएको रिएजेन्ट प्रयोग गरेपछि कस्तो नतिजा आउला ?, मानिसको जनस्वास्थ्यको सवालमा यस्तो खालको हेलचेक्क्राइ गर्नुहुँदैन ।’

सदस्य सचिव लालदासले प्रयोगशालामा भेट्टिएको केमिकल तथा रिएजेन्ट कुनै दुई वर्षदेखि म्याद गुज्रिएको भेट्टिएको जानकारी दिए ।

‘पक्राउ परेका दुई जनालाई पर्सा प्रहरी कार्यालयमा बयान लिने काम भइरहेको छ’, उनले भने, ‘बयानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने छ ।’ 

संयुक्त अनुगमन टोलीले जफत गरिएका म्याद गुज्रिएका केमिकल र रिएजेन्टलाई कानुनी प्रक्रिया पूरा गरेर नष्ट गर्ने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x