×

NMB BANK
NIC ASIA

२०८० नेपाली चलचित्रका लागि सुखद् वर्षः ५० वटा प्रदर्शन, २ भए ‘सुपरहिट’

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

भेषराज कार्की–नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० को शुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । 

Muktinath Bank

उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाँच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको थियो  । चलचित्रले कूल रु १७ करोडको कूल व्यापार (ग्रस कलेक्सन) गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म यस वर्ष ५० वटा चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । यही चैत ३० गते दुई चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ प्रदर्शनको क्रममा छन् ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication

यो वर्ष ‘जारी’पछि गत चैत ९ मा प्रदर्शन भएको ‘महाजात्रा’ सर्वाधिक सफल मानिएको छ । चलचित्र निर्माण र समूह र वितरकले उपलब्ध गराएको तथ्याङ्कअनुसार ‘महाजात्रा’ यस वर्षको दोस्रो सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ । तेस्रो सातामा प्रदर्शन चलचित्रले १३ करोडभन्दा बढी कूल व्यापार (ग्रस कलेक्सन) गरिसकेको बताइए पनि तथ्याङ्क केही दिनमा सार्वजनिक गरिने निर्माण समूहले जानकारी दिएका छन् । 

यो वर्ष नेपाली चलचित्रमा आश गरिएका निर्देशकहरू प्रदीप भट्टराई, रामबाबु गुरुङ, निश्चल बस्नेत, दीपेन्द्रकुमार खनालका चलचित्र दर्शकले हेर्न पाए । यस वर्ष अनमोल केसी, प्रदीप खड्काजस्ता स्टार भनिने कलाकारको चलचित्र प्रदर्शन भएन । दयाहाङ राई, विपिन कार्की, सौगात मल्लजस्ता अभिनेता आफ्नो अभिनयका कारण चर्चामा रहे । 

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला दुई चलचित्रसँगै ‘पशुपति प्रसाद २: भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’ले लगानी सुरक्षित गरेका छन् । यसबाहेक विदेशी बजारसहित ‘दयारानी’ र ‘बगान’ चलचित्रले निर्मातालाई घाटा गराएन । 

कूल ५२ वटा चलचित्रमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ । किनकि उल्लेखित दुई चलचित्र वर्षको अन्तिम दिन चैत ३० गते प्रदर्शन हुँदैछन् । यसवर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेका नौवटा चलचित्र प्रदर्शन भए । 

‘मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छ भने किन नगर्ने ?’, अभिनेता राईले भने, ‘आउँदो वर्ष प्रदर्शन बढी भए पनि म कमै चलचित्रमा काम गर्ने योजनामा छु । किनकी सङ्ख्या बढ्दा गरिएको मेहनत ओझेलमा पर्छ ।’

उनी यो वर्षभर चर्चामा रहे । किनकि वर्षको शुरुआतमा उनका दुई चलचित्र एकसाथ प्रदर्शन भए । सफल र असफल हुने चलचित्रको सङ्ख्या उनको उस्तै छ । यसलाई अभिनेता राईले पनि महशुस गरेका छन् । 

‘यो वर्ष काम धेरै गरियो । तर, चलचित्र विभिन्न किसिमका प्रदर्शन भए । व्यावसायिकसँगै कलात्मक चलचित्रमा देखिएको आकर्षण हाम्रा लागि खुसीको कुरा हो । किनकि विश्वमञ्चमा हामीले देखाउने थुप्रै कथाहरू तयार भएका छन्,’ अभिनेता राईले भने ।

चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका कार्यसमिति सदस्य रहेका करण श्रेष्ठले चलचित्रका लागि यो औसत वर्ष मान्न सकिन्छ । 

‘यो वर्ष चलचित्रको व्यापार राम्रै देखियो । तर, जसरी वर्षको शुरुआत भएको थियो, त्यही रुपमा अन्य चलचित्र व्यावसायिक पक्षलाई अगाडि बढाउन सकेन । यद्यपि सफल भएको सङ्ख्या हेर्ने हो भने राम्रो छ,’ उनले भने ।

अभिनेता विपिन कार्कीका लागि यो वर्ष सुखद रह्यो । उनीद्वारा अभिनित दुई चलचित्रले राम्रो व्यापार गरिसकेका छन् । ‘महाजात्रा’मार्फत उनको चर्चा स्वदेशसँगै विदेशमा पनि भयो । यद्यपि अभिनेता कार्कीले आफ्नो ध्यान काममा मात्र केन्द्रित रहने गरेको बताउँछन् । 

‘मैले राम्रो काम गर्ने कोशिस गर्छु । पात्रलाई दुरुस्तै पर्दामा ल्याउने मेरो ध्याउन्न हुन्छ । व्यावसायिक सफलताले पक्कै अभिनेतालाई ऊर्जा दिन्छ नै तर हाम्रो ध्यान अभिनयमा बढी केन्द्रित हुनुपर्छ,’ अभिनेता कार्कीले भने । उनले अभिनय गरेको दुई चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ र ‘महाजात्रा’ व्यावसायिकरुपमा सफल चलचित्र हुन् । 

यस वर्षलाई हेर्दा दर्शक रमाइला चलचित्रमै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि डिजिटल प्लेटफर्ममा बढेको आकर्षण र चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उनको बुझाइ छ । 

‘यस वर्ष शृङ्खला र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो । यसले दर्शक चलचित्र भवनमा दुःखका कथालाई हेर्न इच्छुक हुनुहुन्न भन्ने पनि सङ्केत गरेको छ । ओटीटीमा हेरेर प्रशंसा गरिएका विदेशी चलचित्रकै विधामा तयार भएका नेपाली चलचित्रलाई दर्शकले चासो देखाएनन्,’ उनले भने ।

चलचित्र हेर्न परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सकेमा व्यापार बढ्ने निर्देशक प्रदीप भट्टराईको बुझाइ छ । उनले निर्देशन गरेका चलचित्र सोही शैलीमा तयार गरिएको छ । ‘जात्रा’ शृङ्खलासँगै ‘शत्रु गते’ र ‘महापुरुष’ निर्देशन गरेका भट्टराई निर्देशित ‘महाजात्रा’ वर्षकै दोस्रो व्यावसायिक सफल चलचित्रसँगै उहाँको पहिलो सफल चलचित्र बनेको छ । 

‘म र मेरो समूहले व्यापारलाई सोचेर चलचित्र तयार गरेका छैनौँ । हाम्रो विश्वास घट्न नदिने र चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राख्ने गरेका छौँ । अहिले पनि सोही कारण परिवार नै दर्शक बनेर चलचित्र भवनमा आउनुभएको छ,’ निर्देशक भट्टराईले भने । 

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी यस वर्ष सकिँदा स्वदेशी ५२ सँगै विदेशी ८८ चलचित्र प्रदर्शन हुने बताए । अन्तिम शुक्रवार चलचित्र प्रदर्शन भएपछि विसं २०८१ वैशाख १ मा बक्स अफिस रिपोर्ट सार्वजनिक गरिने तयारी भइरहेको उनले बताए । 

‘हामीले आधिकारिक रुपमै बक्सअफिसको विषयमा कुरा गर्दैछौँ । त्यसकारण अहिले व्यापारबारे हामीले बोल्न मिल्दैन । यद्यपि यो वर्ष नेपाली चलचित्रको व्यापार राम्रो देखिएको छ । सुखद पक्ष विदेशी चलचित्रलाई स्वदेशीले टक्कर दिएका छन्,’ बोर्ड सदस्य अधिकारीले भने । 

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । तर, वर्षको अन्त्यमा नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर कुनै वितरकले विदेशी चलचित्र नेपालमा ल्याउने आट गर्न सकेनन् । 

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा पछिल्लो उदाहरणले नेपाली निर्मातालाई साहस र ऊर्जा थपेको छ । सम्भव धेरैपछि विदेशी ठूला चलचित्र नेपालमा एकै मितिमा प्रदर्शन हुने छैनन् । यसले ‘हाम्रो नयाँ वर्षमा, हाम्रै चलचित्र’ भन्ने नारालाई सफल बनाएको छ ।

समग्रमा विसं २०८० मा भएका कामले आशावादी हुने ठाउँ प्रशस्तै दिएको छ । किनकि प्रदर्शन भएकासँगै हुन् बाँकी चलचित्र धेरै छन् । जसको नतिजा आउँदो वर्ष देखिनेछ । जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल सावित गर्नेछ । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x