×

NIC ASIA

पर्वतको महाशिलाले थाल्यो घरेलु मदिराको ब्रान्डिङ

पर्वत | बैशाख २८, २०८१

Prabhu Bank
NTC
Premier Steels

पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान शुरू गरेको हो ।

पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किबीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार गाउँपालिकाको अघिल्लो गाउँसभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित भएको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

छिमेकी जिल्ला स्याङ्जा र कास्कीमासमेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रीवितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताए ।

Vianet communication

घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आरूबखडालगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ ।​

महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्रान्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान शुरू गरिएको उनको भनाइ छ ।

गाउँपालिकामा कोदोको बढी सम्भावना भएकाले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए ।

'यहाँ धेरै पहिलेदेखि स्थानीयले मदिरा बनाउँदै आउनुभएको छ, धेरैको जीविकोपार्जन यसैबाट भइरहेकाले यसलाई कसरी व्यवस्थित गरेर अघि बढ्न सकन्छ भनेर अनुसन्धान गरी सो कार्यान्वयन गर्न लागि परेका छौं', उनले भने, 'अनुसन्धान रिपोर्टपश्चात बाँकी काम अगाडि बढ्नेछ ।'​

सर्च नेपालले गरेको उक्त अनुसन्धानमा कोदोको गुणस्तरीय मदिरा सङ्कलन गरिएको र नमुना सङ्कलनका लागि सबै वडामा तामाका भाँडा प्रयोग गरी मदिरा बनाइएको छ ।

घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध हुने कोदोबाट एकदेखि सातपाने र मिश्रित एकदेखि सातपानेसम्मको गुणस्तरीय मदिरा सङ्कलन गरी नमूना ल्याब परीक्षणका लागि पठाइएको अध्यक्ष भुसालले जानकारी दिए ।

उनका अनुसार पालिकाका छुट्टाछुट्टै बस्ती र समुदायमा तयार गरिएको मदिराको छुट्टाछुट्टै नमुना सङ्कलन गरिएको छ ।

सङ्कलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ ।

ब्रान्डिङ भए पनि अहिले अवैधरुपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थितरुपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ । ​

महाशिला गाउँपालिकाका छवटै वडामा लुकिछिपी घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ ।

यसको ब्रान्डिङ गर्न सकेमा पालिकाको राजस्वमा वृद्धि हुनुका साथै स्वरोजगारका अवसर वृद्धि हुने पालिकाको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x