×

NIC ASIA

सरकारी कागजात कीर्ते गरेको आरोपमा रङ्गेलीमा १३ जनाविरुद्ध पक्राउ पुर्जी, वडाध्यक्षदेखि उपमेयरका श्रीमान्‌सम्म

विराटनगर | जेठ १२, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सरकारी कागजात कीर्ते गरेको आरोपमा मोरङको रङ्गेली नगरपालिका ४ का वडाअध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

वडाध्यक्ष अभदेश मण्डलसहित १३ जनाविरुद्ध सरकारी कागज–छापलगायतको दुरुपयोग गरेको मुद्दामा मोरङ जिल्ला अदालतबाट जेठ ९ गते पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडाध्यक्ष, मालपोत कार्यालयका कर्मचारीसहित १३ जना मिलेर रङ्गेली ४ आमतोलामा रहेको करिब ३ करोड पर्ने जग्गा र उद्योग एकलौटी बनाउन खोजेको आरोप छ । 


Advertisment
Rupse Holidays
Nabil box

स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग उनका जेठी श्रीमतीलाई थाहा नै नदिइ कान्छी श्रीमतीको नाममा ल्याउन रङ्गेली ४ का वडाअध्यक्ष मण्डल आर्थिक चलखेलको लोभमा परेको पाइएको छ ।

Vianet communication

null 

 वडाअध्यक्षको अवैध कामलाई रङ्गेली नगरपालिकाकी उपप्रमुख (उपमेयर) झुमा पराजुली निरौलाका श्रीमान् गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएका थिए । 

 रामप्रसाद साहको नाममा साविक गाविस रङ्गेली वडा नं ८ को नक्सा सिट नं १७८०७१८ को किता नं.  १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा रहेको छ । सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । अहिले यो प्रतिधुर १० लाखदेखि १२ लाखसम्ममा खरिद–बिक्री भइरहेको जग्गा हो । घर र उद्योग बाहेक मात्र जग्गाको  मूल्यमात्रै करिब तीन करोड पर्ने स्थानीय बताउँछन् ।

रामप्रसादको ८ वैशाख २०७९ मा मृत्यु भएको थियो । उनका दुई जना श्रीमती छन् । जेठी श्रीमती कलावतीदेवी र कान्छी कौशिलादेवी हुन् । जेठीपट्टीका वीरेन्द्रकुमार र कान्छीपट्टीका राजकिशोर छोरा छन् । उनीहरू छुट्टिएर बसेका छन् । 

 रामप्रसादको निधन भएपछि कान्छीपट्टी छोरा राजकिशोरले बाबुको १३ औं दिनमा मृत्यु दर्ता गरेका थिए  । बाबुको मृत्यु भएपछि काजक्रिया सकिएकै दिन एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले २०७९ वैशाख २१ मा वडा कार्यालयमा गएर मृत्यु दर्ता गरेका थिए । त्यसपछि जेठीपट्टीका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ दिएर अंश दिएको देखाएर कान्छीपट्टीका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएका थिए । राजकिशोरले ५ फागुन २०७९ मा एकल अंशियार देखाएर सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका श्रीमान् गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजयप्रसाद साह, धीरजकुमार मण्डल  र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए । 

त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनकी आमा कौशिलादेवी साहको नाममा मृत्यु भएका बाबु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रङ्गेलीलाई वडाअध्यक्ष अभदेशकुमार मण्डलले सिफारिस बनाइदिएको पाइएको छ । वडाले दिएको उक्त सिफारिसका आधरमा मालपोत कार्यालय रङ्गेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिन आएको छ । 

वडाअध्यक्षसहित १३ जनाविरुद्ध सरकारी कागजपत्र कीर्ते गरेको मुद्दामा उजुरी दर्ता भएपछि अनुसन्धान शुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाअध्यक्षसहित १३ जना अहिले फरार छन् । उनीहरूको खोजी कार्यमा प्रहरी परिचालन भएको बताइएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x