×

NMB BANK
NIC ASIA

७ सय ३४ जनालाई सरकारी जागिर खाने अवसर, लोकसेवाले विज्ञापन खोल्यो

फागुन ३०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० फागुन– लोकसेवा आयोगले रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । 

Muktinath Bank

आयोगले आज एक विज्ञापन प्रकाशन गर्दै आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी तर्फका प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन गरेको हो । आयेगले ७ सय ३४ पदमा दरखास्त आह्वान गरेको हो । 


Advertisment
Nabil box
Kumari

विज्ञापन अनुसार पूर्वाञ्चल क्षेत्रीय  निर्देशनालय धनकुटाका लागि ३९ पद, मेची अञ्चल कार्यालय इलामका लागि २३ जना, सगरमाथा अञ्चल कार्यालय दिक्तेलका लागि ११३, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नयाँ बानेश्वरका लागि ८८ जना, जनकपुर अञ्चल  कार्यालय जलेश्वरका लागि ४९ जना कर्मचारी माग गरिएको छ ।

Vianet communication

नारायणी अञ्चल कार्यालय हेटौडाका लागि ८५ जना, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराका लागि ४८ जना, लुम्बिनी अञ्चल कार्यालय बुटवलका लागि ५० जना खरदार माग गरिएको छ । त्यस्तै धौलागिरी अञ्चल कार्यालय बागलुङका लागि ४५ जना, मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतका लागि ५८ जना, राप्ती अञ्चल कार्यालय दाङका लागि ४१ जनाको पदमा आवेदन माग गरिएको छ । 

त्यस्तै कर्णाली अञ्चल कार्यालय जुम्लाका लागि ४२ जना तथा सूदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दीपायल २६ जना र, महाकाली अञ्चल कार्यालय महेन्द्रनगर २७ जना गरि जम्मा ७ सय ३४ पदका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । 

विज्ञापन अनुसार चैत्र २० गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । दोव्वर दस्तुर तिरेर चैत्र २७ गतेसम्म फर्म भर्न सकिने आयोगले जनाएको छ । जसका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तु तीनसय तोकिएको छ । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण भएकाले आवेदन दर्ता गर्न सक्नेछन् । तर एसएलसी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परीक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक ल्याएको भएमा आवेदन फर्म भर्न नपाउने आयोगले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

मंसिर १०, २०८०

सडक विभागले सिफारिसअनुसार नियुक्ति लिन नआएका ९ जना उम्मेदवारको नाममा सूचना जारी गरेको छ । विभागले आइतबार जारी गरेको सूचनामा नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी ...

पुस ४, २०८०

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ ।  जसअनुसार जुनियर प्लम्बर, असिस्...

कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

मंसिर १, २०८०

लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।  प्राविधिकतर्फ २१६ कर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x