×

NMB BANK
NIC ASIA

पाँच विद्यार्थीका लागि दुई शिक्षक : सिम्ताले गाभ्यो ५ विद्यालय, सगरमाथाले गाभिन मानेन

असोज ८, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

सुर्खेत– सुर्खेत जिल्लामा धेरै विद्यार्थी हुने तर शिक्षकको संख्या कम हुने समाचार धेरै सार्वजनिक भएका छन् । तर, सुर्खेतकै पूर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाको वडा नं. ५ मा रहेको एक विद्यालयमा दुईजना शिक्षकले ५ जना विद्यार्थीहरूलाई अध्यापन गराइरहेको खुल्न आएको छ । 

Muktinath Bank

गाउँ शिक्षा समितिले गरेको अनुगमनका क्रममा चालू आर्थिक वर्षमा दुईजना शिक्षकले ५ जना विद्यार्थीलाई सिम्ता गाउँपालिका वडा नं. ५ स्थित भैरव प्राथमिक विद्यालय बजेडामा अध्यापन गराइरहेको पाइएपछि नजिकैको विद्यालयमा उक्त विद्यालयलाई गाभ्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालका अनुसार उक्त विद्यालय सहित अन्य ४ वटा विद्यालय पनि गाउँपालिकाले गाभ्ने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माइ भगवती प्राथमिक विद्यालय घोरेटामा १८ जना विद्यार्थी अध्ययन गरिरहेका थिए । त्यहाँ तीन जना शिक्षक कार्यरत रहेका थिए । उक्त विद्यालयलाई पनि नजिकै पर्ने अर्को विद्यालयमा गाभिएको छ ।’ अधिकृत हमालले भने, ‘कतै शिक्षक नहुने, कतै विद्यार्थी नहुने भएका कारण शिक्षाको स्तरवृद्धिका लागि पनि विद्यालय गाभ्न आवश्यक देखिएको हो ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै, सोही गाउँपालिकाको दुर्गा प्रावि भोटमुंग्रालाई पनि अन्य विद्यालयमा गाभिएको छ । उक्त विद्यालयमा दुई शिक्षक कार्यरत थिए भने १५ जना विद्यार्थीहरू अध्ययन गरिरहेका थिए । यस्तै राहत शिक्षकको दरवन्दी समेत भएको जनता प्रावि दुर्पाला पनि नजिकै पर्ने अर्को विद्यालयमा गाउँ शिक्षा समितिले गाभेको छ । 

Vianet communication

उक्त विद्यालयमा १४ जना अध्ययन गरिरहेका थिए भने निजी श्रोतबाट समेत एकजना शिक्षक राखिएको थियो । उता, शिक्षा समितिले सगरमाथा प्रावि घोरेटालाई पनि नजिकै रहेको अर्को विद्यालयमा गाभ्ने परिपत्र ग¥यो । तर अहिलेसम्म उसले अटेर गरिरहेको अधिकृत हमालले लोकान्तरलाई बताए । 

‘उक्त विद्यालयमा पनि १७ जना विद्यार्थी र २ जना शिक्षक रहेको हामीले पायौं ।’ उनले भने, ‘हामीले तत्काल नजिकै रहेको अर्को विद्यालयमा गाभिन निर्देशन दिएपनि अहिलेसम्म उक्त विद्यालयले टेरको छैन ।’ प्रमुख प्रशासकीय अधिकृत हमालले उक्त विद्यालयलाई तत्काल गाभिन निर्देशन दिएको जानकारी दिए । 

‘यदि उहाँहरूले मान्नु भएन भने हामी उहाँहरुको तलब रोक्क गर्ने पक्षमा छौं ।’ उनले भने, ‘हामीले चेतावनी दिइसकेका कारण उहाँहरू चाँडै विद्यालय गाभ्ने निर्णयमा आउनु हुन्छ होला ।’ सिम्ता गाउँपालिकामा अन्य विद्यालयमा गाभिएका यी पाँच विद्यालयमा कक्षा १ देखि ३ सम्ममात्रै अध्यापन गर्ने कार्य भइरहेको उनको भनाई छ ।

‘नजिकै अर्को विद्यालय हुँदाहुँदै विना आवश्यकता विद्यालय सञ्चालन गर्ने गरेको पाइएको छ ।’ उनले भने, ‘अब आवश्यकता र औचित्यका आधारमा विद्यालय सञ्चालन गर्ने गरी गाउँपालिका अघि बढनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x