×

NMB BANK
NIC ASIA

चीनको सफलता नेपालका लागि अवसर : सभामुख महरा

असोज ८, २०७५

NTC
Premier Steels

काठमाडाैं-सभामुख कृष्णबहादुर महराले चीनले प्राप्त गरेको अभूतपूर्व आर्थिक विकास एवं पूर्वाधारका क्षेत्रमा भएका सफलता नेपालका लागि ठूलो अवसर रहेको बताउनुभएको छ । 

Muktinath Bank

 चिनियाँ सांस्कृतिक केन्द्र र कुइचो प्रान्तको सांस्कृतिक विभागद्वारा आज यहाँ आयोजित चीनको महत्वपूर्ण पर्व ‘शरद् ऋतु पर्व’ अर्थात् ‘मुन फेस्टिभल’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले चीनबाट आर्थिक समृद्धि र विकास निर्माणका लागि ठूलो लाभ लिनसक्ने बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, समझदारी, सहकार्यबाट आत्मीय र घनिष्ठ बनेको बताउँदै उहाँले शान्ति, पञ्चशीलको सिद्धान्तले बहुपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण आधार सिर्जना गरेको छ भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

नेपाल र चीनबीचको सम्बन्ध पाँचौँ शताब्दीदेखि शुरु भएको उल्लेख गर्र्दै सभामुख महराले सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद पनि प्राचीन समयदेखि कायम सम्बन्ध र सहकार्यलाई अझ मजबुद बनाउन दुवै देश सक्षम भएको बताउनुभयो । 

Vianet communication

तत्कालीन परिस्थितिमा व्यापारीले कठिन हिमाल तथा पहाड पार गरेर दुवै देशको सभ्यता आदानप्रदान गर्ने कार्यको थालनी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा हजारौँ वर्षअघिदेखि नै दुई देशबीच सांस्कृतिक, सामाजिक, धार्मिक सम्बन्ध विस्तार भइसकेको थियो । नेपाली यात्रीले बौद्ध धर्मको मात्र प्रचार नगरी नेपाली कला, संस्कृतिलाई तिब्बत, युनान र सिचुवान पार गरी पूरै चीनमा फैलाएका थिए ।” 

सभामुख महराले विशेष महत्व बोकेका यस्ता पर्वले नेपाल र चीनबीच सांस्कृतिक र सामाजिक सम्बन्ध अझै प्रगाढ र आत्मीय बनाउने विश्वास व्यक्त गर्नुभयो । चीन कला, संस्कृति र ऐतिहासिक चाडपर्व एवं परम्परामा निकै धनी रहेको बताउँदै उहाँले आफूले विभिन्न समयमा गरेको चीन भ्रमणका क्रममा त्यहाँको कला, संस्कृति र परम्पराको अवलोकन गरेको स्मरणसमेत गर्नुभयो । 

सभामुख महराले भन्नुभयो, “गत भदौमा तिब्बतको सांस्कृतिक प्रदर्शनीलाई सम्बोधन गर्न त्यहाँ पुगेको थिएँ, तिब्बतको कला, संस्कृति र भव्य नाचगानका प्रदर्शनी हेर्ने मौका पाएँ, सभ्यता, संस्कृति, विविध चाडपर्व र ऐतिहासिक परम्पराको दृष्टिले चीन निकै धनी छ ।” 

नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालमा संविधान कार्यान्वय भई निर्वाचनमार्फत नयाँ सरकार गठन भएको बताउँदै अब नेपालको आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । नेपालको तर्फबाट भएका उच्चस्तरका भ्रमणले चीन–नेपाल सम्बन्ध प्रगाढ बनेको उहाँको भनाइ थियो । उहाँले यसप्रकारका सांस्कृतिक कार्यक्रमबाट नेपाली जनताले पनि चीनको संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो । 

सो अवसरमा चिनियाँ कलाकारले चिनियाँ संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी तथा विभिन्न पेशा व्यवसायका क्रममा नेपालमा रहेका चिनियाँ नागारिकको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x