×

NMB BANK
NIC ASIA

कतार तेल निर्यातक देशको संगठनबाट अलग्गिने

मंसिर १७, २०७५

NTC
Premier Steels

काठमाडौं — कतारले तेल निर्यातक मुलुकहरूको संगठन ओपेकबाट अलग्गिने निर्णय लिएको ऊर्जामन्त्री साद शेरिदा अल काबीले सोमवार घोषणा गरेका छन् । 

संसारभरिमा तेल उत्पादनको धेरै ठूलो हिस्सा यही संगठनले ओगटेको छ ।

तेल उत्पादन गर्ने १५ मुलुकहरूको समूहबाट अलग्गिने निर्णयलाई देशको सरकारी तेल कम्पनी कतार पेट्रोलियमले पुष्टि गरेको छ ।  

सन् २०१९ को पहिलो दिनदेखि लागू हुने गरी कतारले अलग्गिने निर्णय लिएको हो । 

दोहामा एक पत्रकार सम्मेलनमा बोल्दै अल काबीले भने, ‘संगठनबाट अलग्गिएर कतारले आफ्नो ध्यान प्राकृतिक ग्यास उत्पादन बढाउनमा लगाउनेछ । आगामी वर्षहरूमा प्रतिवर्ष ७७ मिलियन टनबाट ११० मिलियन टन उत्पादन गर्ने प्रयास रहनेछ ।’

तेल उत्पादक देशहरूको समूह त्याग्ने कतार पहिलो खाडी मुलुक हो । 

कतारले ओपेकको डिसेम्बर ६ मा हुने बैठकभन्दा ठीक अघि यो निर्णय लिएको हो । 

सन् २०१३ देखि कतारले तेल उत्पादन क्रमशः घटाउँदै लगेको छ । दिनको सात लाख २८ हजार ब्यारल उत्पादन गर्ने गरेकोमा सन् २०१७ मा आइपुग्दा ६ लाख ७ हजार ब्यारल प्रतिदिनमा उत्पादन झरेको छ । ओपेकको कुल
उत्पादनमा यो २ प्रतिशतभन्दा कम संख्या हो । 

सन् १९६१ मा ओपेक स्थापना भएको एक वर्षपछि कतारले सदस्यता लिएको थियो । 

अलजजीराबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x