×

NMB BANK
NIC ASIA

सुर्खेतबाट भरुवा बन्दुकसहित एकजना पक्राउ, विप्लवमाथि प्रतिबन्धपछि उच्च सतर्कता

फागुन ३०, २०७५

NTC
Premier Steels

काठमाडौं –सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने  निर्णय गरेपछि प्रहरीले देशैभर उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

Muktinath Bank

गृहमन्त्रालको निर्देशन अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले विप्लवको पार्टीका नेता/कार्यकर्ता र उसका भ्रातृ संगठनहरूलाई निगरानीमा राख्न मातहतका कार्यालयहरूलाई परिपत्र गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को यही फागुन २८ गते बसेको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

तुलनात्मक रूपमा विप्लवको राम्रो प्रभाव रहेको मानिएको कर्णाली प्रदेशमा विशेष सतर्कता अपनाइएको सुर्खेतका कार्यबाहक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए । सुर्खेत कर्णाली प्रदेशको राजधानी समेत हो ।

Vianet communication

यसक्रममा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ झिड्नीबाट २३ वर्षका गोविन्द सुनारलाई भरुवा बन्दुकसहति प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको साथबाट भरुवा बन्दुकका अलावा बारुद र बन्दुकका पाटपूर्जा समेत बरामद गरिएको डीएसपी क्षेत्रीले बताए ।

स्रोतका अनुसार शंकास्पद गतिविधि गर्ने जो कोहीलाई नछाड्न प्रहरीलाई सर्कुलर छ ।

यसका अलावा काठमाडौं उपत्यकामा एन्टी चाइनिज गतिविधि पनि हुनसक्ने भएकाले त्यसतर्फ पनि उच्च सतर्कता अपनाइएको प्रहरीका एक अधिकारीले बताए ।

विप्लवको खासै प्रभाव नभएपनि प्रदेश २ मा समेत सतर्कता अपनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x