×

NMB BANK
NIC ASIA

काठमाडौं –भारतमा चैत २८ गतेदेखि जेठ ५ गतेसम्म सात चरणमा गरी आमनिर्वाचन हुन लागेको छ । सत्तारूढ भारतीय जनता पार्टी र उसका गठबन्धन साझेदार तथा विपक्षी भारतीय कांग्रेस र उसका साझेदारहरू अनि अन्य क्षेत्रीय दलहरूबीच प्रतिस्पर्धा भइरहेको हो ।

Muktinath Bank

अघिल्लो आमनिर्वाचनअघि तत्कालीन कांग्रेस सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोमा चरम निराश भारतीय मतदाताले लोभलाग्दो चुनाव प्रचार गरेका तथा बलियो छवि प्रस्तुत गरेका भाजपा नेता नरेन्द्र मोदीलाई जिताएका थिए । भाजपाले कांग्रेस सरकारको कमजोरीलाई इंगित गर्दै आफूले स्वच्छ सरकार चलाउने र राम्रो दिन ल्याउने बताएर बहुमतका साथ चुनाव जितेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पाँच वर्ष सरकार चलाउने क्रममा भाजपाले देशमा आर्थिक प्रगति हुने किसिमका ठोस कार्यक्रम ल्याउन सकेन अनि बेरोजगारी समस्यालाई पनि चित्तबुझ्दो गरी सम्बोधन गर्न सकेन । धार्मिक तथा सांस्कृतिक विभाजन बढाउने क्रियाकलाप चाहिँ उसले चर्कायो । जनता भाजपा सरकारप्रति निराश हुने स्थिति आयो ।


Advertisment
Nabil box
Kumari

यस्तो जनभावनाका कारण केही समय अघिसम्म पनि भाजपालाई आगामी आमनिर्वाचनमा अप्ठ्यारो पर्ने आँकलन धेरैजसो राजनीतिक विश्लेषकहरूले गरेका थिए । तर विपक्षी दलहरूले सरकारको यो कमजोरीको फाइदा उठाउन सकेको देखिँदैन । उनीहरूबीच ठोस गठबन्धन नै बन्न सकेको छैन । सबभन्दा धेरै सीट भएको उत्तर प्रदेशमा कांग्रेससँग त्यहाँका प्रभावशाली क्षेत्रीय दलहरू समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले साझेदारी गर्न मानेनन् । 

Vianet communication

पहिलेको भाजपा सरकारमा अर्थमन्त्री रहिसकेका तर अहिलेको भाजपा सरकारका कटु आलोचना गर्ने यशवन्त सिन्हाले केही दिनअघि एउटा ट्वीट गरेर विपक्षी दलहरूको स्थिति उजागर गरे । उनले लेखे, ‘भाजपाले बिहार र झारखण्डमा गठबन्धनका लागि सीट छोडेको छ । विपक्षी दलहरू भने नभएका सीटका लागि समेत सम्झौता गर्न तयार छैनन् । उनीहरूलाई गूड लक ।’

अघिल्लो वर्ष कर्नाटकमा भएको विधानसभा निर्वाचनमा भाजपाले बहुमत ल्याउन नसकेपछि विपक्षी दलहरूले उसलाई सत्ताबाट बाहिर राख्नका लागि महागठबन्धन बनाएका थिए । विपक्षीहरू एकजुट भएमा भाजपालाई हराउन सकिने सन्देश यसबाट प्राप्त भएको थियो । 

त्यसपछि भएका निर्वाचनमा पनि भाजपाले राम्रो प्रदर्शन गर्न सकेन । मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा उसले सत्ताच्युत हुनुपर्‍यो । विपक्षी दलहरूले उसलाई सत्ताबाट बाहिर राखे अनि आमनिर्वाचनमा उसलाई हराउन महागठबन्धन बनाउन सकिने चर्चा गरे । 

तर क्षेत्रीय स्तरमा आफ्नो बलियो पहिचान बनाएका दलले राष्ट्रिय नेताको हैसियतमा कसैलाई पनि प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्न सकेनन् अनि राष्ट्रिय पार्टी कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा पनि स्वीकार गरेनन् । निर्वाचन परिणाम आएपछि प्रधानमन्त्री उम्मेदवारको कुरा झिक्ने उनीहरूले बताए । अनि उनीहरूले राज्यस्तरमा मात्र गठबन्धन बनाउने कुरा गरे जसले गर्दा राष्ट्रिय स्तरमा बराबरीको प्रतिस्पर्धा नै नहुने स्थिति आएको छ ।

उता भाजपाले यसबीचमा आन्ध्र प्रदेश र जम्मु कश्मीरमा गठबन्धन साझेदार गुमाएको भए पनि अहिलेको स्थितिमा उसले लगभग ३० दलसँग साझेदारी गरिसकेको छ र अन्य साना दलसँग साझेदारीका लागि प्रयास गरिरहेको छ । उसले खुला दिलले गठबन्धन साझेदारहरूलाई सीट दिइरहेको छ ।

साझेदारी बनाउने कामबाहेक भाजपाले अन्य दलका प्रभावशाली नेतालाई पार्टी परित्याग गर्न उत्प्रेरित गरिरहेको समेत देखिएको छ । विभिन्न राज्यका विधायक र प्रभावशाली नेताहरू धमाधम भाजपामा प्रवेश गरिरहेका छन् । यी विधायक तथा नेताले आफ्नो निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने आँकलन भाजपाले गरेको छ । भाजपा प्रवेश गर्ने यस लहरलाई विपक्षी दलहरूले रोक्न सकेका छैनन् । 

यी सबै कारणले गर्दा अहिलेको सन्तुलन भाजपातर्फ ढल्केको आँकलन गर्न सकिने भएको छ । त्यसमाथि पुलवामा आक्रमणपछि भारतभरि छाएको राष्ट्रवादी लहरलाई भाजपाले चुनावका सन्दर्भमा राम्रैसँग दोहन गरिरहेको देख्न सकिन्छ । 

जम्मु कश्मीरको पुलवामामा जैश–ए–मोहम्मद आतंकवादी संगठनमा आबद्ध एक व्यक्तिले आत्मघाती आक्रमण गरेर सीआरपीएफ नामक अर्धसैन्य बलका ४० व्यक्तिको हत्या गर्‍यो । जैश पाकिस्तानस्थित आतंकवादी संगठन हो र यस घटनापछि भारतमा पाकिस्तानविरोधी राष्ट्रवादी लहर आयो । पाकिस्तानमाथि जवाफी कारवाही गर्नुपर्ने माग तीव्र रूपमा उठ्यो । 

त्यसपछि भारतको वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेर ३०० आतंकवादी मारेको दाबी गर्‍यो । यस दाबीको पुष्ट प्रमाण उपलब्ध नगराइएपनि भाजपा सरकारले यसलाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरेर मोदीको छवि झनै गाढा बनायो । त्यसपछि पाकिस्तानको भूमिमा कब्जामा परेका भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्धमानलाई सकुशल भारत फिर्ता ल्याउन सफल हुँदा पनि भाजपा सरकारले त्यसको श्रेय लियो । 

राष्ट्रवादको लहर चल्दा भाजपाले आफ्ना असफलतालाई राम्रै गरी छोप्न पाएको छ । भारतमा रोजगारीको अभाव, ग्रामीण क्षेत्रमा रहेका अनगिन्ती समस्या, नोटबन्दी र जीएसटीका कारण सर्वसाधारणमा परेको नकारात्मक असर, राफेल घोटाला, धार्मिक तथा जातीय अतिवाद लगायतका थुप्रै नकारात्मक सूचकांकलाई पाकिस्तानविरोधी राष्ट्रवादी लहरले छोप्न भाजपा सफल भएको छ । 

सन् १९७१ मा इन्दिरा गान्धीले पाकिस्तानलाई हराएर बंगलादेश जन्माएपछि उनको बलियो छवि बनेको थियो र उनको पक्षमा जनलहर आएको थियो । अहिले नरेन्द्र मोदीले निर्णायक र बलियो प्रधानमन्त्रीका रूपमा पाकिस्तानलाई पाठ पढाउन सक्ने किसिमको छवि बनाएका छन् । यसरी उनले पाकिस्तानलाई सबक सिकाउने नेताको खोजीमा रहने आम भारतीय मानसिकतालाई आफ्नो पक्षमा पार्न सफल भएका छन् । 

त्यसो त भारतमा युद्धपछिका चुनावमा मिश्रित परिणाम देखिएका छन् । सन् २०१६ मा सर्जिकल स्ट्राइकपछि भाजपाले उत्तर प्रदेशमा प्रचण्ड बहुमत ल्याएको थियो । तर सन् १९९९ मा कार्गिल युद्धपछिको चुनावमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले भाजपालाई खासै धेरै सीट जिताउन सकेका थिएनन् । 

तर वाजपेयी शान्त किसिमका व्यक्ति थिए भने मोदीको छवि आक्रामक छ । अनि उनको टीमका सदस्यहरू ससाना कुरालाई कसरी पार्टीका पक्षमा लहर ल्याउनका लागि प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सचेत छन् ।

राष्ट्रवादी लहर चलिरहँदा विपक्षी दल कांग्रेस तथा अन्यले त्यसलाई आफ्नो पक्षको हितमा प्रयोग गर्न सकेको देखिँदैन । बालाकोटमा पाइएको भनिएको सफलतामा प्रश्न उठाउने प्रशस्त ठाउँ भए पनि विपक्षी दलहरूले त्यसलाई पर्याप्त रूपमा उठाउनै सकेनन् अनि सेनामाथि प्रश्न उठाइएको रूपमा व्याख्या गरेर भाजपाले विपक्षीको आवाजै दबाइदियो । त्यस्तै पुलवामा आक्रमणमा राज्यको जासूसी संयन्त्र असफल भएको र त्यसको दोष भाजपा सरकारले लिनुपर्ने भनेर समेत विपक्षीहरूले कुरा उठाउन जानेनन् । 

कांग्रेस अध्यक्ष राहुल गान्धी पहिलेभन्दा बढी आक्रामक भएर मोदीलाई राफेल काण्डमा घेर्न खोजिरहेका देखिन्छन् तर त्यसमा उनले खासै सफलता पाएका छैनन् । राफेल काण्डले भाजपा सरकारलाई खासै क्षति पुर्‍याएको देखिँदैन । राफेल भन्दा पनि बेरोजगारी तथा जात र धर्मका आधारमा भएका विभाजनका मुद्दा उठाउन नसक्नु विपक्षी दलहरूको कमजोरी हो । 

यी सबै कारणहरूले गर्दा आगामी निर्वाचनमा भाजपा र उसका गठबन्धन साझेदार हावी हुने लक्षण देखिँदैछ । विपक्षी दलहरूले ठोस र विश्वसनीय रणनीतिक प्रदर्शन नगरेसम्म उनीहरूको सफलतामा प्रश्न उठाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x