×

NMB BANK
NIC ASIA

मोजाम्बिकमा इडाइ आँधीपछिको बाढीमा परेकाको उद्धारमा कठिनाइ

चैत ७, २०७५

NTC
Premier Steels

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाइ आँधीका कारण आएको बाढीमा फसेकाहरूलाई सहायता गर्नका लागि सहायता निकायहरूलाई अप्ठ्यारो परेको छ । 

Muktinath Bank

परोपकारी संस्थाहरूले विनाशकारी बाढीका कारण हजारौं मानिस फसेको र उनीहरू छतमा वा रुखमा अड्केको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तटीय शहर बीरामा सहायताकर्मीहरूले जम्मा दुईदेखि तीन दिनसम्मको सफा पानी बाँकी रहेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

मोजाम्बिक र जिम्बाब्वेमा लगभग ३०० मानिसको मृत्युको पुष्टि भइसकेको छ तर मृत्युसंख्या बढ्ने अपेक्षा छ । 

Vianet communication

खानेकुरा र सफा पिउने पानीको अभाव हुँदै जाँदा रोग फैलिने जोखिम बढ्दै गएको स्वास्थ्य संस्थाहरूले चेतावनी दिएका छन् । 

अघिल्लो बिहीवार बीरामा आएको आँधीसँगै १७७ किलोमिटर प्रतिघन्टाको दरले हावा चलेका थिए । आँधी जमीनमा प्रवेश गरेपछि जिम्बाब्वे र मलावीमा विनाश मच्चिएको थियो । 

‘तपाईं आउनेबित्तिकै देख्ने पहिलो कुरा विनाश र थुप्रो पानी हो,’ मेडेसिन्स सान्स फ्रन्टियर्सका आपतकालीन संयोजक गेट भर्नडोकले बताए । 

‘मानिसहरू क्लोरिन नहालेको इनारको पानी प्रयोग गरिरहेका छन् र त्यो पानी सफा नहुनसक्ने सम्भावना छ । निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी रोग समस्याका रूपमा देखिनेछ,’ उनले बीराबाट रोयटर्सलाई बताए । 

छिमेकी देशहरूबाट बगेर आउने नदीको बाढीको क्षति मोजाम्बिकले बेहोर्नुपरेको सहायता समूहहरूले बताएका छन् । मोजाम्बिकमा कम्तीमा २०० जना मारिएको पुष्टि भइसकेको छ तर थुप्रै क्षेत्रहरूमा अझै पुग्न सकिएको छैन । 

इन्टरनेसनल फेडरेसन अफ रेड क्रसकी एक अधिकारी क्यारोलाइन हागाले बीराको पश्चिममा रहेको बुजी नदीनजिकका क्षेत्र सर्वाधिक प्रभावित रहेको बताइन् । 

उद्धारकर्मीहरूले पानी र हिलोबाट घेरिएका मानिसका लागि उच्च शक्ति भएका बिस्कुट, पानी सफा पार्ने ट्याब्लेट तथा अन्य आपूर्तिहरू झारिरहेको उनले बताइन् । 

‘हजारौं मानिस छत र रुखमा चढेर उद्धारको प्रतीक्षा गरिरहेका छन्,’ हागाले एएफपीलाई बताइन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x