×

NMB BANK
NIC ASIA

रुसकी प्रभावशाली उड्डयन व्यवसायी महिला फिलेवाको विमान दुर्घटनामा निधन

चैत १९, २०७५

NTC
Premier Steels

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । 

Muktinath Bank

६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका पिता पनि थिए । दुर्घटनामा तीनैजनाको मृत्यु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नातालिया र उनका पति भ्लादिस्लाभ फिलेवा एस७ एयरलाइन्सका कोओनर थिए । 


Advertisment
Nabil box
Kumari

नातालियासँग ६० करोड डलर बराबरको सम्पत्ति थियो । परिवारमा भ्लादिस्लाभबाहेक चार बच्चा पनि छन् । तीमध्ये एक धर्मपुत्री थिइन् । 

Vianet communication

रुसको नागरिक उड्डयन क्षेत्रमा यात्रीहरूका लागि सुविधा र सुरषा बढाउन जोड दिएका कारण नातालियालाई आइरन लेडी भनिन्थ्यो । 

नातालिया आफ्ना पितालाई उपचार गराउन फ्रान्सबाट जर्मनी जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटना परेको विमान साइबेरिया एयरलाइन्सको हो र यो रुसको दोस्रो सबभन्दा ठूलो एयरलाइन्स कम्पनी हो । कम्पनीसँग ९६ विमान छन् । 

संसारका २६ देशका १८१ शहरमा यो एयरलाइन्सले सेवजा दिन्छ । रुसको सबभन्दा ठूलो विमान कम्पनी एयरोफ्लोटको यो नै सबभन्दा ठूलो प्रतिद्वन्द्वी हो । एयरोफ्लोट चाहिँ सरकारी कम्पनी हो । 

नातालियाले रुसमा व्याप्त भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न थिइन् । एकपटक उनले भनेकी थिइन्, ‘तपाईं अधिकारीहरूलाई सोध्नुस् न, एक हजार डलर पर्ने जुत्ता र सुट किन्नका लागि पैसा कहाँबाट ल्याउँछन् ।’ 

नातालिया र उनका पति एयरलाइन्सका स्टाफमाझ निकै लोकप्रिय थिए । कर्मचारीहरू उनलाई आमा र बुवा भनी बोलाउँथ्यो । नातालियाको मेहनत र दूरदर्शिताले नै एयरलाइन्सको सफलता निर्धारित गरेको विशेषज्ञहरू बताउँछन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x