कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
चैत २०, २०७५
पर्सौनी – बारा जिल्लाको पर्सौनी खुटुवाका जगरनाथ पण्डितका छोरा राधेश्याम पण्डित आइतवार साँझ एसईईको परीक्षा तयारी गरिरहेका थिए । उनी पढ्दै गर्दा एकाएक साँझ पौने ७ बजे डरलाग्दो आँधीहुरी आएर घर नै भत्काइदियो । भएका कापीकिताब उडाएर लग्यो ।
नेपाल राष्ट्रिय मावि खुटुवाबाट एसईई परीक्षा दिइरहेका राधेश्यामको अहिले न घर छ, न कापीकिताब । उनी तनावमा छन् । ३ वटा विषयको परीक्षा दिइसक्दा प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसईईको परीक्षाको चिन्तामा छन् विद्यार्थी ।
‘स्थगित भएको परीक्षा २२ गतेदेखि शुरू हुँदैछ । तर म ३ दिनदेखि सुत्न पाएको छैन । कापीकिताब छैन, कहाँ बसेर पढ्नु, कसरी परीक्षा दिनु ?’ बुधवार बिहान घरको भग्नावशेषमा पुरिएका सामान खाज्दै गरेका राधेश्यामले भने ।
एसईईको तयारी गर्नुपर्ने राधेश्याम अहिले भोकभोकै बसेर भाइबहिनी स्याहारेर बसेका छन् । राधेश्यामसँगै नेपाल राष्ट्रिय माविका अर्का विद्यार्थी अब्दुल सलम अन्सारीको पीडा पनि उस्तै छ । एसईईको तयारी गरिरहेका उनको घर पनि हुरीले उडाएको छ । कापीकिताब कहाँ पुर्यायो भन्ने थाहा नै छैन ।
‘यस्तोमा कसरी पढेर के परीक्षा दिन सकिएला, कापीकिताब छैन, हामी सुतेका छैनौं,’ उनले लोकान्तरसँग गुनासो पोखे । आँधी प्रभावित क्षेत्रका विद्यार्थीले आफूहरूका लागि विशेष परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । हावाले आँखामा धूलो परेका कारण पढ्न नसक्ने अवस्थामा पुगेको उनले दुखेसो पोखे ।
विद्यार्थी मानसिक तनावमा छन् : मेयर यादव
महागढीमाई नगरपालिकाका प्रमुख (मेयर) उपेन्द्रप्रसाद यादवले आँधीहुरी प्रभावित क्षेत्र र आसपासका विद्यार्थी समेत मानसिक तनावमा रहेको बताए । ‘विद्यार्थीहरू मानसिक तनावमा छन् । घर छैन, विजुली छैन, कापीकिताब छैन कसरी परीक्षा देलान् ?’ यादवले लोकान्तरसँग भने ।
आँधीका कारण विद्युत् पोल ढलेका कारण बाराको अधिकांश स्थानमा बिजुली छैन । बिजुलीका तार लत्रिएका छन् । मेयर यादवले आँधीले क्षति गरेको बाहेकका स्थानमा पनि विद्यार्थीले राम्रोसँग पढ्न नपाएको बताए ।
४० क्विन्टल धानका भकारी कहाँ पुगे ?
पर्सौनीको खुटुवामा मानवीय क्षति कम भएपनि धेरै घरमा क्षति पुगेको छ । स्थानीय जीतेन्द्र साहका अनुसार आँधीले धेरैको धान लगायत घरमा रहेको खाद्यान्न नष्ट गरेको छ ।
‘धानका ठूला भकारी उडायो, धान कहाँ पुग्यो भन्ने थाहा छैन,’ साहले भने । नीर हसनको १५ क्विन्टल, अशोक पण्डितको १० क्विन्टल, शम्भु रामको ८ क्विन्टल धान हुरीले उडाएको साहले बताए । ‘भूइँचालो आएजस्तो भयो, एकछिनमा सारा धान उडाएर लग्यो,’ हसनले लोकान्तरसँग भने ।
गाउँमा कोही गयो कि मेरो नाम लेख्दिनु भन्छन्
आँधीहुरी प्रभावित कतिपय ठाउँमा राहत पुगेपनि कतिपय ठाउमा राहत सामग्री पुगेपनि कुनै गाउँमा पुगेको छैन । ‘हाम्रो गाउँमा धेरै मानवीय क्षति नभएपनि घर सबै उडाएको छ, हाम्रोमा त्रिपाल पनि आएको छैन,’ पीडित रामपुकार साहले भने ।
गाउँमा २ जनाको निधन भएको थियो भने कयौं घाइते भएका छन् । साना–ठूला गरेर १ सय ५० घर ढलेका छन् ।
गाउँमा नयाँ मानिस पुग्यो कि स्थानीयहरू ‘मेरो पनि नाम लेख्दिनुस्’ भन्दै आउँछन् । पीडितहरूले बर्खा शुरू हुनु अगावै घरको लागि व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
‘घर उडायो, २ कठ्ठामा लगाएको मसुरो पनि खत्तम गर्यो, हामी अब कसरी बाँच्ने ?’ वीरेन्द्र साहले भने ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...